सामसुङ ग्योलेक्सी नोट सेभेनलाई उडान समयमा प्रयोग गर्न प्रतिबन्ध
जाकार्ता, २६ भदौ । इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको उक्त विमान सेवाका अधिकारीले बताएका छन् । उक्त कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन ९एफएए० ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस। बुटारबुटारले बताए । गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ । गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । उक्त मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ । रासस/सिन्ह्वा
वल्र्डलिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सुरु गर्यो, उच्च गुणस्तरको एचडी पिक्चर हेर्न सकिने
काठमाडौं : वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले मन लागेको बेला जुनसुकै प्रसारण हेर्न पाउने सुविधासहितको इन्टरनेट प्रोटोकल (आईपी) टिभी सेवा सुरु गरेको छ । आईपी टिभी हेर्न इन्टरनेट सर्भिस लिए पुग्छ । एउटा सेटअप बक्स लिएपछि ग्राहकले इन्टरनेटको माध्यमबाट टिभी हेर्न सक्छन् । आईपी टिभी हेर्न छुट्टै ब्याण्डविथ जरुरी हुँदैन । ग्राहकले जति स्पिडको इन्टरनेट लिए पनि उच्च गुणस्तरको हाई डिफिनिसन (एचडी) पिक्चर हेर्न पाउने छन् । ग्राहकले इन्टरनेट सर्भिसकोे शुल्कबाहेक केबल/डीटीएच टिभीलाई तिरे जतिकै अतिरिक्त शुल्कमा आईपी टिभी उपलब्ध गराउने वल्र्डलिंंक कम्युनिकेसन्सका कार्यकारी निर्देशक दिलीप अग्रवालले बताए । कम्पनीले राजधानीको भृकुटीमण्डपमा जारी क्यान कमटेकमा २ हजार रुपैयाँमा सेटअप बक्स उपलब्ध गराउँछ । ग्राहकले हरेक महिना ४ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस १० आउँदै, यी प्रोडक्टहरुमा नयाँ भर्सन अपडेट हुँदैन
काठमाडौं, २६ भदौ। एप्पलले भदौ २८ गते मंगलबार आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस १० रिलिज गर्दैछ। यो ओएस आएसँगै एप्पलका केही प्रोडक्टहरुको मिति सकिनेछ। तपाईँ त्यसलाई चलाउन त सक्नुहुन्छ तर नयाँ अपडेट गर्न सक्नुहुन्न। अर्थात् यो म्याद सकिएको उत्पादन सरह हुनेछ। आइओएस कुन कुन प्रोडक्टमा कम्प्याटिबल हुन्छ त ? आइप्याड फोर्थ जेनेरेसन आइप्याड एयर आइप्याड एयर टु आइप्याड प्रो आइप्याड मिनी २ आइप्याड मिनी ३ आइप्याड मिनी ४ आइपड टच ६ आइफोन ५ आइफोन ५ सि आइफोन ५ एस आइफोन एसई आइफोन ६/६ प्लस आइफोन ६ एस/६ एस प्ल्स आइफोन ७/७ प्लस त्यसको अर्थ अब यी प्रोडक्टको मिति सकिनेछ आइप्याड २ आइप्याड ३ जेनेरेसन आइप्याड मिनी आइफोन ४ एस आइपड टच ५ जेनेरेसन एजेन्सीको सहयोगमा