युनियनका कारण टेलिकम धरापमा पर्दैछः मन्त्री बाँस्कोटा
भैरहवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताएका छन् । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय रुपन्देहीको निरीक्षणमा भैरहवा पुगेका मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालका रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको जानकारी गराए । दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि नौ परियोजना अगाडि बढेको जानकारी दिँदै उनले यसको कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । “नेपाल टेलिकमले आफ्ना सबै कर्मचारीलाई तलबभत्ता दिएकाले यसको विकासमा सहयोग नपुर्याउने र व्यक्तिगत कमाइमा लाग्ने कर्मचारीलाई सरकारले कार्वाही गर्छ ”, मन्त्री बाँस्कोटाले भने । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका लुम्बिनी, गण्डकी र धवलागिरि अञ्चलका १६ जिल्लाको क्षेत्रीय कार्यालय रहेको नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवामा उपस्थित भएका मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई मन्त्री बाँस्कोटाले जनमुखी भएर काम गर्न निर्देशन दिएका छन् । रासस
जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना
काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’को आयोजना गरको छ । नेपालमा स्टार्ट अपकम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो । जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढि सेवाप्रदायकहरु र मोवाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो । यो कार्यशाला स्टार्ट अपहरुले कसरी मोवाइल सेवाप्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसकालागिआवश्यकउपकरण तथातयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो । यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्टार्ट अपहरुले नयाँप्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथ ाएसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएकाछन् भनेर जानकारी लिन पाएकाथिए ।
अजेयराज सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज, तिरेनन् ७९ करोड ९२ लाख बक्यौता
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र(लाइसेन्स) खारेज गरेको छ । व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको स्वामित्व रहेको यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ । प्राधिकरणलाई ७९ करोड ९२ लाख बक्यौता नतिरेपछि लाइसेन्स खारेज गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनले भने-‘भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्यौता तिरेन ।’ मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवाको लाइसेन्स पाएको नेपाल स्याटेलाइट टेलिकम कम्पनीले प्राधिकरणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगहर्जको फ्रिक्वेन्सी पाएको छ । प्रवक्ता अर्यालका अनुसार प्राधिरकणले इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशन, वेब सर्फरको लाइसेन्स पनि खारेज गर्ने निर्णय गरेको छ ।