अब वायुसेवा निगमको टिकट ‘आइएमई पे’ बाटै किन्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट अब ‘आइएमई पे’ बाटै किन्न सकिने भएको छ । आइतबार दुई कम्पनीबीच उक्त हवाई टिकट खरिद गर्न सकिने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरि नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट खरिद गर्न सक्नेछन् । आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा: आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

एनसेलद्धारा दुरसञ्चार सेवा शुल्क समायोजन, ल्यायो आर्कषक नयाँ भ्वाइस तथा डेटा प्याक

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले यहि मंगलबार(अाज)बाट आफ्ना सम्पूर्ण मूल्यमा नेपाल सरकारले दुरसञ्चार सेवा शुल्कमा हालै गरेको परिमार्जन अनुरुप नयाँ दुरसञ्चार सेवा शुल्क दर लागु हुने घोषणा गरेको छ । नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ । दुरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागु गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्य कर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मुल्यमा यहि श्रावण १ गते मंगलबार देखि नयाँ सेवा शुल्क लागु हुने जनाएको छ । नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ । साथै, आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले यहि श्रावण १ देखि ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ । त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याक सुचारु गरी थप लाभ लिन सक्नेछन् । ‘‘एनसेलले नेपालको नियम तथा कानुनको सदैव सम्मान तथा पालना गर्दछ । साथै डेटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मुल्य प्रदान गर्ने हाम्रो प्रतिवद्तालाई थप उजागर गर्दछ,’’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्गले भने । नयाँ डेटा योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मुल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ । उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले मात्र रु ९ मा ३५ एमबि डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबिको फोरजि डेटा भल्युम बोनस स्वरुप निःशुल्क प्राप्त गर्नेेछन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याकमध्ये कुनै पनि विकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन् । साथै भ्वाइस प्याक लिनका लागि एस्ट्रिक्स १७११८ ह्यास डायल गरि वा १७११८ मा डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनि प्याक सुचारु गर्न सकिन्छ । नयाँ दुरसचार सेवा शुल्क लागु हुँदा मुल्यमा पर्ने असरलाई केहि कम गर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्ग प्याक, बिज प्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ ।लोकल कलमा लाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रति मिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरी एसएमएस, डेटा सेवा अन्तर्गतको पे एज यु गो, सापटि तथा पोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमा पनि कुनै परिवर्तन गरिएको छैन । भ्वाइस, डेटा लगायतका सबै सेवाको नयाँ शुल्क तथा योजनाको बारेमा सबै जानकारी एनसेलको आधिकारीक वेबसाइट www.ncell.axiata.com  मा पनि उपलब्ध छ ।

डिशहोमले सिम टिभी किन्ने, आजैदेखि व्यवस्थापनको सम्पूर्ण जिम्मा लिने

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड(डिशहोम)ले सिम्पल मिडिया नेटवर्क प्रा.लि.(सिम टिभी) किन्ने सम्झौता गरेको छ । यस खरिद सम्झौता अन्तर्गत डिशहोमले निकट भविष्यमै सिम टिभीको सेयर खरिद गर्ने छ । यसका साथै डिशहोमले सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा आजै(असार ३१ गते)बाट लिने भएको छ । सन् २००९ मा स्थापना भएको डिशहोम नेपालको पे टिभी इन्डष्ट्रिमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भई सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसैगरि, सिम टिभी नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो । सिम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभीको खरिद पछि टिभी हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने बताएका छन् । डिशहोमले नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने बताएको छ ।