नेपाली युवाले बनाए मनले सोचेको कुरा मोबाइलमा म्यासेज आउने प्रविधि

काठमाडौं । प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ । पक्षाघातका विरामीमा नया प्रविधिकाे विकासकाे परिक्षण गर्दै २ युवा फाेटाे । अन्नपूर्णा पाेस्टबाट दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ । अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । शरीरमा जडान गरिएको ईईजीुनामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट ९बिटा ब्रेन वेभ० विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ । अनुसन्धानकर्ता पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच/पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न इथिकल एप्रुवलु दिएको छ । धेरै प्रकारका पक्षघातका बिरामी हुन्छन् । उनीहरूलाई यो प्रविधि प्रयोगका लागि तालिम दिनुपर्ने हुन्छ । जसले तालिम सफलतापूर्वक सम्पन्न गर्न सक्छन्, उनीहरूले त्यस्तो प्रविधि प्रयोग गर्न सक्छन्, अनुसन्धानकर्ता शाहले भन्नुभयो, प्रविधि प्रयोगका लागि ४५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ । नेपालमा पहिलोपटक विकसित प्रविधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई बिरामीमा प्रयोग गर्ने अनुमति दिएको हो । नास्टले प्रविधि विकासमा विश्वास गरेकाले आफूहरू सफल भएको शाहको भनाइ छ । उक्त प्रविधि पक्षघातका दुई जना बिरामीमा प्रयोग भइसकेको छ । आवश्यक पर्ने बिरामी तथा स्वास्थ्य संस्थालाई संयुक्त रूपमा दिने योजना उहाँहरूको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उक्त प्रविधि प्रोत्साहन गर्नुभएको थियो भने केन्द्रबाट पनि प्रविधिको विकास र विस्तार गर्ने योजना छ । अनुसन्धानकर्ताका अनुसार केन्द्रले पनि बिरामीलाई आवश्यक तालिम दिन सक्छ । प्रविधि विकासको सोच बूढानीलकण्ठबाट ए लेभल उत्तीर्ण शाह र सेन्ट जेभियर्सबाट प्लस टु उत्तीर्ण पाण्डेले यस्तो प्रविधि विकास गर्ने सोच चार वर्षअघि नै बनाउनुभएको थियो । कक्षा ११ अध्ययन क्रममा शाह बिरामी भएका बेला माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा उहाँको ईईजी गरिएको थियो । ईईजी गर्ने क्रममा उहाँ शान्त बस्दा ब्रेन वेभ स्थिर भएको र बढी सोच्दा ब्रेन वेभ पनि गतिशील भएका थिए । ब्रेन वेभको विशेषताबारे मनन् गर्नुभएका उहाँले त्यसबारे साथी पाण्डेलाई बताउनुभयो । त्यसपछि दुवै जनाले त्यस विषयमा अध्ययन गर्न थाल्नुभयो । आफ्नो अध्ययन पनि जारी राख्नुपर्ने बाध्यताले प्रविधि विकास समयमै सम्पन्न गर्न सक्नुभएन उहाँहरूले । अध्ययनपछिको फुर्सदमा उहाँहरू नास्टमा गई अनुसन्धानका लागि अनुमति माग्नुभयो । प्लस टु मात्रै सकेका उहाँहरूलाई यति ठूलो कामको अनुसन्धान जिम्मा दिन नास्ट डरायो । गम्भीर प्रकृतिका बिरामीमा प्रयोग गरिने साधनको परिकल्पना गरिएको थियो त्यसमा । तर, धाउन नछाडेपछि उहाँहरूको दृढता र लगनशीलता देखेर नास्टले स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिन आग्रह गर्‍यो । परिषद्को प्रोटोकलमा प्लस टु उत्तीर्णलाई अनुसन्धान गर्न दिने व्यवस्था थिएन । त्यसपछि उहाँहरूले अन्नपूर्ण न्युरो अस्पतालका प्रमुख एवं न्युरो सर्जन डा।वसन्त पन्तलाई को इन्भेस्टिगेटरका रूपमा अनुसन्धानमा सहभागी गराउने निर्णय गरेपछि बल्ल अनुसन्धानका लागि परिषद् र नास्टबाट अनुमति पाउनुभएको थियो । अन्नपूर्ण पाेस्टबाट ।

साउनदेखि सबै भारतीय च्यानल बन्द, आवश्यकता नभएको च्यानल बन्दको अर्थ छैन: सरकार

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट नेपाली टीभीमा विदेशी च्यानल आउँदा विज्ञापनरहित हुनुपर्ने नीति (क्लिन फिड) कार्यान्वयन गर्ने भएको छ । सरकारले क्लिन फिड कार्यान्वयन गर्दा नेपालमा कुनै पनि भारतीय च्यानल नआउने भएका छन् । यी च्यानलको नेपाल फिड नभएकोले सबै भारतीयसहितका विज्ञापनसहित आउने अन्य विदेशी च्यानल पनि बन्द हुने केवुल व्यवसायी महासंघका अध्यक्ष सुधीर पराजुलीले बताए । उनका अनुसार सरकारले भर्खरै डिजिटलमा अनिवार्य जानुपर्ने र क्लिन फिडमा पनि जाने गरी एकैपटक दुइटा नीति अगाडि सार्यो । यो नीति आफैंमा राम्रो भएपनि प्राविधिक समस्याका कारण कार्यान्वनय नै चुनौतिपूर्ण देखिएको छ पराजुलीका अनुसार तत्काल क्लिन फिड कार्यान्वयन गर्न चुनौतिपूर्ण छ । सरकारले ल्याएको नीति कार्यान्वयन भैहालेको अवस्थामा कुनै पनि विदेशी च्यानल नआउने भएको छ । साउन १ देखि यो क्लिन फिड नीति कार्यान्वयपछि आउने समस्यालाई केवल व्यवसायी महासंघले कार्यान्वयन गर्ने परे सांकेतिक विरोधस्वरुप साउन अगाडि नै लागू गरेर कुनै पनि विदेशी च्यानल नराखी नेपाली सिग्नल मात्रै देखाएर त्यसको प्रतिकृया लिने तयारीमा पनि छ । पराजुलीका अनुसार नेपाल टीभी, नेपाल टीभी न्युज र एनटीभी प्लसको ३ वटा सरकारी च्यानलमात्रै राखेर देखाउने विषयमा पनि व्यवासायीबीच गृहकार्य भइरहेको छ । नेपाल फिड तत्काल संभाव नभएको इन्डियन ब्रोडकास्ट फोरमकै भनाइ नेपालबाट भएको आम्दानीले अर्को छुट्टै च्यानल बनाउँन नसकिने भएकोले यहाँ तत्कालै यो क्लिन फिड नीति कार्यान्वयन नहुने भारतीय टीभी च्यानलका प्रतिनिधितले औपचारिक रूपमै जानकारी दिइसकेका छन । पराजुलीका अनुसार साउन १ देखि क्लिन फिड नीति कार्यान्वयनमा जान सरकारको तयारी भएपनि व्यवहारिक रुपमा संभव अहिलेसम्म देखिएको छैन । यस अघि इन्डियन ब्रोडकास्ट फोरम (आईबीएफ)का प्रतिनिधि पनि काठमाडौं आएका थिए । यो प्रतिनिधीमण्डले पनि महासंघका पदाधिकारी र सरकारसँग भेट गर्दा नेपालसम्वन्धि छुट्टै फिड नभएको र अलग्गै फिड बनाउँन हाल नेपालबाट हुने आम्दानीले नभ्याउँने जानकारी दिएका थिए । भारतीय टीभी कलर्सले मात्रै विभिन्न १२ वटा टीभीको प्याकेज दिएको छ । यस्तो प्याकेजमा चर्चित भारतीय टीभी पर्छन् । पराजुलीका अनुसार हाल भारतीय च्यानलको यो प्याकेजले मासिक प्रति च्यानलको ८ लाखका दरले मासिक ३२ लाख आम्दानी गर्दै आएका छन । यसलाई क्लिन फिड बनाएर पठाउँदा मासिक कम्तिमा १ करोड रुपैयाँ खर्च लाग्ने भएकोले पनि नेपाल फिड बनाउँन नसकिने जानकराी दिएको उल्लेख छ । नेपाल फिड बनाउँन लाग्ने लागत, कमजोर तयारी र विभिन्न प्राविधिक समस्याले गर्दा पनि केवल अपरेटर्सले क्लिन फिड कार्यान्वयन हुँदा विदेशी च्यानल दिन नसक्ने दाबी गरको छन् । अनावश्यक च्यानल बन्दः सञ्चार मन्त्रालय सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले पनि प्राविधिक समस्या रहेको स्वीकार गरेका छन् । उनका अनुसार सरकारले ल्याउने नीति कार्यान्वय त गर्ने पर्छ, समस्या आउँछन भने समाधान पनि गर्दै जानुपर्छ । उनका अनुसार अहिले क्लिन फिड लागू गर्न सकियो भने नेपालबाट आउने फाइदाका लागि र केही समयपछि भएपनि विदेशी च्यानलले नेपाल फिड बनाउँदै जाने बुझाई पनि ढकालको छ । उनका अनुसार नेपाली च्यानलमात्रै आउँछ र कुनै पनि विदेशी च्यानल आउँदैन भनेपनि सरकारले ल्याउने नीति कार्यान्वयन भने गर्नै पर्छ । उनका अनुसार नेपालाई दुई तीन सय वटा च्यानल किन चाहियो भने पनि हेर्नुपर्छ । थोरै च्यानलले पुग्छ भने अनावश्यक च्यालन किन चाहियो ? ढकालले भने । अनावश्यक च्यानल बन्द भएर केही फरक नपर्ने तर्क पनि ढकालको छ । ६ वटा अंग्रेजी च्यानल मात्रै आउने केवल व्यवसायीका अनुसार साउन १ देखि क्लिन फिड नीति लागू गर्ने हो भने भारतीय च्यान त कुनै पनि आउँदैन केवल अपरेटरले दिन सक्ने भनेको जम्मा ६ वटा अंग्रेजी च्यानलमात्रै हो । ती च्यानल दिँदा हुने फाइदा र बेफाइदा पनि हेर्नुपर्छ । अरु परिचित च्यानल नआउने भएपनि यसको आवश्यकता छ की छैन भनेर पनि हेर्नुपर्ने व्यवसायीको तर्क छ । चोरीकै च्यानलको प्रयोग बढ्न सक्ने भारतीय च्यानले पनि पहिले नेपालबाट हुँन आम्दानीबाट छुट्टै फिड दिन सक्ने हुनुपर्ने र त्यसपछि नेपाल सरकारले एन्टी पाइरेसी नीति ल्याउनुपर्ने तर्क दिएको उल्लेख छ । नेपालमा भारतीय च्यानल नआएको अबस्थामा ग्राहकको गुनासोले केवल अपरेटरले धान्न नसक्ने र चोरीको च्यानल प्रयोग हुने दाबी अपरेटरको छ । सरकारले क्लिन फिड लागू गरेकै अवस्थामा नेपाली केवल अपरेटले उठाउने शुल्क बढी र भारतीय डिटिएचको कम हुने भएकोले पनि चोरीको च्यानल बढ्न सक्ने उल्लेख छ । दीर्घकालिन लाभ तत्कालका लागि मात्रै विलाप दीर्घकालिन रुपमा क्लिन फिड कार्यान्वयन हुँदा नेपाली विज्ञापन बजारलाई लाभ हुने भएपनि तत्कालको लागि भने विलाप नै भएको छ । अहिलेको अवस्थामा करिब ६ अर्ब रुपैयाँ रहेको नेपाली विज्ञापन बजार एक दुई वर्षमै दोब्बर भएर १२ अर्बसम्मको हुने दाबी व्यवसायीको छ । विदेशी च्यानलले नेपाली बजारलाई गर्ने विज्ञापन अहिलेसम्म नेपालीमा छैनन् । नेपालीम हुने, नेपालमै हुन र नेपाली च्यालनबाट मात्रै बहुराष्ट्रिय कम्पनीको विज्ञापन हुने भएकोले पनि दीर्घकलिन रुपमा भने लाभ हुने नेपाली विज्ञापन व्यवसायीको भनाइ छ ।

अब नगदबिनै कारोबार, मोवाइल बैंकिङ प्रविधि प्रयोगमा आउँदै

काठमाडौं । सरकारले नगदरहित कारोबारमा आधारित मोबाइल मनी प्रविधि छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा मोवाइल मनी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । मोवाइल मनी भनेको मोवाइलको प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था हो । जुन नगदरहित (क्यासलेस) हुन्छ । हामी साउनदेखि पूर्ण रुपमा प्रयोगमा आउने गरी तयारी गरिरहेको छौ, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बार झाले भने । उनका अनुसार यसबाट नगदरहित कारोबार हुन्छ । मोवाइल मनी सुरु भएपछि प्रविधिको विकासँगै नगद बोक्नुपर्ने झन्झटबाट पनि मुक्ति पाइने उल्लेख छ । नागरिक दैनिकबाट ।