जेडटिइ ब्लेड भि७ लाइट बजारमा, मूल्य १८ हजार, पावर बैंक सित्तैमा

काठमाडौं, १५ असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रालिले स्मार्टफोन ‘जेडटिई ब्लेड भि७ लाइट’ नेपाली बजारमा उपलब्ध गराएको छ । दशै क्यास ब्याकअफर र खदिरमा पावर बैंकको उपहारसहित ब्लेड भि७ लाइट सार्वजनिक गरिएको हो । आकर्षक फिचरहरुले सजिएको ब्लेड भि७ लाइटमा ५ इन्चको एचडी कर्भ एजडिस्प्ले रहेको छ । यस स्मार्टफोनमा फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ जसबाट केवल ३ सेकेन्डमै फोन अनलक गर्न सक्दछ । यसैगरी, ब्लेड भि ७ लाइटमा निकै आकर्षक फोटोहरु खिच्न सकिनेछ । अगाडिको क्यामेरा १३ मेगपिक्सेल र पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ । पछाडिको क्यामेरामा अटो फोकसको प्रयोग गरिएको छ भने पछाडिको क्यामेरामा एलइडी फ्लासको प्रयोग गरिएको छ ।क्यामेराका अन्यफिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् । स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबीको इन्टर्नन स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर २५६जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.०अपरेटिङ सिस्टमा चल्ने यस फोनमाक्वार्ड कोर १गिगाहजप्रोसेसरको प्रयोग भएको छ । फोनमाझिक्ननमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोगगरिएको छ । ब्लेड भि७लाइटका अन्यफिचरहरुमा डुअल सिम, फोरजी सपोर्ट, एफएम रेडियोलगायत छन् । स्मार्टफोनको बजार मूल्य १८ हजार ९ सय ९० राखिएको छ । नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड भि७ लाइटको खरिदमा ७ सय रुपैयाँ दशै क्यास ब्याकअफर दिइएको छ भने स्मार्टफोनको खरिदमा २ हजार २ सय मूल्य पर्ने १० हजार एमएएचको पावर बैंक उपहर स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौ ठगी, विदेशी युवकद्वारा नेपाली युवती ठगिए

काठमाडौं १५, असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको समाचार शनिबारको नयाँ पत्रिकामा छापिएको छ। फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ। उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए।

४ अर्ब ८८ करोड खर्चेर ३२ जिल्लामा अप्टिकल फाइबर, दुई बर्षभित्रै ब्रोडब्याण्ड सर्भिस

काठमाडौं, १२ असोज । नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी नव नियुक्त प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले ४ अर्ब ८८ करोड लागतको अप्टिकल फाइबर योजनामा हस्ताक्षर गरेका हुन् । आगामी दुई बर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा उल्लेख गरिएको छ । पाँचथरको चियो भज्याङदेखि धादिङको सल्यानटारसम्मको २३७६ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइनेछ । अप्टिकल फाइबरले सो क्षेत्रमा ब्रोडब्याण्ड सर्भिस उपलब्ध गराउनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले डिजिटल नेपाल बनाउने अभियानको प्रारम्भका रुपमा मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने कार्यक्रम सुरु गरिएको बताए । दुई बर्षभित्र सो खण्डमा काम सम्पन्न गरेर डिजिटल पुर्व खण्डको सुभारम्भ गरिने पनि उनले बताए । त्यस्तै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राज भण्डारीले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यसरी बिछ्याइएको अप्टिकल फाइबरको पुर्वाधार अन्य दुर सञ्चार सेवा प्रदायक कम्पनीलाई समेत सहप्रयोगका लागि उपलब्ध गराइने व्यवस्था छ । सम्झौता अनुसार आगामी दुई बर्षभित्र प्रदेश नम्बर १, २ र ३ का सबै जिल्ला सदरमुकाम र नगरपालिकासम्म अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरिनेछ । टेलिकमले यसै हप्ता प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने कामका लागि टेण्डर आव्हान गर्दैछ । टेलिकमलाई भने सिधै काम गर्नेगरि सम्झौता गरिएको हो ।