दशैंमा सेल्फि खिच्ने हो र ? सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट स्मार्टफोन यी हुन
सेल्फी नयाँपुस्तामा आम संस्कृतिकै रुपमा विकशित भएको छ । सेल्फी क्लिक गर्नु भने अहिले दैनिक जिवनको अभिन्न पाटो बनिसकेको छ । स्न्यापच्याट तथा इन्स्टाग्राम जस्ता एपहरुले सेल्फी संस्कृतिलाई झनै बढावा दिएको छ । सेल्फी संस्कृति बढ्दै जाँदा स्मार्टफोनहरुमा उच्चस्तरीय सेल्फी क्यामराको खोजी हुने नै भयो । सेल्फीप्रेमीहरुले उच्च क्षमतायुक्त फ्रन्ट क्यामरा भएका स्मार्टफोन खोज्न थालेपछि स्मार्टफोन कम्पनीहरुले पनि एक से एक गुणस्तरीय सेल्फी क्यामरायुक्त फोन उत्पादन गरिरहेका छन् । सेल्फी खिच्नका लागि सबैभन्दा उत्कृष्ट ९ स्मार्टफोन यी हुन्ः १. हुवावे पि ९ यसको मूख्य क्यामरा १२ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । सेल्फी क्यामराले भिडियो कलिंगमा पनि उत्कृष्ट काम गर्दछ । यो फोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेकेा छ । २.जिओनी एस सिक्स एसः यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । जसमा फ्रन्ट फ्लास तथा स्क्रिन फ्लास समेत रहेको छ । कम प्रकाशयुक्त क्षेत्रमा पनि यसले उत्कृष्ट सेल्फी खिच्दछ । यसमा १३ मेगापिक्सेलको अटोफोकसन मुख्य क्यामरा रहेको छ । ३. सोनी एक्सपेरिया एक्स डुअलः यसमा १३ मेगापिक्सेलकेा सेल्फी क्यामरा रहेको छ । साथै यसमा सोनीको आफ्नै एफएक्सएमओर आर एस सेन्सर रहेको छ । यो फोनमा मुख्य क्यामरा २३ मेगापिक्सेलको रहेको छ । यसले फूल एचडी भिडियो खिच्न सक्दछ । फोटोग्राफी तथा सेल्फीका शौखिनका लागि यो फोन उत्कृष्ट रोजाइ बन्न सक्ने देखिएको छ । ४. सोनी एक्सपेरिया एक्स जेडः गत महिना लञ्च भएको यो स्मार्टफोनमा पनि १३ मेगापिक्सेलको सेल्फी क्यामरा छ र एफएक्स मोर आरएस इमेज सेन्सर रहेको छ । यो स्मार्टफोन फाइभ एक्सिस भिडियो स्टाबिलाइजेसन भएको विश्वको पहिलो स्मार्टफोन भएको दाबी सोनीको छ । ५.एसस जेनफोन थ्री डिलक्सः यसमा ८ मेगापिक्सेलको प|mन्ट क्यामरा, ८५ डिग्री वाइड एंगल लेन्स रहेको छ । यसले फोर के भिडियो सपोर्ट गर्दछ र सोनीको सेन्सरयुक्त २३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । ६. ओप्पो एफ वान एसः कम्पनीले यो फोनलाई सेल्फी एक्सपर्टको नामले मार्केटिंग गरिरहेको छ । यो फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ जसमा ब्यूटी फिचर पनि छ । यसको मुख्य क्यामरा भने १३ मेगापिक्सेलको छ । ७.ग्यालेक्सी जे सेभेन प्राइमः यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । साथै यसमा अटोफोकसयुक्त १३ मेगापिक्सेलको मुख्य क्यामरा हुनुका साथै एलइडी फ्लास पनि रहेको छ । ८.एलजी एक्स क्यामः हुवावेको पि नाइन जस्तै एलजीको एक्स क्याममा पनि दुइवटा मुख्य क्यामरा तथा एउटा सेल्फी क्यामरा छन् । मुख्य क्यामरामध्ये एउटा १३ मेगापिक्सेलको र अर्को ५ मेगापिक्सेलको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । जसमा ब्यूटी मोड पनि छ । ९. लेनोभो भाइब के फाइभ नोटः यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने १३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । एजेन्सीको सहयोगमा
प्रदेश नं ४ र ५ मा फाइवर विस्तारका लागि टेण्डर अाह्वान, कसले भाग लिन पाउँछन
काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले प्रदेश नं ४ र पाँचमा अप्टिकल फाइवर विस्तार गर्नका लागि टेण्डरको आह्वान गरेको छ। प्राधिकरणले नुवाकोटको पाथिभन्ज्याङदेखि दैलेख जिल्लाको दुल्लुसम्मका लागि फाइवर विस्तार गर्नका लागि वोलपत्र मागेको हो। प्राधिकरणले प्रदेश नं १, २ र ३ मा नेपाल टेलिकमलाई अप्टिकल फाइवर विस्तार गर्न सम्झौता गरेको दुई दिन वित्न नपाउँदै पश्चिम क्षत्रको प्रदेश नं चार र पाँचका लागि पनि अप्टिकल फाइवर विस्तारका लागि टेण्डर आह्वान गरेको हो। दुवै प्रदेशका २१ जिल्ला समेट्नेगरी फाइवर विस्तार हुनेछ। प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषमार्फत देशका पहाडी जिल्लामा अप्टिकल फाइबर पुर्याउने योजना अघि बढाएको हो। मध्य पहाडि लोकमार्ग भएर विस्तार हुने फाइवर प्रत्येक जिल्लाको सदरमुकाम हुँदै गाउँगाउँ पुग्नेछ। प्राधिकरणले प्रदेश ४ मा नुवाकोट र गोरखाको सिमानादेखि दैलेख जिल्लासम्म नौसय ९३ किलोमिटरका लागि र प्रदेश ५ मा नवलपरासीदेखि बर्दियासम्मको एकहजार एकसय २४ किलोमिटरका लागि नयाँ टेन्डरको तयारी गरेको हो। प्राधिकरणले यो प्रोजेक्टका लागि हाल भ्वाइस सेवा दिइरहेका मोवाइल अपरेटर र दश वटा नेटवर्क अपरेटरहरुलाई पनि प्रतिस्पर्धामा ल्याउनेगरी नियम बनाएको प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उनले नेटवर्क अपरेटरहरु लगानी र सहवित्तियकरणका लागि संयुक्त रुपमा जान सक्नेगरी प्राधिकरण सञ्चालक समितिले नियम पारित गरेको बताए। यसमा बढीमा तीन वटासम्म सेवा प्रदायकहरु भाग लिन सक्नेछन्। ग्रामिण दूरसञ्चार कोषमा भएको करिव १३ अर्ब रुपैयाँले अप्टिकल फाइबरसँगै गाउँगाउँका स्कुल,स्वास्थ चौकी र सार्वजनिक स्थानसम्म इन्टरनेटको पहुँच विस्तार गर्नुपर्ने प्रावधान छ। यसअधि १३ अर्ब रुपैयाँवाट प्रदेश नं १,२ र तीनका लागि टेलिकमले पाँच अर्ब रुपैयाँ पाइसकेको छ। अप्टिकल फाइबरमार्फत् प्रत्येक जिल्लामा सहज इन्टरनेटको पहुँच पुर्याउन २०५१ सालदेखि दुरसञ्चार सेवा प्रदायकहरुले कोषमा रकम जम्मा गर्दै आएका छन्। क कसले भाग लिन पाउँछन ? प्रदेश ४ र ५ का लागि भ्वाइस सेवा दिइरहेका नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएल, हेल्लो नेपाल र सिजी टेलिकमले भाग लिन पाउनेछन्। त्यस्तै नेटवर्क सर्भिस प्रोभाइडरवाट वर्डलिन्ङक कम्युनिकेसन, मर्कन्टाइन कम्युनिकेशन, हिमालयन अनलाईन सर्भिस, भायनेट कम्युनिकेसन, वेभसर्फर कम्युनिकेसन, सुविसु केवल नेट, ब्रोडलिन्क कम्युनिकेसन, रेडियस कम्युनिकेसन लगायत अप्टिकल फाइबरमा सहभागी हुन पाउने प्रवक्ता अर्यालले बताए।
गुगलले दक्षिण एसियाका लागि भारतमा डेटा सेन्टर राख्ने
अमेरिका। गुगलले भारतमा माइक्रोसफ्ट र अमेजनको भन्दा ठूलो डेटा सेन्टर बनाउने भएको छ। उसले सन् २०१७ सम्ममा सक्नेगरी क्लाउड बेस्ड डेटाबेस सेन्टर बनाउन लागेको हो। अमेरिकन टेक्नोलोजी जाइन्ट गुगलले सरकारी कार्यालय र फाइनान्सियल सर्भिस दिने कम्पनीहरुलाई लक्षित गरेर यो सेन्टर सञ्चालनमा ल्याइने जनाएको छ। गुगलले यसलाई ग्लोवल अनाउन्समेन्टको एउटा पार्ट भनेको छ। हरेक महादेशमा एउटा क्लाउड डेटा सेन्टर राख्ने योजनाअनुरुप उसले भारतपछि विश्वका आठ स्थानमा थप डेटा सेन्टर खोल्ने जनाएको छ। माइक्रोसफ्टले यसअघि नै भारतका तीन ठाउँमा डेटा सेन्टर खोलिसकेको छ भने अमेजनले गत जुन महिनामा भारतमै लोकल डेटा सेन्टर खोलेको थियो। यी दुवै कम्पनीहरुले भारतमा आफ्नो बर्चस्व हुने बताइरहेका छन्। गुगलका सिनियर भाइस प्रेसिडेन्ट उरस होल्जीले दक्षिण एसियामा गुडलको डेटा सेन्टरका मोटिभेटेड भएर माग भएको र धेरै जनासङ्ख्या भएका कारण प्रतिस्पर्धी कम्पनीसँग काम गर्नका लागि तयार रहेको बताएका छन्। गुगलले यसअघि नै क्लाउड डेटामा अरु कम्पनीसँग धेरै प्रतिस्पर्धा गरिसकेको छ। होल्जीले भारतमा निर्माण हुन लागेको सेन्टरमा अटोमेसनसहितको सुविधा रहेने र यो क्षेत्रका जनताको हिसावमा डेटा स्टोरेजको मूल्य पनि धेरै नपर्ने जानकारी दिए। गुगलले यसअघि नै आफ्नो क्याउडमा एक विलियन प्रयोगकर्ताको डेटा रहेको जनाएको छ। जसमा स्न्याप च्याट, पोकेमोन गो, टेलुस इन्टरनेशनल, विप्रो, अशोक लेलैण्ड, महिन्द्रा एण्ड महिन्द्रा, दैनिक भाष्कर ग्रुपको डेटावेस रहेको जनाएको छ। गुगलका भाइस प्रेसिडेन्ट ब्रेन स्टिभेन्सले यो क्षेत्रमा हाल भइरहेको लिटेन्सी रेटमा ८० प्रतिशत पुर्याउने बताए। उनले सन् २०१७ मा नै भारतपछि सिंगापुर, अष्ट्रेलिया र ब्राजिलमा नयाँ डेटा सेन्टर खोल्ने बताएका छन्। गुगलले नयाँ क्लाउड बेस्ड डेटा सेन्टर खोलेपछि नेपालमा पनि विद्यमान अवस्थामा रहेको लिटेन्सीको दर घट्ने र गुगल ब्राउज गर्दा कम समय लाग्नेछ।