ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा विशेष छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले अनलाइन बुकिङ्गमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने छन् । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्वित गर्दै आएको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतकामुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
मन्त्रालय जाँदा पढाउन हिँड्या जस्तो हुन्छः सीईओ रेग्मी
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीहरुको कार्यशैली र दक्षतामाथि प्रश्न गरेका छन् । कोरोना भाइरसपछि यसले निम्त्याएका चुनौती र गरेका कामहरु सार्वजनिक गर्दै सीईओ रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीको क्षमतामाथि प्रश्न उठाएका हुन् । उनले आफुले मन्त्रालयमा जाँदा पढाउन हिँड्या जस्तो महसुस हुने सुनाए । ‘कहिले मन्त्रीज्यू फेरिनु भएको छ, कहिले सचिवज्यू फेरिने सहसचिव ज्यू फेरिने, पूरानो कर्मचारी फेरिएका छन्, त्यही पूरानो काम गर्न लाग्यो भने फेरि नयाँ तरिकाले जानु पर्छ, अगाडि गरिसकेको कूरा बारम्बार त्यही कूरा भन्नु परेको छ, हामी नेपाललाई कता लिएर जाँदैछौं त्यो नै क्लियर छैन, भन्दा नराम्रो सुनिएला म मन्त्रालय जाँदा पढाउन हिँड्या जस्तो लाग्छ,’ उनले भने । कार्यक्रममा सरकारको नीतिको कारणले नै पर्यटक भित्र्याउन असहज भएको बताए । ‘हाम्रो नीति पर्यटकलाई बोर्डरमा अनावश्यक टर्चर दिने भयो, अनावश्यक सोधिखोजी हामी गर्छौं, यसो गर्दा पर्यटक नै त्रसन्छ, उत्यसपछि कहिल्यै पनि नेपाल फर्कने मनसाय गर्दैन, हामीले पर्यटकहको संख्या बढाउन पनि सिस्टम चेन्ज गर्न आवश्यक छ,’ उनले भने । पर्यटन कोर्ड सांस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालय अन्तगर्त छ । सीईओ रेग्मी बोर्डको नेतृत्वमा आएपछि दुई मन्त्री फेरिएका छन् । यसअघि सो मन्त्रालयका मनत्री योगेश भट्टराई थिए भने मन्त्रालयका सचिव केदार बहादुर अधिकारी थिए । हाल सो मन्त्रालयमा मन्त्रीका रुपमा भानुभक्त ढकाल आएका छन् भने सचिव यादव प्रसाद कोइराला आएका छन् । मन्त्री र सचिव नै नयाँ आएपछि आफुले गर्ने काम योजनाहरु पनि फेरि सुरुबाट सुनाउनु र बुझाउनु पर्ने बाध्यता आएको उनले कार्यक्रममा बताए । कोरोना भाइरस (कोभिड–१९) को एक वर्ष र कोरोनाले सिर्जना गरेका चुनौती र यो अवधिमा नेपाल पर्यटन बोर्डले गरेको काम कारवाहीका बारेमा जानकारी दिँदै सीईओ रेग्मीले नेपालमा पर्यटन उद्योग प्रवर्द्धक गर्नको लागि सरकारले जेजस्ता नीतिगत व्यवस्था तथा भाषणवाजी रगेपनि कार्यान्वयनमा भने सुस्त देखिएको पनि बताए । ‘हामीले यो एक वर्षको अवधिमा अध्ययन अनुसन्धान तथा सर्भे गरेका थियौं, जसमा ८३७ जना सर्भेमा सहभागी भएका थिए, हामीले अध्ययन गरे अनुसार हालसम्म डेढ खर्ब रुपैयाँ मात्रै पर्यटन उद्योगमा लगानी भएको छ, पर्यटन क्षेत्रमा ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ,’ उनले भने ।
नेपाली पर्यटन: डेढ खर्ब लगानी, ८५ अर्ब कर्जा प्रवाह, ३ लाख आवद्ध हुँदा १२ लाख पालिए
काठमाडौं । नेपाली पर्यटन उद्योगमा हालसम्म डेढ खर्ब रुपैयाँ लगानी रहेको बताइएको छ । नपाल पर्यटन बोर्डका अनुसार हालसम्म नेपाली पर्यटन उद्योगमा डेढ खर्ब मात्रै लगानी भएको छ । यसमा सरकारको स्वामित्व रहेको नेपाल वायुसेवा कम्पनीकाे लगानी जाेडिएकाे छैन । नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनका अनुसार नेपाली पर्यटन क्षेत्रमा डेढ खर्ब मात्रै लगानी रहेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले नेपाल वायुसेवा निगमलाई नजोडेर नेपाली पर्यटन उद्योगमा डेढ खर्बको मात्रै लगानी रहेको बताएका हुन् । बिहीबार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को एक वर्ष र कोरोनाले सिर्जना गरेका चुनौती र यो अवधिमा नेपाल पर्यटन बोर्डले गरेको काम कारवाहीका बारेमा जानकारी दिँदै सीईओ रेग्मीले नेपालमा पर्यटन उद्योग प्रवद्र्धन गर्नको लागि सरकारले जेजस्ता नीतिगत व्यवस्था तथा भाषणवाजी गरेपनि कार्यान्वयनमा भने सुस्त देखिएको बताए । ‘हामीले यो एक वर्षको अवधिमा अध्ययन अनुसन्धान तथा सर्भे गरेका थियौं, जसमा ८३७ जना सर्भेमा सहभागी भएका थिए, हामीले अध्ययन गरे अनुसार हालसम्म डेढ खर्ब रुपैयाँ मात्रै पर्यटन उद्योगमा लगानी भएको छ, त्यसमा ८५ अर्ब रुपैयाँ यो क्षेत्रमा कर्जा प्रवाह भएको छ,’ उनले भने । उनका अनुसार ३ लाख मानिस पर्यटनमा संलग्न छन् । तर, अप्रत्यक्ष रुपमा भने १०/१२ लाख मानिस पर्यटनमा आवद्ध भएको उनको भनाई छ । ‘३ लाख मानिस पर्यटनमा आवद्ध छन्, हाम्रो संस्कृती अनुसार एक जनाले ३/४ जनाको परिवार पाल्छ, यसरी १२ लाख जति मानिस पर्यटनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न छन्,’ कार्यक्रममा उनले भने । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन भएपनि सरकारले पर्यटनप्रति खासै चासो नदिएको उनको भनाई छ । सरकारको नीतिकै कारण पर्यटक आवागमनमा सुस्तता आएको पनि उनले बताए । ‘हाम्रो नीति पर्यटकलाई बोर्डरमा अनावश्यक टर्चर दिने भयो, अनावश्यक सोधिखोजी गर्छौं, यसो गर्दा पर्यटक नै तर्सन्छ, त्यसपछि उ कहिल्यै पनि नेपाल फर्कने मनसाय गर्दैन, हामीले पर्यटकको संख्या बढाउन पनि सिस्टम चेन्ज गर्न आवश्यक छ,’ उनले भने । यस्तै, नेपाल पर्यटन बोर्डको सर्भेले नेपाली पर्यटन उद्योगमा डेढ खर्ब मात्रै लगानी रहेको बताए पनि यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनले नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब जतिको लगानी रहेको तथ्यांक देखाएको थियो । गत बैशाखमा सार्वजनिक गरेको सो अध्ययनका अनुसार नेपाली पर्यटन क्षेत्रमा १५ खर्ब लगानी ७ लाख बढीलाई रोजगारी दिएको उल्लेख गरेको थियो । कार्यक्रममा रेग्मीले काेराेना भाइरसकाे समयमा बाेर्डले गरेका काम र अब गर्ने कामकाे बारेमा पनि जानकारी गराएका थिए । कोरोनामा बोर्डले गरेका काम महामारी वा यस्तै अन्य संकटमा कसरी काम गर्ने भनेर वोर्डमा संकट सञ्चार तथा व्यवस्थापन युनिट को शुरुवात गर्को थियो । जसमा हरेक दिनको अवस्था अपडेट तयार हुने गरेको छ । सोही समयमा स्टाण्डर्ड यन नेपाल नामक वेबसाइट सुरु गरी नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकहरुको खोजी, सम्पर्क स्थापना गरियो भने लुक्ला, पोखरावाट, तथा अन्य स्थावाट करिव १ हजार ७२१ जना पर्यटकहरुलाई उद्धारकार्य गरी काठमाण्डौ ल्याइपर्यटकहरुलाई देश फर्कनको लागी रिपार्टि«एसन फ्लाइट सञ्चालन गर्न सहजिकरण गर्यो । चीनमा काभिडको संक्रमण शुरु भएपछि नै अन्य बजारहरुको सम्भाव्यता खोजि गर्नको लागि पर्यटन वोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा नीजि क्षेत्र समेतको सहभागितामा १२ वटा टास्क फोर्स गठन गरी भारत,दक्षिण एसिया,बुद्धिस्ट देशहरू,मध्यपूर्वका देशहरू,युरोप र रसिया,अष्ेट्रेलिया र न्युजिल्याण्ड,अफ्र्रिका,नर्थ अमेरिका, साउथ अमेरिका चीन,नर्र्थ इस्ट एशिया लगायत विश्वका विभिन्न १२वटा पर्यटन स्रोत बजारहरूको अध्ययन गरेको थियो । पर्यटनमा परेको असर तथा भावि कार्ययोजना सम्वन्धमा नेपालका विभिन्न प्रदेशमा रहेका पर्यटन व्यवसायीहरुसँग तथा नेपालको प्रमुख स्रोत बजार भारतका पर्यटन व्यावसायीहरूसँग पुनः पर्यटन सुचारु गर्ने सम्बन्धमा सम्भाव्यता तथा आगामी कार्यदिशा तय गर्नको लागी अनलाइन प्लेटफर्म मार्फत अन्तक्रिया आयोजना गरिएको थियो । यो बीचमा धेरै भर्चुअल प्लेटफर्मको प्रयोग गरी नेपालको पर्यटनको प्रर्वद्धन गर्ने काम गरिएको छ । कोभिडको कारण तत्कालै अन्तरराष्ट्रिय पर्यटकहरु आउन नसक्ने, नचाहने परिस्थतीमा नेपालको आन्तरिक पर्यटन वजारको अध्ययन गर्न तथा पर्यटकिय सम्पदाहरुको पहिचान गर्न हरेक प्रदेशको लागी टास्कफोर्स गठन गरी अध्ययन गरी सात प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठनगर िकाम अगाडि बढेको छ । यसमा देश दर्शन कार्यक्रमको लागि विभिन्न निजि क्षेत्र सँग सम्बन्धित संघ संस्था तथा प्रदेशहरुसंग छलफल गरि उचित आन्तरिक पर्यटनमा प्याकेजको आवाहान गरि प्याकेज प्राप्त भएका छन् । आन्तरिक नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय विस्तार गर्नको लागि सम्पूर्ण प्रदेशहरुमा स्थलगत भ्रमण तथा अध्ययन गरि प्रदेश सरकार, प्रदेश मन्त्रालय, स्थानीय तह तथा निजि क्षेत्रसंग अन्तरक्रिया गरि सम्झौता गरिएको छ । दिर्घकालीन काम नेपालको पर्यटनमा तथ्याङ्कको अभावले गर्दा राज्यले तय गर्ने नीति समेत प्रभावित हुने अवस्थामा तथ्याङ्कको उलपब्धता रहोस भनेर बोर्डले यस क्षेत्रमा गरिएको लगानी तथा जनशक्तिको अध्ययन गरेको छ । जसबाट कोभिडको संक्रमणले व्यवसायमा परेको प्रभाव र यो क्षेत्रमा सरकारले दिने राहतको लागी सरकारलाई तथ्याङ्क उपलब्ध भएको छ । यस्तै नेपालको बहुआयामिक पर्यटनमा तथ्याङ्ककलाई डिजिटल डाटावेशमा राख्न बोर्डले डिजिटल डाटावेस फर टुरिजम प्लानिङ कार्यक्रमका लागि त्रिभूवन विश्वविध्यालय अन्तर्गतको केन्द्रीय भूगोल विभागमार्फत संचालन गर्न सम्झौता सम्पन्न भइ कार्य अघि बढेको लगायतका काम रहेका छन् । पर्यटन व्यवसायीले पुनरकर्जा नपाएको गुनासो कार्यक्रममा पर्यटन व्यवसायीहरुको पनि सहभागिता थियो । कार्यक्रममा बोल्ने अधिकांश पर्यटन व्यवसायीले सरकारले कोरोना प्रभावित व्यवसायीका लागि छुट्याएको पुनरकर्जा नपाएको गुनासो गरेका थिए । पर्यटन व्यवसायी विशेष श्रेष्ठले आफुहरुले पुनरकर्जा पाउनु पर्ने भएपनि नपाएको गुनासो गरे । ‘सरकारले कोरोना प्रभावितका लागि भनेर पुनरकर्जाको व्यवस्था गरेको छ, सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन हो, पर्यटन व्यवसायीले चलाउने सवारी साधनमा पनि धेरै लगानी भएको छ, त्यसका लागि कुनै व्यवस्था नै छैन, राहात नै पाएका छैनौं, सरकारले यसको लागि व्यवस्था गर्नु पर्छ,’ उनले भने ।