टेलिकममा ग्राहक थपिएका थपियैं, सेवाको गुणस्तर सुस्त, सुधारका योजना मात्रै !

काठमाडौं, ११ भदौ। देशको सरकारी दुरसञ्चार कम्पनी नेपाल टेलिकमले सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने भने पनि अहिलेसम्म जनताले  महसुस गर्नेगरी सेवा सुधार नगरेको अारोप लागेको छ। कम्पनीका ग्राहक थपिँदै जाने तर सोही अनुपातमा नेटवर्क विस्तार गर्न नसक्दा सेवामा गुनासो बढ्ने गरेको हो । कम्पनीले गुणस्तर सुधार, नेटवर्क क्षमता वृद्धि, ग्राहकको गुनासो सुनुवाइ गर्न यो वर्ष छुट्टै कार्यक्रम ल्याएको छ । १ करोड जीएसएम मोबाइलको समूह ‘ख’ अन्तर्गतको ५२ लाख लाइन यसै वर्ष सम्पन्न गर्ने कम्पनीले जनाएको छ । आधारभूत टेलिफोन सेवालाई लक्षित गरी कम्पनीले यसैवर्ष १ लाख लाइन आईपीसीडीएमए प्रविधिमा अपग्रेड गर्नेछ । पीएसटीएन सेवामा कम्पनीको एकाधिकार छ । मोबाइल सेवामा बढ्दै गएको आर्कषण र सहजताले गर्दा पीएसटीएनका ग्राहक भने बढ्न सकेका छैनन् । हातहातमा मोबाइल प्रयोग बढेपछि पीएसटीएन सेवा बढ्न नसकेको हो । अहिले ७ लाख पीएसटीएन ग्राहक छन् । कम्पनीका सह–प्रवक्ता डिल्लीराम अधिकारीले गुणस्तर सुधार निरन्तर गरिने कार्यक्रम भएकाले चालू वर्षमा ग्राहकले सुधारको अनुभव गर्न पाउने बताए । डाटा सेवामा चाप बढ्दै गएकाले वाई–म्याक्स सेवामा हटस्पट थप्न, मध्यपहाडी लोकमार्गमा अप्टिलक फाइबर विस्तार गर्ने तथा व्याकअप विस्तार गर्ने कार्यक्रम रहेको उनले बताए ।   कस्टोमर कन्ट्याक्ट सेन्टर (सीसीसी) सञ्चालन गरी पीएसटीएन, जीएसएम, सीडीएमए तथा सबै प्रकारका सेवामा ग्राहकले एकै ठाउँमा गुनासो गर्न सक्नेछन् ।

विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्ड गर्दा दुर्घटना

काठमाडौं ९ भदौ। विश्वको सबैभन्दा ठूलो विमान क्र्यासल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परी क्षतिग्रस्त भएको छ। दोस्रो टेस्ट फ्लाइटका क्रममा सो दुर्घटना भएको हो। विमान सञ्चालकका अनुसार दुर्घटनामा कोही घाइते भएका छैनन्। उडिरहेका बेला समस्या आएपछि इङ्ल्यान्डको क्र्याडिङटन विमानस्थलमा विमानलाई क्रसल्यान्डिङ प्रयास गरिएको थियो। ‘क्र्यासल्यान्डिङ गर्ने क्रममा एयरल्यान्डर क्षतिग्रस्त भएको छ’, विमान निर्माता हाइबर्ड एयर भेइकल्स (एचएभी) ले भनेको छ, ‘चालक दलका सबै सुरक्षित छन्। कोही घाइते भएका छैनन्।’ विमानको ककपिटमा क्षति पुगेको छ। जहाजले टेलिग्राफको खम्बामा ठोक्किर दिँदा अग्रभागमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। यो जहाज सुरुमा अमेरिकाले मिटरिङ गर्ने उद्देश्यले निर्माण गरेको थियो। एचएभीले यसलाई मनिटिरिङ, सञ्चार तथा यात्रु बोक्ने विमानको रुपमा विकास गर्ने प्रयास गरिरहेको छ। २०२१ सम्ममा यसको व्यवसायिक उडान गर्ने कम्पनीको तयारी छ। ९२ मिटर लामो एयरलाइन्डर १० सो विमान हेलिकोप्टर र एयरसीप प्रविधिको मिश्रण हो।

आइफोन सेभेनमा विशेष क्यामेरा हुने

क्यालिर्फोनीया ९ भदौ। एप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजर सहित आउने  भएको छ। म्याक र्‍युमरले सार्वजनीक गरेको तस्बिर अनुसार आइफोन सेभेनको मोड्युल क्यमरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ। उक्त  सिङगल लेन्स क्यामरामा चार सानो कटआउटस हुने र यसले आकर्षक तस्बिर लिन सकिने जनाइएको छ । सार्वजनीक गरिएको क्यामरा  सन् २०१४ मा बजारमा आएको आइफोन सिक्स र आइफोन सिक्स  प्लसमा भएका रियर क्यामरा भन्दा उत्कृष्ट र गुणस्तिरीय हुने जनाइएको छ । विगतमा आएका आइफोन सिक्स र आइफोन सिक्स प्लसमा  भएका  रियर क्यामरा कटआउटस रहित थियो ।आइफोनले ४.७ इन्चको  सिङगल लेन्स क्यामरलाई  अप्टिकल स्टेबलाइजरका साथ अझै गुणस्तिरीय रुपमा ल्याउने र ५.५ इन्चको अर्को मोडमा ड्यिुल लेन्स क्यामरा र ३ जिबी र्‍याम जडान गरिने बताइएको छ।   एप्पलले आफुहरुले ल्याउने  अप्टिकल इमेज स्टेबलाइजर सहितको क्यामरा नै उक्त मोवाइल बिक्रीको आकर्षणको केन्द्र हुने बताइएको छ।  एप्पलले आइफोन सेभेन सेम्टेम्बर ७  र आइफोन सेभने प्लस सेम्टेम्बर ९ सम्ममा बजारमा ल्याउने विश्वास गरिएको  छ।