एनसीसी बैंक पुग्यो म्याग्दीको बेनीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले म्याग्दी जिल्लाको बेनी बजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरेका हुन् । अध्यक्ष न्यौपानेले यस शाखा मार्फत बैकिङ्ग सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ५९ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अवधिमा बैंकको खूद नाफा ५४ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सो अवधिको खूद नाफा १६ करोड ७६ लाख रुपैयाँ मात्र रहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अमेरिकाको न्यूयोर्क स्थित वाल स्ट्रिट फाइनान्स एलएलसिबिच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वाल स्ट्रिट फाइनान्स एलएलसिका तर्फबाट डाइरेक्टर अफकम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अमेरिका स्थित नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वाल स्ट्रिट फाइनान्स मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सजिलै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

सीटीईभीटीले ९४ हजारलाई प्राविधिक शिक्षा दिन खर्चियो ४ अर्ब ५९ करोड

काठमाडौँ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तालिमका लागि साढे ४ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ । २ वर्षमा ९४ हजार ८ जनालाई प्राविधिक शिक्षा दिन ४ अर्ब ५९ करोड ६० लाख ४६ हजार खर्च भएको हो । सीटीईभीटीले आर्थिक वर्ष २०७२/ ७३ मा १७ हजार ६१८ जनाले डिप्लोमाको प्राविधिक शिक्षा दिएको थियो । २४ हजार ३८९ जनालाई प्राविधिक शिक्षा दिएको थियो । कार्यलय र प्राविधिक शिक्षाका लागि २ अर्ब ९ करोड ८२ लाख ५८ हजार खर्च भएको थियो । जम्मा ४२ हजार ७ जनालाई प्राविधिक शिक्षा दिएको थियो । आर्थिका वर्ष २०७३/७४ मा १९ हजार २६२ जनालाई डिप्लोमाको प्राविधिक शिक्षा दिएको थियो । २६ हजार २५५ जनालाई प्राविधिक शिक्षा दिएको थियो । सो वर्ष कार्यलय र प्राविधिक शिक्षा संचालका लागि २ अर्ब ४९ करोड ७७ लाख ८८ हजार खर्च भएको थियो । जम्मा ४५ हजार ५१७ जनालाई प्राविधिक शिक्षा दिएको थियो । प्राविधिक तथा व्यावसायिक तालिम परिषद्का सूचना अधिकारी मनोज शर्मा न्यौपानेले आर्थिका वर्षको कार्यलय र प्राविधिक शिक्षा संचालका लागि २ अर्ब ८२ करोड ७० लाख ४० हजार बजेट बिनियोजन भएको बताए । १९ हजार ७१४ जनाले डिप्लोमाको प्राविधिक शिक्षा र २८ हजार ७७७ जनाले प्राविधिक शिक्षा (टेक्निकल एसएलसी) लिहिरहेका छन् । यस वर्ष डिप्लोमा र टेक्निकल एसएलसी गरी जम्मा ४८ हजार ४९१ जनाले तालिम लिइरहेको न्यौपानेले बताए । टेक्निकल एसएलसी १८ महिने प्राविधिक शिक्षा र डिप्लोमा ३ वर्षे प्राविधिक शिक्षा कोर्ष हो । टेक्निकल एसएलसीको १८ महिने कोर्ष लिएपछि प्राविधिक क्षेत्रमा खरीदार सहर मान्यता हुन्छ । डिप्लोमाको ३ वर्षे प्राविधिक शिक्षा लिए पछि सुब्बा वा सो सरहको मान्यता हुन्छ । १८ महिनाको टेक्निकल एसएलसी भन्दा ३ वर्षिए डिप्लोमाको प्राविधिक शिक्षाका लागि धेरैले आवेदन दिने गरेका छन् । ३ वर्षिय डिप्लोमाको प्राविधिक शिक्षा लिएकाहरुले नेपालमानै करिब ६० हजारको हाराहारीमा कमाइ गरिरहेको न्यौपानेले जानकारी दिए । सीटीईभीटीले सन् २०१४/१५ प्राविधिक शिक्षा लिएका १ हजार मध्य १७ जना मात्र बैदेशिक रोजगरिमा गएका न्यौपानेले बताए ।