गुराँस लाइफ इन्स्योरेन्सद्धारा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिनको आधारभूत तालिममा २७ जना सहभागीहरुको उपस्थिति रहेको थियो । आधारभूत तालिम संस्थाका क्षेत्रीय संयोजक रामचन्द्र भण्डारीले दिएका थिए । बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारी साथसाथै जिवन बीमामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भुमिकाको बारेमा क्षेत्रीय संयोजक भण्डारीले तालिममा सहभागीहरुलाई स्पष्ट पार्नुहुदै सफल बीमा अभिकर्ता भइ कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरेका छन् । तालिमको औपचारीक समापन गर्दै शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनिहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताएका छन् ।

सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम

काठमाडौं । सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लिद्धारा नेपाली ग्राहकहरुका लागि-माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरिएको थियाे । साथै, उक्त दिन नै सामसङ्गका उत्पादन समेत जानकारी दिने उद्देश्यले एक तालिम प्रदान गरिएकाे थियाे । उक्त कुकिङ क्लासको आयोजना नारायणगढ बजारको त्रिमुर्ती रेडियो तथा घडी पसल (जुन नारायणगढको सामसुङ्ग प्लाजा हो) त्यहाँ कुकिङ सम्बन्धी तालिम दिइएको थियो । भने, सेन्टर प्लाम होटल नारायणगढमा सामसङ्गको उत्पादनहरुबारे तालिम प्रदान गरिएको थियो । सामसुङ्गको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजनाको मुख्य उद्देश्य सहभागीहरुलाई सामसङ्गका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरु बनाउन सिकाउनु हो । यो कार्यक्रममा सामसङ्ग प्लाजाका प्रतिनिधिहरुबाटै प्रशिक्षण दिइएको थियो । माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागिहरुले सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड फिस, पिज्जा, केक र अन्य परिकारहरु पकाउने प्रशिक्षण लिएका थिए । प्रशिक्षणमा मुख्य रुपमा सामसङ्गका स्लिम फ्राइ माइक्रोवेभ, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शन गरिएको थियो जसमा ८० प्रतिशतसम्म कम तेलको प्रयोग गरेर विभिन्न परिकारहरु पकाउन सकिन्छ । प्रशिक्षकहरुले सो सामसङ स्लिम फ्राइ माइक्रोवेभ ओभन, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभन प्रयोग गरेर कसरी खाना बनाउने भन्ने जानकारी दिएका थिए । साथै पकाउदा अपनाउनु पर्ने सेफ्टीको बिषयमासमेत जानकारी दिइएको थियो । कार्यक्रमका बारेमा बोल्दै सामसङ्ग प्लाजाका निर्देशक सीमा गोल्छाले भन्नुभयो, “सहभागिहरु सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर पकाउन निकै उत्सुक थिए । यसका साथै स्लिम फ्राइ माइक्रोवेभ ओभन, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शनले उनीहरुलाई अझै उत्साहित बनाएको थियो । उनीहरुका अनुसार अब उनीहरुको घरमा पनि मीठोका साथै स्वस्थ खानाको बानी बस्नेछ । आफ्नो ग्राहकहरुलाई स्वस्थ रहन प्रोत्साहन गर्न सकेकोमा हामी निकै हर्षित छौँ ।”

गर्भनर नेपालद्धारा ग्लोबल आइएमईको नवनिर्मित रजिर्ष्टड कार्यालयको उद्घाटन

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. को ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिर्ष्टड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले मंगलबार उद्घाटन गरेका छन् । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको यस बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिर्ष्टड कार्यालय स्थापना गर्न सफल भएको हो । कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा बोल्दै गर्भनर नेपालले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा कर्पोरेट/रजिर्ष्टड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमई बैंकलाई बधाई दिएका छन् । उक्त कर्पोरेट/रजिर्ष्टड कार्यालय उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । ११ औँ वार्षिकोत्सवकै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त ५ वटा शाखा संचालनमा ल्याएसंगै हाल बैंकको शाखा संख्या ११३ पुगेको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्देश्यले ७ वटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ । साथै, नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।