आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा ९० प्रतिशत सुचारु
काठमाडौँ । इन्टरनेट, नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिको बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार आगलागी भई अबरुद्ध भएको सेवा ९० प्रतिशत सुचारु भएको छ । कम्पनीले विहीबार विज्ञप्ती प्रकाशित गरी मानवीय क्षति नभएको, तर ठूलो रुपमा भौतिक क्षति हुन जाँदा सेवा केहि स्थानमा अबरुद्ध भएको जनाएको छ । आगलागी पूर्णरुपमा नियन्त्रण भएको केही समय भित्रै प्राबिधिक टोलीको सहयोगद्वारासेवा सुचारु गराउन तत्परता देखाइएको थियो । बैकल्पिक डाटा सेन्टरबाट घटना पश्चात नब्बे प्रतिशत सेवाग्राहीहरुको सेवा सुचारु गर्न सफल भएको विज्ञप्तीमा उल्लेख छ । अझैपनि क्षतिग्रस्त रहेको बालुवाटारको डाटा सेन्टरबाट आबद्व रहेका सेवाग्राहीहरुको अबरुद्व सेवा सुचारु गर्न प्रयासरत रहेको र एक दुई दिन भित्रमा नै सम्पूर्ण सेवाग्राहीको सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।
सुविसुमा आगलागीः ‘१ अर्बको इन्स्योरेन्स छ, अनुसन्धान हुँदैछ, यति नै क्षति भयो भन्न सकिन्न’
काठमाडौँ । कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रालिमा ठूलो क्षति भएको छ । काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा आज दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको र पछि कार्यालय प्रयोजनका लागि ट्याङ्कीमा राखिएको दुई हजार लिटरभन्दा बढी डिजेलमा आगो सल्किएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवत्ता प्रहरी नायब उपरीक्षक होबीन्द्र बोगटीले जानकारी दिए । बोगटीले भने, “पानी छ्याप्ने पाँच वटा दमकल प्रयोग हुँदा निभाउन नसकेपछि फेरि धुवाँ फ्याँक्ने दुई वटा दमकल ल्याएर आगो निभाउनुपर्यो, डिजेलमा आगो लाग्दा ठूलो क्षति हुन पुग्यो ।” सय करोडको इन्स्योरेन्स गरेको सुविसुको कार्यालयमा बुधबार दिउँसो १२ः३० बजे आगो लागेको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहिएर आलो लागेको प्रहरीले जनाएको छ । शुरुमा जेनेरेटर राख्ने कोठाबाट सल्किएको आगो सञ्चित गरेर राखिएको डिजेल ट्याङकीमा पुगेपछि ठूलो रुप लिएको प्रालिका उपाध्यक्ष विजयलाल श्रेष्ठले बताए । “जब डिजेल ट्याङ्की ब्लाष्ट भयो, त्यसपछि आगो अनियन्त्रित भयो, श्रेष्ठले घटनाबारे भने । महँगा राउटर, उच्च प्रोसेसरसहितको सर्वर, एमपिएस राउटर, उच्च क्षमताको डिभाइस नष्ट भएको श्रेष्ठले जानकारी दिए । उक्त कम्पनीले इन्टरनेट सेवाका साथै डाटा ट्रान्सफर गर्ने प्रविधि इन्ट्रानेट, विभिन्न कम्पनीका लागि होस्टिङ सेवा र केवल टेलिभिजन सेवा ‘क्लियर टिभी’ उपलब्ध गराउँदै आएको छ । श्रेष्ठले कम्पनीको तर्फबाट आन्तरिक तथा इन्सुरेन्स कम्पनी र प्रहरीले छुट्टाछुट्टै रुपमा घटनाको अनुसन्धान गरिरहेको छ । इन्स्योरेन्स मात्रै रु एक अर्बको गरिएकाले यति नै क्षति भयो भनेर भन्न सकिने अबस्था नरहेको कम्पनीले जनाएको छ । उपकरण कुन बिग्रिएको छ, कुन छैन भनेर हेरेपछि मात्रै क्षतिको विवरण भन्न सकिने जनाइएको छ । आगो निभाउन प्रयोग भएको पानीको फोहरालेसमेत डिभाइस सर्ट हुनसक्ने भएकाले भ्याकुम लगाएर तानेपछि उपकरणको परीक्षण गरेर ठीक भए नभएको हेरिने श्रेष्ठले बताए । महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले काठमाडौँमा यति ठूलो आगलागी पहिलोपटक देखेकोे बताए । “आगोको मुस्लो नै ५० फिटमाथि देखिन्थ्यो, डिजेलका कारणले ठूलो क्षति भएको छ, उनले भने । दिउँसो १२ः३० मा लागेको आगो २ः०० बजे नियन्त्रणमा आएको थियो ।
इन्जिनियरिङ्गका विद्यार्थीले गरे २२ दिनसम्म चल्ने व्याट्रीको विकास
काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायण भक्तपुरका विद्यार्थी २२ दिनसम्म चल्ने व्याट्रीको विकास गर्न सफल भएका छन् । कलेजमा अध्ययनरत चौथौं वर्षका विद्यार्थी जजेन्द्र कासुला र विज्ञान घिमिरे आफ्ना पर्यवेक्षक दीपेशप्रकाश गुरागाई र विजय श्रेष्ठका अधिनमा रहेर यो उपकरणको विकास गर्न सफल भएका हुन् । उनीहरुले वातावरणको उर्जालाई उपयोगमा ल्याई दिगो अनुसन्धान डेटा संकलन गर्ने उपकरण विकास गरेका हुन् । एकनास नरहने सौर्य उर्जालाई एक पटक सुपर क्यापासिटरमा जम्मा गरेर चार्ज गरी सो उपकरण बनाउन उनीहरुलाई सफलता मिलेको हो । यो व्याट्री २२ दिनसम्म चलाउन सकिनेछ, दुवै विद्यार्थीले एकैसाथ भने । एक मिनेट (चम्किलो प्रकाश भएको बेला) चार्ज गरी सो उपकरण सुपर क्यापासिटरबाट मात्रै चलाई साढे दुई दिन चलाउन सकिने निष्कर्ष उनीहरुको छ । अझ व्याटीलाई खास उपकरण डिजाइनर गरी चार्ज गर्ने र सो चार्ज सुपर क्यापासिटरमार्फत डेटा संकलन तथा प्रशारण गर्ने पूरै उपकरण २२ दिनसम्म लगातार चलाउन सकिने कुरा अनुसन्धानमार्फत जानकारी पाइएको उनीहरुले बताए । युरोपमा अध्ययन गरेर आएका कलेज प्रोफेस विजय श्रेष्ठ, प्रख्यात डिजाइनर कम्पनीमा केही वर्ष काम गरेर नेपाल फर्केका कलेज प्रोफेसर दिपेशप्रकार गुरागाईका साथै युरोपमा उच्च शिक्षा हासिल गरी केही वर्ष काम गरेका कलेज प्रोफेसर तथा प्रोजेक्ट संयोजक सचिन श्रेष्ठका निर्दशेनमा विद्यार्थीले सो उपकरणको प्रोटोटाइप बनाउन सफल भएका हुन । वातावरणको परीक्षण डेटा संकलन, जनावर टेकिंग, वायु तथा जल गुणस्तर निगरानी अपबाद निगरानी जस्तै थुप्रै उर्जा संकेतमा खटाउन सकिने विद्यार्थीको दावी छ । साथै कार्यखर्चलाई न्युन गर्दै वनाएको उपकरणबाट मोटामोटी ६ किमिसम्म डेटा प्रसारण गर्न सकिने उनीहरुले बताए । अत सो प्राप्त डेटा क्लाउड कम्युटिंगमार्फत सम्पूर्ण क्षेत्रमा पुयाउने लक्ष्य उनीहरुले लिएका छन् । विद्यार्थी आफनो अन्तिम वर्षको प्रोजेक्ट प्रायोगिक चरण पार गर्दै अन्तिम चरणसम्म आइपुगेको हुन् । स्वास्थ्य निगरानीमासमेत संलग्न गराउने लक्ष्य लिई सो उपकरण विद्युत नपुगेको, तार जडान कठिनाई हुने ठाउँंहरुमा डेटा लिने र प्रशारण सहज बनाउने यो उपकरण बनाउँंदा आइपरेका विभिन्न बाधा तथा चुनौतीलाई पार गर्दै यस चरणसम्म आएको यस उपकरण मानब तथा वातावरण क्षेत्रलाई ठूलो योगदान पुयाउन सकिने विद्यार्थीको निष्कर्ष निकालेका छन् । हाल सम्पन्न भएको नेक इन्जिनियम २०१९ नामक कलेजद्धारा सञ्चालन गरिएको खुला प्रतियोगितामा वेष्ट प्रोजेक्टबाट सम्मानित सो प्रोजेक्ट संकलित उर्जा बचत गर्दे प्रयोगमा ल्याउने आउँंदो समयमा निकै लाभदायक हुने कुराहरु पनि जानकारी गराइयो । यस्तै दोश्रो स्थानमा इलेक्टोनिक्स तेश्रो वर्षमा अध्ययनरत विवेक अधिकारी निजर ढकाल टंकराज ओझा पवन ढकालद्धारा निमिर्त फिंगर प्रिन्ट वेष्ट भोटिंग मेशिन रहेको थियो ।