सामसुङलाई फेरी अर्को झड्का, जहाजमै पड्कियो सामसङ ग्यालेक्सी नोट टु
काठमाडौं, ७ असोज । विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लाग्न थालेको छ । ग्यालेक्सी नोट सेभेन पड्केर तनावमा आएको सामसङमाथि अब अर्को तनाव आइलागेको छ । उसको विश्वचर्चित उत्पादन ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएको छ । भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको हो । रिपोर्टका अनुसार एक व्यवसायिक उडान इन्डिगो चेन्नई एयरपोर्टमा अवतरण गर्नै लागेको बेलामा ग्यालेक्सी नोट टु मा आगो लागेको हो । समाचार अनुसार ग्यालेक्सी नोट टु लाई जहाजको ओभरहेड बीनमा राखिएको थियो, जहाँ यात्रुले आफ्नो हेन्ड ब्याग पनि राख्ने गरेका हुन्छन् । भारतको नागरिक उड्ययन प्राधिकरणका एक निर्देशकले बताए अनुसार शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फोनबाट आगो र धुँवा निक्लेको पुष्टि गरे । उनका अनुसार ग्यालेक्सी नोट टु पड्किएपछि सामसङका अधिकारीलाई छलफलका लागि बोलाइएको छ । समाचार अनुसार यसबारेमा सामसङका अधिकारीहरुले सोमबार प्राधिकरणसँग छलफल गर्ने जनाएका छन् । अधिकारीहरुका अनुसार फोन अन या अफ थियो भन्नेबारेमा अहिलेसम्म केही खुलिसकेको छैन । घटनापछि क्याबिन क्रु मेम्बरले आगो निभाउने मेशीनले सामसङ ग्यालेक्सी नोट टु मा लागेको आगो निभाएका थिए । डीजीसीएका एक प्रवक्ताका अनुसार यस घटनामा जहाजमा सवार कुनै यात्रुलाई कुनै चोटपटक लागेको छैन । यसका अलावा प्रवक्ताले उडानका क्रममा यात्रुलाई सामसङ ग्यालेक्सी नोट टु सहितका स्मार्टफोनलाई अफ गर्न भनेको थियो । सामसङले ग्यालेक्सी नोट टु सन् २०१२ अक्टोबरमा लन्च गरेको थियो ।
गुगलले ल्यायो इन्ट्यान्ट मेसेजिङ एप ‘एलो’
काठमाडौं, ७ असोज। गुगलले आफ्नो च्याट एप एलो लञ्च गरेको छ । विश्वव्यापी रुपमा लञ्च गरिएको एलो एप्पलको आइओएस र एन्ड्रोइडमा उपलब्ध छ । एक महिनाको अवधिमा डुओ एप गुगल प्ले स्टोरबाट एक करोडभन्दा बढि डाउनलोड भैसकेको छ । गुगलले यहीँ वर्ष आफ्नो डेभलपर्स कन्फ्रेन्समा एलो एप ल्याउने घोषणा गरेको थियो । यो एपमा सर्च इन्जिन तथा गुगल असिस्टेन्ट समेत आबद्ध गरिएकेा छ । ह्वाट्सएपमा जस्तै यो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ । यस एपमा गुगल अकाउन्टलाई पनि लिंक गर्न सकिन्छ । गुगल प्ले स्टोरमा न्ययनभि वर्षिय सर्च गरेर यो एपलाई इन्स्टल गर्न सकिन्छ । यो एपमा सर्च फिचर सुरुमै राखिएको हुन्छ जसमा प्रयोगकर्ताहरु २नययनभि पछि आफुले खोजेको कुरा टाइप गरी सर्च गर्न सक्दछन् । अर्थात् आफुले खोजेको कुनै जानकारी गुगलका सर्च गर्नका लागि एप बाहिर निस्किएर ब्राउजरमा गुगल सर्च इन्जिन खोलेर सर्च गर्नु आवश्यक पर्नेछैन । यो एपको आर्टिफिसियल इन्टेलिजेन्सयुक्त सर्चले गुगलको नलेज ग्राफको प्रयोग गर्दछ । यो एपमा इन्ड टू इन्ड एनक्रिप्सन अर्थात् च्याट आफै डिलिट हुने फिचर छ । प्रयोगकर्ताले आफ्नो मेसेजका लागि टाइम लिमिट सेट गर्न सक्दछन् की मेसेज कति समयपछि डिलिट होस् । १० सेकेण्ड, ३० सेकेण्ड, १ मिनेट, १ घण्टा, १ दिन वा त्यसभन्दा धेरै समयको अप्सन छान्न सकिन्छ । गुगलले हरेक देशलाई लक्षित गरेर कस्टम स्टिकर पनि एड गरेको छ । तर यो एपमा डकुमेन्ट शेयरिंग तथा भ्वाइस कलिंग जस्ता फिचर भने उपलब्ध छैन । एलोलाई गुगलले आफ्नो भिडियो च्याट एप डुओको जोडीको रुपमा पेश गरेको छ ।
भारतमा एप्पलले आईफोनको मूल्य २२ हजार भारु घटायो, नेपालमा पनि घट्न सक्ने
काठमाण्डौं, ५ असोज। बजारमा प्रभाव घट्दै गएको एप्पलले आफ्नो आईफोनको बिक्रि बढाउन आईफोन ६ को मूल्यमा ठूलो कटौती गरेको छ। भारतीय बजारमा मात्र यो आईफोन ६ मा २२ हजार भारुले मूल्य कटौती गरेको हो। आफ्नो नयाँ आईफोन ७ सार्वजनिक गरेपछि पहिलेको मोडलमा एप्पलले मूल्य समायोजन गरेको हो। प्रतिस्पर्धी सामसुङका फोनहरु ब्याट्रीको समस्याले भकाभक बजारबाट फिर्ता हुँदै गर्दा एप्पले आफ्नो ठूलो बजार रहेको भारतमा मूल्य घटाएको छ। भारतीय बजारमा घटेको पुराना मोडलको एप्पलका आइफोनले नेपाली बजारमा पनि प्रभाव पार्ने देखिन्छ। केही समयमा नेपाली बजारमा पनि आईफोनको मूल्य केही गिर्ने सम्भावना रहेको छ।