हिमालय एयरलाइन्सले राेक्याे चीनकाे उडान

काठमाडौं ।  हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान स्थगन गरेको छ। चीनको वुहान सहरबाट फैलिएको कोरना भाइरसका कारण हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान तत्कालका लागि स्थगन गरेको बताएकाे हाे । हिमालयले चीनका ३ सहरका उडान यसअघि नै उडान स्थगन गरिसकेको छ भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने छ।  एयरलाइन्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै उडान स्थगन गरेको जानकारी दिएको छ। चीनमा कोरना भाइरस फैलिएपछि विभिन्न देशका एयरलाइन्सहरुले उडान स्थगन गरिरहेका छन्। चीन सरकारले पनि समूहमा विदेश जान आफ्ना नागरिकलाई रोक लगाएको छ।  

फेब्रुअरीमा  हुने ‘नेपाल इन्डिया चाईना एक्स्पाे’ कोरोना भाइरसका कारण पछि सर्याे

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आगामी फेब्रुअरी २२ देखि २५ सम्म नेपाल भ्रमण वर्ष २०२० संगको सहकार्य तथा समन्वयमा आयोजना गर्ने गरी तय भएको नेपाल इन्डिया चाईना एक्स्पाे (नाईस) कार्यक्रम चीनमा फैलिएको कोरोना भाइरसका कारण पछि सारिएको छ । चीनबाट आमन्त्रित अतिथि तथा प्रतिनिधिहरुको सहज रुपमा सहभागिता जनाउने अवस्था नरहेकाले कार्यक्रमलाई तत्कालका लागि यसैवर्ष आयोजना गर्ने गरी पछि सारेको छ । जनवरी २७ तारिखका दिन बसेको पाटा नेपाल च्याप्टरको कार्य समिति बैठकले कोरोना भाइरसका कारण उत्पन्न संकट पूर्ण अवस्थामा आमन्त्रित प्रतिनिधिको स्वाथ्य सुरक्षालाई मध्यनजर गदैं पूर्व सावधानी स्वरुप सो निणर्य गरेको हो । पाटा नेपालका अध्यक्ष विभूतीचन्द ठाकुरले संस्थाले छिमेकी मुलुक चीनमा फैलिरहेको कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा हुन सक्ने सम्भावित असरलाई नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सहज भएपश्चात नाईस कार्यक्रमको लागि उपयुक्त मिति तय गरिने बताए । साथै उनले सम्पूर्ण आमन्त्रित पाहुना, सहभागीहरु तथा सरोकारवालाहरुलाई संस्थाद्धारा सम्प्रेषण गरिने अर्को सूचना प्रतिक्षाका लागि अनुरोध गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नाईस एक्सपो नेपाल भ्रमण वर्षको अवसरमा आयोजना गरिने विशेष महत्वपूर्ण कार्यक्रम भएको र यसले नेपालको पर्यटन प्रवद्धन विकासमा उल्लेख्य योग्दान पुर्याउने बताउदैं नयाँ वर्ष २०२० मा नाईसलाई सफल रुपमा आयोजना गर्न भ्रमण वर्षले पाटा नेपाल च्याप्टर लाई आवश्यक सहकार्य एवम् सहयोग गर्ने बताएका छन् । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिहं बुडालले एक्स्पाेमा १२० क्रेता र ५० विक्रेताले सहभागी जनाउने निश्चित भए सँगै आवश्यक तयारी पुरा भएपनि वर्तमान समय एक्स्पाे आयोजनाका लागि उपयुक्त नरहेको जानकारी दिएका छन् । उनले सम्पुर्ण पर्यटन व्यावसायी तथा सरोकारवालाहरु एकजुट भएर कोरोना भाइरसका कारण पर्यटनमा हुन जाने सम्भाव्य असर तथा चुनाैती समाधानका लागि सबैले सहकार्य र समन्वयमा जोड दिन आवश्यक रहेको बताए ।

सचिव केदार बहादुर अधिकारी वायुसेवा निगमको अध्यक्ष हुने पक्का

काठमाडाैं । नेपाल वायु सेवा निगमको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी नियुक्त हुने भएका छन् । सरकारले सचिव अधिकारीलाई निगमकाे अध्यक्ष बनाउने निर्णय गरेकाे जनाइएकाे छ । मन्त्रिपरिषद् विशेष स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले पर्यटन सचिव अधिकारीलाई अध्यक्ष तोक्ने निर्णय गरेको छ ।  तत्कालीन नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएसँगै रिक्त रहेको अध्यक्ष पदमा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीलाई बनाउने निर्णय गरेको हो । महाप्रबन्धक भन्दा माथि नयाँ पद सिर्जना गरी ल्याइएको खरेलले पहिलो कार्यकालमा एक वर्ष नपुग्दै राजीनामा दिएपछि २०७५ भदौमा पुनः नियुक्त भएका उनले १४ महिना पनि नपुग्दै राजीनामा दिएका थिए । सरकारले पुनः सचिवलाई नै तोक्ने व्यवस्थामा फर्किनुको कारण चरम अव्यवस्था नै भएको स्रोतको ठम्याई छ । सचिवलाई अध्यक्ष बनाउनु संस्थागत हिसाबले एकदमै उपयुक्त कदम भएको मन्त्रालयको भनाई छ । २०७५ भदौमा मदन खरेललाई वायुसेवा निगममा नियुक्त गर्नु पूर्व पर्यटन सचिव नै सञ्चालक समितिका अध्यक्ष रहेको भए पनि २०६९ मा खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेर २९ महिनामै राजीनामा दिएका खरेललाई दोस्रो पटक २०७५ भदौमा निगमको कार्यकारी अध्यक्ष बनाउनको लागि तत्कालीन पर्यटन सचिवलाई अध्यक्षबाट हटाएको थियो ।