यो हो स्मार्टफोन प्रयोग गर्ने स्मार्ट तरिका, जोगाउनुस मेरुदण्डको समस्या
काठमाडौं, ४ कार्तिक। स्मार्टफोन जसरी दैनिक जीवनको अभिन्न अंग बनिरहेको छ, त्यसैगरी यसले प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पनि पारिरहेको छ । तपाइँले कहिल्यै कल्पना गर्नुभएको छ कि, स्मार्टफोन प्रयोगगर्दा ढाडको समस्या हुनसक्छ भनेर ? स्मार्टफोनको प्रयोगले ढाड तथा घाँटी दुख्ने समस्या देखिएको छ भने सचेत हुनुहोस् यसले तपाइँको स्वास्थ्यमा गम्भीर असर गर्नसक्छ । यसो हुनुको मुख्य कारण हो- पोस्चर अर्थात तपाइँको आसन । विशेषगरी स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक सामानको निरन्तरको प्रयोगका क्रममा एउटा मानिसमा दिनमा कम्तीमा चार घण्टा यस्ता अप्राकृतिक तथा खराब आसनमा आˆनो समय खर्चिरहेका हुन्छन् । यसबाट बच्न तथा बचाउन स्मार्ट फोनको प्रयोग गर्दा कसरी बस्ने भन्नेबारे बिज्ञहरुले पत्ता लगाएका सुझाव तपाइँलाई उपयोगी हुनसक्छ । १. आसन (३० डिग्री, भार-१८ केजी ) २. आसन (६० डिग्री, भार- २७ केजी) यो मुद्राको आसनमा स्मार्टफोन चलाउँदा तपाईको शरीरले आˆनो सम्पूर्ण भार मेरुदण्डमा पर्न जान्छ जसले फोक्सो लगायत हाम्रो शरीरको महत्वपूर्ण भागलाई असर पार्ने गर्छ । तपाइँको आसनअनुसार मेरुदण्डमा २७ केजीसम्मको भार पर्न जान्छ । विभिन्न अनुसन्धानले एउटा व्यक्तिको शरीरीक मुद्राले उसको भावनात्मक अवस्थाबारे थाहा पाउन सकिन्छ भनेर देखाइसकेको छ । उदाहरणको लागि हामी डिप्रेशनलाई लिन सक्छौ । विशेषगरी डिप्रेशनको शिकार भएका व्यक्तिहरुको बसाई हेरेर नै हामी उसका मनको अवस्था थाहा पाउन सक्छौ । पहिले-पहिले वृद्धवृद्धामात्र यस्ता समस्याबाट ग्रस्त हुने मान्यता रहेको थियो । तर, पछिल्लो समय यो समस्या युवाहरुमा बढी देखिन थालेको छ । यस्ता समस्या भएका व्यक्तिमा घाँटी तन्कने, जिउँ कुपि्रने तथा काँध झुक्ने समस्या हुने गर्दछ । जबकी सही मुद्राको आसनले तनाव कम गर्ने मात्र नभएर तपाईका कार्य क्षमताको वृद्धि गर्न समेत ठूलो भुमिका खेल्छ । कुनै पनि उपकरणको प्रयोग गर्दा घाँटीलाई निहुराउनुको साटो आखाँलाई तल झार्नुस् । त्यस्तै, स्कि्रनलाई माथि उचालेर उपकरणको प्रयोग गर्नुहोस् । यसले तपाइँको मेरुदण्डमा जम्मा पाँच केजीको भार पर्न जान्छ । आसन (० डिग्री, भार- ५ केजी) ढाडको समस्या कम गर्ने पाँच साधारण तरीकाः १. समय-समयमा मांशपेसीलाई तन्काउँदै , टाउकोलाई दायाँ बायाँ घुमाउने २. बेलाबेलामा कुमको वरपर, घाँटीको छेउछाउ तथा काँधको दायाँबाया मालिस गर्ने ३. केही बेर उभिने, हात, खुट्टालाई तन्काउने र ढाडलाई दायाँबायाँ झुकाउने । यो प्रकृयाले घण्टौदेखि एउटा मुद्रामा बसेको मांशपेशीलाई केही हदसम्म भएपनि आराम दिने गर्छ । ४. यदी तपाई १० मिनेट भन्दा बढी समयसम्म निरन्तर फोनमा हुनुहुन्छ भने चिउडोलाई घाँटीतर्फ निहुराउनुस् र कुमलाई थोरै केहीबेर घुमाउनुहोस् । १० सेकेन्डका लागि थामेर यो प्रकृयालाई केहीबेरसम्म दोहोर्याउनुहोस् । ५.प्रत्येक पटक स्मार्ट फोनको प्रयोग गर्दा, याद गर्नुस् सही मुद्राको आसनले भविष्यमा तपाईलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट बचाउन सक्छ ।
अब फेसबुक मेसेन्जरमा आएको मेसेज अरुले पढ्न नसक्ने
काठमाडौं, ४ कात्तिक। फेसबुक मेसेन्जरमा अव यस्तो मेसेज पठाउन सम्भव भएको छ, जुन अरु कसैले पढ्न सक्दैन । तपाईंले पठाएको मेसेज आफै डिलिट हुने छ । यसका लागि दुई व्यक्ति जो च्याट गर्छन् उनीहरुले फेसबुक मेसेन्जरको सबैभन्दा नयाँ भर्सन आवश्यक पर्छ । र, मेसेज पठाउने तरिका पनि पहिलेको भन्दा केही फरक रहेकेा छ । सबैभन्दा पहिला नयाँ भर्सनको मेसेन्जर डाउनलोड गर्नुहोस् । त्यसपछि ‘कम्पोज’ मा क्लिक गर्नुहोस् । नया मेसेज वाला जुन स्क्रीनमा आउछ त्यसको दाहिने तर्फ माथि ‘सेक्रेट’ लेखिएको पाउनु हुनेछ । तपाई जसलाई उस्तो मेसेज पठाउँन चाहनुहुन्छ, आफ्नो फेनबुकमा उसको नाम छान्नुहोस । यदी उसँग मेसेन्जरको नयाँ भर्सन छैन भने उसले उक्त मेसज पढ्न सक्ने छैन । मेसेन्जरले तपाईंले मेसेज पठाउन लाग्नु भएको प्रयोगकर्ताले नयाँ भर्सनको मेसेन्जर चलाएकेा छ कि छैन भन्ने जानकारी भने दिने छैन । यसकालागि तपाईंले आफ्ना साथीलाई फोन गरेर नयाँ भर्सन चलाए नचलाएको बारे जानकारी लिन जरुरी छ । तपाईले पठाएको मेसेज आफै डिलिट हुने अवश्य छैन । यसकालागि मेसेन्जरमा एक टाइमल अप्सन देखिनेछ जसलाई तपाइले क्लिक गर्नुपर्ने हुन्छ । यसपछि तपाईले उक्त मेसेज कति समयपछि हराउने वा डिलेट हुने तपाईंले निश्चित गर्नुपर्ने छ । तपाईले पठाएको मेसेजा वा तपाईलाई आएको मेसेज तपाईको स्क्रीनमा ‘तपाईंलाई म्यासेज प्राप्त भएको छ’ शिर्षकमा देखा पर्ने छ । नयाँ मेसेजिङ युवा पुस्ताले बढी प्रयोग गर्ने विश्वास लिइएको छ ।
फेसबुकले स्ट्रिम भिडियोमा ‘एप्पल टिभी’ र ‘क्रोमकास्ट’ थप गर्यो
काठमाडौं, १ कार्तिक। इन्टरनेट र सोसियल साइट जाइन्ट फेसबुकले लाईभ स्ट्रिम भिडियोमा दुईवटा आइपी टिभी थप गरेको छ। फेसबुकले एप्पलको अनलाईन टिभी सर्भिस ‘एप्पल टिभी’ र गुगल क्रोमको ‘क्रोमकास्ट’ थप गरेको हो। कम्पनीले स्थापित टेक कम्पनीहरुसँग अझ धेरै सहकार्य तथा प्रयोगकर्तालाई फेसबुकमा आएपछि अरु सोसियल साइटमा जान नपरोस भनेर यो सुविधा थप गरिएको जनाइएको छ। तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यो सुविधा प्रयोग गर्नका लागि फेसबुक खोलेपछि टप कर्नरको दाहिने भागमा रहेको टिभीको संकेतलाई थिच्नुपर्दछ। त्यसपछि तपाई कुन भिडियो स्ट्रिम खोल्न चाहनुहुन्छ त्यसलाई सेलेक्ट गरेर प्रयोग गर्न सकिन्छ। तत्काल एप्पलका डिभाइसहरुमा मात्र उपलब्ध यो सेवा केहि समयपछि एन्ड्रोइड अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि आउने कम्पनीले जनाएको छ। फेसबुकका प्रोडक्ट डाइरेक्टर ब्रेन्ट ऐरेले फेसबुकका प्रयोगकर्ताले अब लाईभ स्ट्रिम हेर्न अरु ब्राउजर वा साइटमा जान नपर्ने तरिकाले डिजाइन गरिएको जनाएको छ। प्रयोगकर्ताले उक्त भिडियोमा तत्काल प्रतिक्रिया जनाउन वा कमेन्ट गर्न सक्ने सुविधा दिइने जनाइएको छ।