नेपाल एयरलाइन्समा रणनीतिक साझेदार भित्र्याईने
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको क्षमता विस्तारका लागि खुल्ला प्रतिस्पर्धाबाट रणनीतिक साझेदारी भित्र्याउने भएको छ । यसअघि समेत उक्त तयारी भएकोमा कर्मचारीको आन्दोलनपछि रोकिएको थियो । सरकारले निगमको क्षमता विस्तारका लागि उक्त निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।
ताप्लेजुङको सुकेटारस्थित विमानस्थल अब ‘रविन्द्र अधिकारी विमानस्थल’
काठमाडाैं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व. रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेको छ । तत्कालीन पर्यटन मन्त्री अधिकारीको सम्मानमा सरकारले उक्त विमानस्थलको नामाकरण गरेको हाे । उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । मन्त्री अधिकारीसगैँ मृत्यु भएका यती सूमहका संस्थापक स्व.आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिएकाे छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।
निर्माणाधिन दुई विमानस्थलका लागि १२ अर्ब बजेट
काठमाडौं । सरकारले निर्माणधीन दुई विमानस्थल निर्माणका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । जसमा भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो । यस्तै सरकारले आन्तरिक विमानस्थलको क्षमता विस्तार तथा मर्मत सम्भारका लागि १ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ । जसमा इलाम, गुल्मी र डोल्पामा रहेका विमानस्थलमा परीक्षण उडान गर्ने, सुर्खेत र विराटनगर विमास्थलको विस्तार गर्ने, ओखलढुंगाा, ताप्लेजुङ विमानस्थलको धावनमार्ग विस्तार गरिनेछ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।