हवाई सेवा बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हवाई सेवा बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । ‘अहिले पनि बैठक जारी छ, हवाई उडान बन्द गर्नुपर्छ भन्ने राय सबैले राखेपछि बन्द गर्ने निर्णय भयो, उडान बन्द गर्ने बारे सबै मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, पछिल्लो समय झन कोरोना फैलिँदै गएपछि सकैले बन्द गर्नुपर्छ भन्ने राय राखे,’ ती मन्त्रीले विकासन्युजसँग भने । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि आन्तरिक तथा बाह्य हवाई सेवा भने निरन्तर चलिरहेको छ । सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै अब आन्तरिक र बाह्य हवाई उडान बन्द हुनेछ । नागरिक उड्डयन प्राधिकरणले सेड्युल पास भएका उडान संख्यामध्ये ५० प्रतिशत घटाउन हवाई सेवा प्रदायकहरुलाई भनिसकेको छ ।

काठमाडौं–हङकङ उडानमा रोक

काठमाडौं । हङकङ सरकारले काठमाडौंबाट हुँदै आएकोे उडानमा रोक लगाएको छ । पछिल्लो समय नेपालमा दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि भएपछि हङकङ सरकारले नेपालबाट हुँदै आएको उडानमा रोक लगाएको हाे । हङकङले शनिबारदेखि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सम्पूर्ण उडानहरु रोक लगाएको जनाइएकाे छ । यसअघि भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशबाट हुने उडानमाफि प्रतिबन्ध लगाएको हङकङले नेपालबाट हुने उडानमा समेत रोक लगाएको हो । यता काठमाडौं–हङकङ उडान गर्दै आएको नेपाल वायुसेवा निगमले भने उडान बन्दको विषयमा आधिकारीक जानकारी नआएको जनाएको छ । ‘हङकङ सरकारले नेपालको उडानमा रोक लगाएको भन्ने आधिकारीक जानकारी आइसेकेको छैन । आधिकारीक रुपमा जानकारी आएपछि उडान बन्द हुन्छ । जानकारीन आउँदा सम्म उडान यथावत नै रहन्छ’, निगम स्रोतले भन्यो ।

८ वर्षपछि पुरानै ब्राण्डमा फर्किदै गुण एयरलाइन्स, मन्त्रालयबाट पायो ५ जहाज उडानको अनुमति

काठमाडौं । ८ वर्षअघि बन्द भएको गुण एयरलाइनस पुरानै ब्राण्डमा फर्कने तयारी गरेको छ । तत्कालीन समयमा पुरानो ब्राण्ड छोडेर सिम्रिक एयर भएको गुण बन्द भएको ८ वर्षपछि पुरानै ब्राण्डमा फर्किएको हो । सन् २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले हाल सञ्चालनमा रहेको सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्सबाटै उडान भर्ने तयारी गरेका हुन् । नाम परिवर्तनका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणबाट अनुमति पाएको एयरलाइन्सले जहाज थपको अनुमति समेत पाएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट ५ जहाज थपको अनुमति पाएको हो । गुणको निवेदनको आधारमा बुधबार मन्त्रीस्तरीय निर्णयबाट जेटस्ट्रिम जहाज उडानको अनुमति पाएको हो । यतीबाट ५ हजार खरिद निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरलाइन्ससँग भएको ५ थान जेट इञ्जिन विमान खरिद गरी ब्राण्ड नामसमेत परिवर्तन गरी सञ्चालनको तयारी गरेको हो । यती एयरलाइन्सले सन् १९९८ मा खरिद गरेको ५ थान विमान केही समयअघि मात्र गुण एयरलाईन्सले खरिद गरेको थियो । यतीसँग किनेको ५ थान जहाज गरी सिम्रिकसँग ७ थान विमान हुनेछन् । गुण एयरलाईन्सले यसअघि राखिएको सिम्रिक एयरलाइन्सले नाम परिवर्तन गरी गुण एयरलाइन्स बनाएर विभिन्न गन्तव्य सहित माउण्टेन फ्लाइटको उडान गर्ने तयारी गरेको छ । सिम्रिक एयरले यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई आधार बनाएर काठमाडौंबाट पोखरा, भरतपुर, भैरहवा तथा पर्वतीय उडान गरिरहेको थियो । जहाज थपको अनुमति पाएसगैँ कम्पनीले सिमरा, जनकपुर, भद्रपुर, विराटनगर, नेपालगन्ज र तुम्लिङटार लगायतका गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । तत्कालीन समयमा घर जग्गा व्यवसायमा मन्दी आएपछि सुधीर बस्नेतले सञ्चालन गरेको अग्नी एयरलाइन्स र राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स खरिद गरेर रामेश्वर थापाले सिम्रिक एयरलाइन्स स्थापना गरी सञ्चालन गरेका थिए ।