सिटी एक्सप्रेस र साउदी अरबको बैंक अल बिलाद बिच रेमिटान्स सम्झौता

काठमाडौं । साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु गर्ने सम्झौता भएको छ । उक्त सम्झौता सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पश्चात एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु बाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपाला रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्नेछन् । अल बिलाद बैकंले सिटी एक्सप्रेसँंग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिएका छन् । सिटी एक्सप्रेसले हालसम्म ५५०० भन्दा बढि रेमिट एजेन्टहरुबाट नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

पोखरा फाइनान्सले शुरु गर्यो मोवाइल बैंकिङ्ग सेवा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो । यस सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन् । साथै, सोही दिन संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बीआईएम मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।

सानिमा बैंकको सी-आस्वा प्रणाली सञ्चालनमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले सी-आस्वा प्रणाली सञ्चानलमा ल्याएको छ । सार्वजनिक निस्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिदा अनिवार्य रुपमा सी-आस्वा सेवा मार्फत मात्र आवेदन दिन पाउने हुँदा बैंकले उक्त सेवा फागुन ११ गतेबाट सञ्चालनमा ल्याएको छ । ग्राहकले बैंकका सम्पूर्ण शाखाबाट सी-आस्वा रजिष्ट्रेसन नम्बर लिन सक्नेछ । यो रजिष्ट्रेसन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्ने अथवा बैंकको कुनैपनि शाखामा गई सी–आस्वा फारम भरी आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्ने छन् । सानिमा बैंकले यो सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । त्यसैगरी, सी-आस्वा सञ्चालनमा आए संगै बैंकले पुरानो आस्वा प्रणाली बन्द गरेको छ । बैंकले सान्जेन जलविद्युत तथा रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर सी-आस्वा मार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हुँदा आवेदकले हितग्राही खाता बैंकका कुनै पनि शाखाबाट निः शुल्क खोल्न सक्नेछ । साथै, बैंकले ग्राहकहरुलाई सी–आस्वा रजिष्ट्रेस्ननम्बर लिन तथा केवाईसी अपडेट गर्नका लागि आफ्नो सम्बन्धित बैंकका शाखामा सम्पर्क राख्न आग्रह गरेको छ ।