आशा लघुवित्तको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार ३६ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्र चितवनको विरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावको समिक्षा, प्रगति र व्यक्तित्व विकासको विषयमा छलफल भएको छ । सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा, दिपेन्द्र खनाल, सुजित खतिवडा, अशोक कोईराला र सुशिल पौडेलले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका हुन् । कार्यक्रममा प्रभु मनी ट्रान्सफरका संजय थापाले वर्तमान स्थीतिमा ग्रामिण जनता समक्ष मनी ट्रान्सफरले दिएको सेवाको बारेमा समेत छलफल गरेका थिए ।
एनआईसी एशिया बैंकको भाइबर बैकिङ्ग सेवा संचालनमा
काठमाडौं । एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशन मार्फत एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, कर्जाको आवश्यक कागजपत्र, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, बैंकको व्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्ने भएका छन् । त्यस्तै गरी, एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बस र ट्याम्पोमा यात्रा गर्नेको सुबिधाको लागि ‘मोटरभाडा’ एप
काठमाडौं, नेपालको यातायातप्रणालीलाई डिजिटल बनाउने उद्देश्यले कार्यालय भेन्चर्स प्रालिको इन्फर्मेशन टेक्नोलोजी कम्पनी कार्यालय आइटीले दुई भाषामा प्रयोग गर्न सकिने सार्वजनिक यातायात एप ‘मोटरभाडा’ र ‘बिटुबि’ एप ‘मोटरभाडा कम्पनी’ को सुरुवात गरेको छ । कम्पनीले उक्त एप नेपालकै पहिलो र विस्तृत रहेको दावी गरेको छ । गाडी भाडा, रुट, गाडी आउने समय, लाइभ ट्रयाकिंग र प्रत्यक्ष ट्राफिक अपडेट अब एपबाटै एप एण्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध हुने जनाइएको छ । मोटरभाडा एपले यात्रालाई धेरै सहज बनाउने कम्पनीको भनाइ छ । एपबाट प्रयोगकर्ताले मोटर भाडा, रुट, नजिकैको स्टेशन, गाडी आउने समय, लाइभ ट्रयाकिंग र प्रत्यक्ष ट्राफिक अपडेट सजिलै प्राप्तगर्न सक्ने जनाइएको छ । त्यस्तै कम्पनीको अनुसार बिटुबी एप मोटरभाडा कम्पनी एण्ड्रोइड प्लाटफर्म माउपलब्ध छ । यस एपबाट सार्वजनिक सवारी, भाडाका सवारी, गैर सरकारी संस्था, ट्राभल एजेन्सी, विद्यालय, अस्पताल, सरकारी तथा निजी संघ–संस्था र कुनै समूह वा व्यक्तिले प्रत्यक्ष आफ्नो गाडी ट्रयाक गर्न सक्नेछ । यस एपमा भएको प्रोफाईल, स्टार्ट, नोटिफिकेशन, ट्राफिकजाम, खाना, गाडी बिग्रियो, दुर्घटना, बन्द/हडताल, प्राकृतिक प्रकोप, बाटो निर्माण, मेडिकल इमर्जेन्सी र सुरक्षा जाँच जस्ता फिचरहरुबा टकम्पनीले रियल–टाइममा सजिलै आफ्नो गाडीको जानकारी र अवस्था थाहा पाउन सक्ने जनाइएको छ । यो विशेष सेवाको लागि कम्पनीहरुले पहिला दर्ता गर्नुपर्ने हुन्छ ।