१५ करोड ३७ लाख नोक्सानीमा सिटी होटल, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । सिटी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । होटलले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा होटलको नोक्सानी घटेको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २१ करोड २१ लाख रुपैयाँ नोक्सनी व्यहोरेको थियो । चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । एक वर्षको अवधिमा सञ्चालन आम्दानी भने १३.५२ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष होटलको सञ्चान आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ थियो । हाल होटलको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा छ ।

र्‍याडिसन होटलको नाफा ६ करोड ५९ लाख

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । होटलले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यो नाफा १० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । होटलले चैतसम्म ८१ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा होटलले ६९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो । होटलले ९ महिनामा १२ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष होटलले ११ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल होटलको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ छ । हाल होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा मात्रै थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ ४२ पैसा छ ।

कालिन्चोक दर्शनको नाफा ६.९१ प्रतिशतले बढ्यो

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले ६.९१ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो । वित्तीय विवरणअनुसार कालिन्चोक दर्शनले पछिल्लो नौ महिनामा २ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी बढेसँगै यसको नाफा बढेको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा अक्युपेन्सी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ । एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३०.४१ प्रतिशतले बढेर ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५८.२७ प्रतिशतले बढेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ २० पैसा कायम छ । गत वर्ष प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा रहेको थियो । कालिन्चोकको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ०२ पैसा छ ।