दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमाल रेमिट सेवा शुरु, कोरियाका नेपालीलाई सजिलो
काठमाडौं । हिमालयन बैंक लिमिटेड र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । दक्षिण कोरियाको दोङ्देमुन स्थित क्युएस रेमिटको केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले उक्त सेवाकाे कारोबार शुरु गरेका हुन् । क्युएस रेमिटका कम्पनी अध्यक्ष लि जोङ्ग टिइगले यस सहकार्यबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने जानकारी दिएका छन् । दक्षिण कोरियाको बैंक बाहेक रेमिट्यान्स कारोबार गर्न स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनी मध्ये एक क्युएस रेमिट मार्फत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा ८ हजार ५ सयभन्दा बढी हिमाल रेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकले जनाएको छ । हिमालरेमिट बैकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तराष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् ।
प्रियजनसँग असिमित कुरा गर्न एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, भिडियो च्याटको मजालिन सक्ने
काठमाडौं । एनसेल प्रालिका ग्राहकले भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्ने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ । जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानीतथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने कम्पनीको विश्वास छ । असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर बिहिबार देखि १५ दिनसम्मका लागि लागु हुनेछ । अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहितमा १५ रुपैयाँमा असिमित भ्वाइस प्याक लिई बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेलको नेटवर्क भित्रकुनै पनि नम्बरमा असिमित कुराकानीको मजालिन सक्नेछन् । १७११४ डायल गरी प्राप्त जानकारीअनुसार भ्वाइस प्याक सुचारु गर्न सकिने एनसेलले जनाएको छ । त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुने एनसेलले जानकारी दिएको छ । अफर अन्तर्गत कर सहितमात्र २० रुपैयाँमा १ घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याकलिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजा लिन सक्ने छन् । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्स १७११४ ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् । निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाका लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् ।
टेलिकमको प्रिपेड मोबाइलमा सापटी पाइने, ब्याज नलाग्ने
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सापटी योजना सुरु गरेको छ । कम्पनीको १५ औं बार्षिकोत्सवका अवसर पारेर सापटी योजना कार्यान्वयनमा ल्याएको हो । टेलिकमले त्यस्तो सापटी वापत उपभोक्तासँग सेवा शुल्क असुल्ने छैन् । अर्थात नेपाल टेलिकमका उपभोक्ताले कम्पनीसँग सापटीमा ब्यालेन्स लिए वापत अतिरिक्त शुल्क तिर्नु पर्ने छैन् । सापटी योजनाका लागि कम्पनीले नमस्ते क्रेडिट सेवा आगामी एक महिना भित्र व्यवसायीक रुपले सञ्चालनमा ल्याउनेछ । सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सापटी योजनाको औपचारिक आरम्भ गरेका हुन् । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले निर्ब्याजी सापटी योजना कार्यान्वयन गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।