ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा सङ्खुवासभामा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सङ्खुवासभा जिल्लाको याखा चोकमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले स्थानिय ९० बर्षिय ज्येष्ठ नागरिक ललुमाया सुबेदिको नाममा खाता खोलि व्यक्तिगत रुपमा २,५०० रुपैयाँ जम्मा गरिदिएर उक्त सेवाको कारोबार शुभारम्भ गरेका हुन् । साथै, उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू
काठमाडौं । प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू गर्ने सम्झौता भएको छ । उक्त सम्झौता मार्फत युएई एक्स्चेन्जको फ्लयास रेमिट्टान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभु मनी ट्रान्स्फरको ७००० भन्दा धेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिनुको साथै नेपालमा रहेका कुनै पनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि प्रदान गरेको छ। साथै, पठाएको पैसामा नेपालमा कुनै पनि सर्भिस चार्ज काटिने छैन र पुरै पैसा पाउने र खातामा जम्मा हुनेछ। प्रभु मनीले खाडी मुलुकको साथै सन्सारको धेरै देशहरुबाट रेमिट्टान्स नेपाल भित्र्याउने क्रममा युएई एक्स्चेन्जको बिभिन्न देशहरुमा रहेको शाखा कार्यलयहरुबाट नेपालीले आर्जन गरेको रकमलाई अझ सजिलो र सरल तबरले तुरुन्त नेपाल पैसा पठाउनको लागी युएई एक्स्चेन्जसँग सहकार्य गरेको हाे । साथै नेपालीले आर्जन गरेको रकमलाई कुनै पनि समयमा तुरुन्त भुक्तनी लिन तथा बिभिन्न सेवाहरु समाबेश भएको र नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त रेमिट्टान्स कार्ड समेत पैसा पठाउन सकिनेछ। रेमिट्टान्स कार्ड मार्फत प्रभु बैंकको १२६ वटा एटिएम साथै एन्पिएन नेटवर्कको ६०० भन्दा बढी एटिएम र चाडै नै एससिटीको ८०० भन्दा बढी एटिएमबाट रकम सहजै निकाल्न सकिनेछ।
माघ ११ देखि सुरु हुँदैछ सूचनाप्रविधिको कुम्भ मेला-क्यान ईन्फोटेक, अनलाईन टिकटमा २० प्रतिशत छुट
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सूचना प्रविधिको कुम्भ मेला क्यान ईन्फोटेक मेला सुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान महासंघ)ले आगामी माघ ११ देखि २४ औं संस्करणको क्यान ईन्फोटेक मेला आयोजना गर्दैछ । ६ दिनसम्म चल्ने मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्याउने क्यानले बताएको छ । “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । क्यानले माघ १४ गते आईतबारलाई विजनेश डे को रुपमा घोषणा गरेको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि १०० रुपैयाँ तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्ने क्यानले जानकारी दिएको छ । यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत प्रमुख आकर्षण बन्ने क्यानको दाबी छ । साथै टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछ । मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आमजनमानस माझ सुचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोलामा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीने क्यानले जानकारी दिएको छ । ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा.लि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी लिंक गोल्ड स्पोन्सरहरु– हुवावे, एम.आई. स्मार्ट फोन र महालक्ष्मी मोबाईल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन (नेपाल) प्रा.ली रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नबिन डिस्ट्रिब्युटर्स प्रा. ली रहेको छ । अफिसियलहरुमा बैंक– सन्राइज बैंक, ईन्स्योरेन्स– प्रडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।