नियमित उडान स्थगित भएपछि ६ हजार बढीले गरे हवाई यात्रा

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सरकारले गत बैशाख २१ गते आन्तरिक तथा बैशाख २४ गतेदेखि अन्तराष्ट्रिय उडान स्थगित गरेको छ । नियमित उडान स्थगित भएपनि चार्टर्ड, कार्गाे तथा उद्धारहरु भने धमाधम हुने गरेका छन् । उडान स्थगित भएको २१ दिनको अबधिमा ६ हजार बढीले हवाई यात्राबाट सेवा लिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २१ दिनको अवधिमा आन्तरिक तर्फ २ हजार ६१२ जना र अन्तराष्ट्रिय तर्फ ४ हजार १७३ जनाले सेवा लिएका हुन् । आन्तरिक तर्फ अधिकांश कोरोना संक्रमितको उद्धार तथा विभिन्न स्थानमा रोकिएका विदेशीको उद्धार गरिएको थियो । यस्तै अन्तराष्ट्रिय उडान तर्फ समेत अधिकांश विदेशी नागरिकले सेवा लिएका छन् । एयर बबल अवधारण अनुसार सातामा दुई उडान भारतको नयाँदिल्लीमा भएपनि अन्य गन्तव्यमा चार्टर्ड उडान मार्फत विदेशीले सेवा लिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ४ मे देखि २४ मेसम्म २१ दिनमा आन्तरिक तर्फ ९ सय १८ वटा उद्धार उडान तथा अवतरण भएका छन् । विभिन्न जिल्लामा भएका कोभिड संक्रमित बिरामीको उद्धार गरिएको थियो । उक्त उद्धार मध्ये काठमाडौं ल्याउने भन्दै उपत्यका बाहिर जानेको संख्यामा बढी रहेको पाइएको छ । २१ दिनको अबधिमा आन्तरिक उडानतर्फ ८२ हजार केजी सामान समेत ओसार–पोसार भएको छ । १४३ अन्तर्राष्ट्रिय उडान सरकारले आन्तरिक उडान बन्द गरेको तीन दिनपछि भारत बाहेकका गन्तव्यमा हुने नियमित उडान बन्द गरेको थियो । नियमित उडान बन्द भएपनि चार्टर्ड, उद्धार तथा कार्गाे उडान मार्फत उक्त अबधिमा १ सय ४३ वटा अन्तराष्ट्रि उडान तथा अवतरण भएका छन् । उक्त उडान मार्फत ४ हजार १७३ जनाले सेवा लिएका थिए भने ९ लाख ३० हजार ८१९ किलो सामान ओसार पसार भएका छन् । गत बैशाख २३ गतेदेखि स्थगित भएको अन्तराष्ट्रिय उडान आगामी जेठ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

रोकिएको सगरमाथा आरोहण पुन: सुरु, १५० भन्दा बढी आरोही चुचुरोमा

काठमाडौं । खराब मौसमका कारण रोकिएको सगरमाथा आरोहण पुनः सुरु भएको छ । गत सातादेखि रोकिएको आरोहण मौसममा सुधार भएसगैँ शनिबारबाट सुरु भएको हो । पुनः आरोहण सुरु भएसगैँ १५० भन्दा धेरै आरोही चुचुरोमा पुगेको पर्यटन विभागबाट आरोहणका लागि आधार शिविरमा खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आरोहणका लागि शनिबार राति नै आरोहीहरु चुचुरोतर्फ लागेका थिए । शनिबार आरोहण गरेर आईतबार बिहान चुचुरोमा पुगेका आरोहीहरु फर्किएगैँ अन्य आरोहीहरु चुचुरोमा जानेछन् । आईतबार आरोहण गर्न मौसमले साथ दिएको छ । मौसमविदहरुका अनुसार एक सातापछि आईतबार खुलेको मौसम अब २८/२९ तारिखमा मात्र अनुकुल हुनेछ । कोभिड–१९ को दोस्रो लहरको जोखिमका बीच २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमालहरूको आरोहण भइरहेको छ । यस वर्ष सगरमाथा आरोहणका लागि ४३ समूहका ४ सय ८ जना आरोहीले अनुमति लिएका छन् । विभागले चालू सिजनमा १६ वटा हिमाल आरोहणका लागि ८५ आरोहण दलका ७ सय ४२ आरोहीलाई अनुमित दिएको छ । जसमध्येमा सगरमाथा आरोहणका लागि ४३ समूहका ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले आरोहणका लागि अनुमति लिएका थिए । यस सिजनमा विभागले आरोहणबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ राजश्वं संकलन गरेको छ । यस वर्ष बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरिसकेका छन् । बहराइनको राजपरिवारका सदस्यसहितको टोली वैशाख २७ गते सगरमाथाको चुचुरोमा पुगेको थियो । यस वर्ष नै १३ मे १९९४ मा पहिलोपटक सगरमाथा चुचुरो चुमेका कामिरिताले २५औँ पटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड कायम गरिसकेका छन् । गत वैशाख २४ गते कामीरिता शेर्पासगैँ १२ जनाको आइसफल डाक्टरसहितको टोलीले रोप फिक्सीङ गरेसगैँ सगरमाथा आरोहण सुरु भएको हो । रोप फिक्सीङ सगैँ गत बैशाख २४ गतेदेखि ३० गतेसम्म १ सय ५० जना आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् ।

हेलिकोप्टरको नयाँ भाडादर सार्वजनिक, प्रतिघण्टा ६ सय डलरसम्म घटाईयो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरको नयाँ भाडदर सार्वजनिक गरेको छ । वि.स २०७२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको भाडादरमा केही घटाएर प्राधिकरणले बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार एएस ३५०बी सिरिजका हेलिकप्टरको भाडा प्रतिघण्टा एक हजार २ सय अमेरिकी डलर बनाईएको छ । यसअघि उक्त सिरिजको भाडा एक हजार ५ सय अमेरिकी डलर रहेको थियो । यस्तै आर ४४/आर–४६ को भाडा प्रतिघण्टा १ हजार डलर कायम गरिएको छ । यसअघि उत्त, सिरिजको भाडा एक हजार ६ सय अमेरिकी डलर रहेको थियो । महामारीको समयमा नेपाली नागरिकलाई सहुलियत होस भनेर भाडा घटाउन निर्देशन यसअघि दिएको छ । हेलिकोप्टरको भाडा घटे पनि कोरोना संक्रमित बिरामी बोक्नका लागि भने प्रति उडान थप १ लाख रुपैयाँ लाग्ने छ । हेलिकप्टर सेवाप्रदायकहरुले बिरामीका लागि मेडिकल टिम तथा उपकरणको व्यवस्था तैनाथ राख्नुपर्ने भएकाले अतिरिक्त शुल्क आवश्यक हुने बताउँदै आएका छन् । प्राधिकरणले हेलिकप्टर आवश्यक भएमा बिचौलियासँग सम्पर्क नगरी सिधै कम्पनीमा सम्पर्क गर्न नम्बर समेत सार्वजनिक गरेको छ । यी हुन हेलिकोप्टर कम्पनीका सम्पर्क नम्बर : १ अल्टिच्युड एयरस् ९८०१२४९९१७र९८०१२९९०७र०१४४८९३०० २ हेली एभरेष्टस् ९८४१५५७५०९र९८१३२४०१३९र०१४११३०६६ ३ कैलाश हेलिकप्टरस् ९८५१०३००१३र९८५११२९२५४र०१५९००५०१ ४ मनाङ्ग एयरस् ९८०११८०४६२र९८०११८०४६३र०१४४८८०१६ ५ श्री एयरलाइन्सस् ९८५१०२६१९७र९८०२३०००२३र९८५१०१२५०५ ६ सिम्रिक एयरस् ९८५१०१०६९६र९८५१०१०६९८र०१४१५५३४०