एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु, चर्चित गायकका उत्कृष्ट प्रस्तुति

काठमाडौं, २ असोज । देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदानग र्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला भव्य रुपमा आयोजना गरेको छ । एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहेका थिए । चर्चित कलाकार तथा गायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलाम ाआफ्नो उत्कृष्ट गीतहरु गाएका थिए । हाँस्य कलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुती मार्फत हँसाए भने कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुती मादर्शकहरु मत्रमुग्ध भएका थिए । गायक सुगमपोखरेलको ‘झिल्के’ र‘प्रेम गीत’, मिलनअमात्यको ‘गाला रातै’ र ‘स्लोली स्लोली’, शिव परियारको ‘क्यादामीभो’ र ‘रुपौली रानी’जस्ता गीतहरुमा दर्शकहरु आफु पनि गाउँदै नाचेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रियगीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चियाबारीमा’अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’गाएर दर्शकहरुलाई उत्साहित बनाएका थिए । सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । गेम स्टलहरुमा विषेशत युवाहरुको भीड देखिन्थ्यो । मेलामासुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए । थुप्रै गेम स्टलहरुमा आगन्तुकहरुले उपहारहरु पाएका थिए भने किड्स जोनमा रहेको इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन लगायतमा बालबालिकाहरु रमाई रमाई खेलेका थिए । मेलामाआगन्तुकहरुले एनसेलको सेवातथा सुविधाहरु आकर्षक अफरका साथ लिन पाएका थिए । त्यसैगरी डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाईटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था मिलाईएको थियो । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टलहरुका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ जस्ता आकर्षणहरु रहेका थिए । “पर्यटकीय नगरी पोखरामाएनसेल मेला आयोजना गरेर नजिकिदै गरेको चाडपर्वको शुभकामना आदान प्रदान तथा खुशी साटासाट गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । नारायणघाट र पोखरा पश्चात, एनसेल मेलाअसोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा पुगी आयोजना पश्चात समापन उनले बताए ।

२८ देशमा आईफोन सेभेन बिक्री सुरु, आईफोन लिनका लागि रातभर लाइन

काठमाडौं, १ असोज। एप्पलले शुक्रवारदेखि विश्वका २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरू गरेको छ । अमेरिका, चीन, अस्ट्रेलिया, जापान र हङकङ समेत २८ देशमा आईफोन सेभेन आइपुगेको हो । यो पटक पनि मानिसहरु आईफोनको नयाँ सेट किन्नका लागि विभिन्न देशका एप्पल स्टोर अगाडि पाल टाँगेर दुई दिन अघिदेखि बसेका छन् । समाचार अनुसार भारत, नेपाल र नेदरल्यान्डबाट मानिसहरु आईफोन किन्न लण्डन पुगेका छन् । तर एप्पल स्टोर अगाडि लामो लाइन लागेर पुगेकाहरु आफ्नो मन पर्ने जेट ब्ल्याक कलर बिकिसकेको खबरले भने निराश भइरहेका छन् । शुक्रवारदेखि २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरु भएको हो । ७ सेप्टेम्बरबाट आईफोन सेभेन र आईफोन सेभेन प्लस ३२ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भएको सेट एप्पलले लन्च गरेको थियो ।  बिना हेडफोन ज्याकवाला आईफोनको अमेरिकामा मूल्य ६८ हजार सात सयबाट सुरु भएको छ । अमेरिकामा स्टोर बाहिर रातभर उभिएकाहरुलाई भेट्न एप्पलका सीईओ टिम कुक पनि पुगेर उनीहरुको हौसलाको प्रसंशा गरे । चीनको संघाईमा सयौं मानिस स्टोर बाहिर बसिरहेका छन् । उनीहरु कम्तिमा दुईवटा फोन किन्ने हेतुले एप्पल स्टोरबाहिर धर्ना हालेर बसेका हुन् । न्यूयोर्कस्थित फिफ्थ एभेन्यू इलाकामा एप्पल स्टोर बाहिर आईफोन प्रेमीहरु बिहीबार रातिदेखि लाइन लागेर बसेका छन् । जर्मनीको ह्याम्बर्ग र बर्लिनमा पनि मानिसहरु चसो मौसमको प्रवाह नगरी आईफोनकै लागि एप्पल स्टोर अगाडिको सडकमा बसेर रात बिताए । वासिङ्गटनमा पनि आईफोनको गजबको क्रैज देखियो । यहाँ पनि मानिसहरु लाइनबाट हट्न तयार छैनन् । टर्की जस्ता देशबाट पनि आईफोन किन्न मानिसहरु अमेरिका पुगेका छ्न । लण्डनमा वर्षातका बाबजुत आईफोन प्रेमीको जोशमा कमी देखिएको छैन । मानिसहरु साप्ताहिक विदामा रमाउन छाडेर एप्पल स्टोर बाहिर उभिएका छन् । यहाँ ४९ वर्षीया पोल ड्यु बफलाई आईफोनको पहिलो सेट मिलेको छ ।   एजेन्सीको सहयोगमा

सामसुङलाई फेरि झट्का, ग्यालेक्सी एस ७ एज पनि पड्कियो !

काठमाडौं, १ असोज। कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेरि समस्या भोग्नुपरेको छ। हालै कम्पनीको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ को ब्याट्री पड्केपछि अब फेरि एस ७ एज पनि पड्केको छ।   कम्पनीले यसअघि नै नोट ७ नकिन्न र नचलाउन अनुरोध गरिसकेको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार बेलायतकी एक युवतीले ग्यालेक्सी एस७ एज पड्केको बताएकी हुन्। ३० वर्षीय सारा बेलायतको विथम शहरस्थित एक क्याफेमा उनले आफ्नो फोन तातेको र बेलुनजस्तो फुलेको महसुस गरिन्। उनको फोनबाट धुँवा आउन थाल्यो र केही छिनमै पग्लियो। यो घटना क्याफेको सिसिटिभी क्यामरामा पनि कैद भएको बताइएको छ। साराले बेलायती अखबार द सनलाई आफ्नो फोन तातेपछि टेबलमा राखेको र केही समयमा नै फोन पग्लेको बताएकी छन्। साराले यो विषयमा सिसिटिभी फुटेजसहित सामसुङलाई गुनासो पठाएको बताएकी छन्। यसबारे सामसुङले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।