मंगलरबारदेखि काठमाडौं कोलम्बो सीधा उडान
काठमाडौं । मंगलबारदेखि काठमाडौं–कोलम्बो सीधा उडान हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले श्रीलंकन एयरलाइन्सलाई सातामा २ पटक उडान अनुमतिसगै कोलम्बो उडान सुचारु हुने भएको हो । पहिलो पटक श्रीलंकन एयरलाइन्सले नेपालमा हवाई उडान भर्नका लागि अनुमति प्राप्त गरेको छ । क्यानले पहिलो चरणमा मंगलबार र शनिबार २ उडान गर्ने गरी एयरबस ३३३, ३२१ र ३२० विमानमध्ये कुनै एक विमानलाई उडान अनुमति दिएको हो । क्यानका अनुसार श्रीलंकाको बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइ मंगलबार र शनिबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने र सोही विहान १०ः४० बजे त्यसतर्फउ प्रस्थान गर्ने तालिका रहेको छ ।
कोरोना महामारीले क्यानको आम्दानी १२ अर्ब गुम्यो
काठमाडौं । कोभिड–१९ को असरका कारण दूरसञ्चार प्राधिकरण (क्यान) को करिब १२ अर्ब आम्दानी गुमेको छ । प्राधिकरणले आइतबार गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २०७६ को चैत महिनादेखि २०७८ को असार महिनासम्मको अवधिमा प्रक्षेपण गरेको तुलनामा १२ अर्ब बढी आम्दानी गुमेको जनाएको हो । प्राधिकरणसगैँ वायुसेवा कम्पनीले २५ अर्ब बढी नोक्सानी भएको छ । सो नोक्सानीमध्ये सबैभन्दा धेरै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई भएको छ । सो अवधिमा निगमले मात्र ७ अर्ब बढी नोक्सानी भएको छ । यस्तै, नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले ३ अर्ब नोक्सानी व्यहोरेको छ भने आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले १५ अर्ब बढी आम्दानी गुमाएका छन् । सो प्रतिवेदन अनुसार प्राधिकरणको कार्य प्रकृति बमोजिम बार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा विमानस्थलमा भौतिक पूर्वाधार विकास, एयर नेभिगेसन प्रणालीको आधुनिकीकरण, उडान सुरक्षा सुदृढीकरण तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको जनाईएको छ । ७३ प्रतिशतले हवाई यात्रुमा कमी क्यानले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई यात्रुको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ । कोभिडका कारण अन्तर्राष्ट्रिय हवाई यात्रुमा ७३ प्रतिशत र आन्तरिक यात्रुमा ५९ प्रतिशतले कमी आएको हो । सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान तर्फ हवाई यात्र संख्या ४१ लाख ३८ हजार ५६३ रहेको थियो । सन् २०२० मा ७३ प्रतिशतले कमी आएर ११ लाख ५ हजार ९२९ कायम हुन पुगेको छ । यस्तै, आन्तरिक उडान तर्फ सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा सो संख्यामा ५९ दशमलव ४६ प्रतिशतले कमी आएको छ । तथ्यांक अनुसार सन् २०२० मा १२ लाख ९२ हजार ५२१ आन्तरिक यात्रु रहेका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेतापनि उलेख्यनीय संख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएकोमा कोभिड–१९ महामारीका कारण हवाई तथा पर्यटन क्षेत्र धराशायी जस्तै बनेको छ । हाल अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवा कम्पनीले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी एयर अरेबिया अबुधाबीले १८ अक्टुबर २०२० देखि नेपालमा आफ्नो नियमित उडान प्रारम्भ गरेको छ । नेपालमा नियमित हवाई सेवामा अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा वायुसेवा, आन्तरिक उडान तर्फ ९ वटा वायुसेवा र १० वटा हेलिकप्टर कम्पनी गरी २२ वटा वायुसेवा कम्पनी सञ्चालनरत छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले कोभिड १९ को कारण एशिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तर्राष्ट्रिय उडानमा ७४ प्रतिशत र आन्तरिक उडानमा ५० प्रतिशत हवाई यात्रु घटेको जनाएको छ ।
दुई वर्षमा समेत निर्मणा हुन सकेन बलेवा विमानस्थल
गलकाेट । निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन । धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै आएका छन् । एक वर्षमा नै सक्ने विमानस्थल दुई वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले छ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ । विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्न नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत २०७६ फागुनमा काम सुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण कालोपत्र गर्ने कार्य प्रभावित बन्दै आएको धावनमार्ग कालोपत्र गर्ने जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिए । विसं २०७७ माघ मसान्तसम्म कालोपत्र सक्ने गरी निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कोरोना महामारी र निरन्तरको वर्षाको कारण पुनः २०७८ असार मसान्तसम्म काम सक्ने गरी छ महिना ठेक्का म्याद थपेको भए पनि भदौसम्म विमानस्थल कालोपत्र भएको छैन । अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले विमानस्थलको काम ठप्प रहेको छ । पुनः छ महिना म्याद थपको प्रक्रियामा पुगेकोे थापाले बताए । ‘सबै काम सकिएको छ, कालोपत्र गर्न मात्रै बाँकी हो, हाम्रो लामो समय पूर्वाधार निर्माणमै गयो, कोरोनाका कारण र कालोपत्र गर्ने समयमा पानी पर्दा समस्या भयो’, थापाले भने, ‘हामी त तयारी अवस्थामा छौं, अहिले कालोपत्र गर्ने उपकरण तथा कच्चा सामग्री लैजाने सडकसमेत बर्खाका कारण अवरुद्ध छ ।’ पानी रोकिएर घाम लागे १५ दिनमै विमानस्थल तयार हुने भए पनि निरन्तरको झरिका कारण कालोपत्र गर्न समस्या भएकाले असोजसम्म सक्ने गरी ठेक्का थप गर्न थालेको नागरिक उड्ययन प्राधिकरणका इञ्जिनीयर मीनराज ओझाले जानकारी दिए । विमानस्थल निर्माणमा भइरहेको ढिलाइप्रति प्राधिकरण चनाखो भए पनि निरन्तरको झरी र कोरोनाका कारण समस्या भएको ओझाको भनाइ छ । ‘विमानस्थल कालोपत्रमा ढिलाइ हुनुमा निर्माण व्यवसायीको दोष देखिँदैन, पूर्वाधारमा कुनै कुसर बाँकी राखेको छैन, तर विमानस्थल कालोपत्र गर्ने काम मौसममा निर्भर हुन्छ, शुरुमा कालापत्रका लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि बर्खा लाग्यो सडक अवरुद्ध भयो ।’ ओझाले भने, ‘चर्को घाम नलागी कालोपत्र गर्न प्राविधिक हिसाबले मिल्दैन र टिकाउ पनि हुँदैन, घाम लाग्दासाथ निर्माण व्यवसायी काममा फर्कन्छन्, आगामी असोजभित्रै काम सक्ने योजना हाम्रो छ ।” कालोपत्र गर्न आवश्यक कच्चा सामग्री ढुवानी गर्ने सडक रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ । बागलुङको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभीसँग रु सात करोडमा ठेक्का सम्झौता गरेका थियो । रासस