नयाँ हवाई नीतिः कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट

काठमाडौं । सरकारले कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट दिने भएको छ । सरकारले पूर्वाधारलाई केन्द्रित गरेर तयार पारको नयाँ हवाई नीति अनुसार कम उमेरका जहाज ल्याउने कम्पनीलाई अयकरमा छुट दिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेका विज्ञहरू सम्मिलित अध्ययन समितिले नीतिको प्रारम्भिक मस्यौदा तयार पारेर बुधबार मन्त्रालयसमक्ष बुझाएको छ । जहाज खरिद गरी, लिज वा लिज पर्चेज गरी ल्याइएका वायुयानहरू पैठारी गर्दाको अवस्थामा ५ वर्षसम्मको भए आयात गर्न छुट दिइने भएको छ । १५ वर्षसम्मको पुरानो जहाज ल्याउन नयाँ हवाई नीतिमा समेत छुट दिइन लागिएको छ । खासगरी पुराना १५ वर्ष पुग्न लागेका जहाज कम्पनीहरूले बढी ल्याउन लागेकाले नयाँ व्यवस्था गरिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । संस्थालाई प्रत्येक वायुयान आयात गर्दाको भन्सार महसुलमा सहुलियत प्रदान गर्ने र त्यस्ता वायुयानको निरन्तर सञ्चालनका क्रममा पहिलो २ वर्षसम्म आयकरमा सहुलियत दिने व्यवस्था नीतिमा उल्लेख छ । यस्तै, नयाँ हवाई नीतिमा निजी जहाज खरिद गर्न चाहने नेपालीलाई अनुमति दिइने भएको छ । विगतमा यस्तो अनुमति दिइएको थिएन । अब धनीले निजी जहाज राख्न पाउने भएका छन्  । यस्तै,  सरकारले तयार गरिरहेको नयाँ हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदामा अन्तर्राष्ट्रिय एयरलाइन्समा ८० प्रतिशतसम्म वैदेशिक लगानी पाइने भएकाे छ । यसअघि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीहरूमा ४९ प्रतितसम्म मात्रै विदेशी लगानी गर्न पाइन्थ्यो । मस्यौदामा अन्तर्राष्ट्रिय ट्रान्जिटदेखि कार्गो हब बनाउनेसम्मका योजना समेटिएका छन् । सरकारले राष्ट्रिय हवाई नीति २०५० लाई विस्थापित गरी २०६३ सालमा नयाँ नीति जारी गरेको थियो । जसमा अन्तर्राष्ट्रिय वायुसेवा ८० प्रतिशतसम्म, आन्तरिक वायुसेवा ४९ प्रतिशतसम्म, प्रशिक्षण संस्था ७५ प्रतिशतसम्म, मर्मत–सम्भार संस्था ७५ प्रतिशतसम्म विदेशी लगानी खुला गरिने उल्लेख गरेकाे छ । हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले हवाई नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने बताए ।  

हवाई सेवालाई यात्रुमैत्री बनाउन मन्त्री भट्टराईको आग्रह

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सेवालाई यात्रुमैत्री बनाउन आग्रह गरेका छन् । बुधबार हवाइ नीति २०७६ को मस्यौदा बुझ्दै मन्त्री भट्टराईले निजी हवाइ सेवा कम्पनीलाई यात्रुमैत्री हुन आग्रह गरेका हुन् । सरकारले हवाइ नीतिमा उपभोक्ताको अधिकारलाई पहिलो प्राथमिकता दिइएको बताउँदै हवाइ सेवा कम्पनीले पनि यात्रुमैत्री हुनु पर्ने उनकाे धारणा छ । निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइएको भन्दै उनले हवाइ सुरक्षामा कुनै सम्झौता नगर्ने उनकाे भनाइ छ । हवाई क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरिने उनले बताए । हवाइ नीतिले अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई सम्वोधन गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले नीतिलाई छिट्टै मन्त्रिपरिषद लैजाने बताए ।  

सडकमा नाचगान गरेर भ्रमण वर्ष सफल हुँदैनः डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा नाचान गर्दैमा भ्रमण वर्ष सफल नहुने बताएका छन् ।बुधबार अर्थसमितिले गरकाे एक कार्यक्रममा बाेल्दै उनले साे कूरा बताएका हुन् । विदेशी पवर्यटकलाई स्वदेशमा भित्र्याउनका लागि भौतिक पूर्वाधारको आवश्यक पर्ने बताउँदै उनले पूर्वाधार निर्माण नगरी सडकमा नाचगान र रमझमले भ्रमण वर्ष २०२० सफल नहुने बताएका हुन् । पूर्वाधार बनाएर विदेशी सञ्चारमाध्यममा विज्ञापन गरे पर्याप्त पर्यटक आउने उनको भनाइ थियो । रणनीति बनाएर अगाडि बढ्नु पर्ने उनको भनाई छ । ‘देशदले २२ आयोजनालाई राष्ट्रिय परियोेजनालाई गौरवको आयोजनाका रुपमा लिएको छ, तर हाल सम्म एकको पनि निर्माण कार्य सम्पन्न भएको छैन, यसबाट पनि थाहा हुन्छ की सरकारले पूर्वाधार निर्माणमा कत्तिको ध्यान दिएको छ,’ उनले भने ।