एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’, प्रिपेड ग्राहकका लागि नयाँ योजना
काठमाडौँ । एनसेलकाग्राहकले अबकुनै पनि समय बिनाकुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्ने भएका छन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको हो । जसअन्र्तत ग्राहकले अबअझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदालिन सक्नेछन् । असोज १ देखि लागु हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ । यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्रभ्वाइस र एसएमएस सेवापनिअझ सुलभ दरमालिन सक्नेछन् । यो योजनाको प्रमुखविषेशताभनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् । ग्राकहले कर सहित रु २५४.१० मा १ जिबी डेटा भोल्युम र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ माथप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजालिन सक्नेछन् । प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमाग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहककालागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७मा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा मात्र रु १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक रु १९१.५४ माखरिद गर्न सक्नेछन् । त्यस्तै प्लान ७९९ अन्तर्गत रु १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्रभ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधिअगावै सकिएमा ग्राहकले मात्र रु ३८३.०७मा थप ७ जिबी डेटा भोल्युमलिन सक्नेछन् । मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्रभ्वाइस सेवाको फाइदालिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमाप्लानमारहेकाग्राहकले मात्र रु ५१०.७६ माथप १०जिबी डेटा खरिद गर्न सक्नेछन् । हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्यकुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र रु ०.६४ माएनसेल नेटवर्क भित्रएसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।
वृहत यौनिकता शिक्षा अनिवार्य गर्न सरोकारवालाहरुको माग
काठमाडौं । वृहत यौनिकता शिक्षा अनिवार्य गर्न सरोकारवालाहरुको माग गरेका छन् । नेपाल युवा संस्था सञ्जाल, आयोनको पहलमा तयार पारिएको बृहत यौनिकता शिक्षा सम्बन्धि सुझावपत्र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत पाठ्यक्रम विकास केन्द्रलाई बुझाउने गरी सरोकारवालाहरुबीच व्यापक छलफल भएको छ । उच्च माध्यामिक तहसम्म बृहत यौनिकता शिक्षा अनिवार्य गरिनु पर्नेमा विशेषगरी युवाको मुद्धामा काम गर्दै आएका सामाजिक संस्थाहरुले जोड दिएका छन् । बृहत यौनिकता शिक्षाले बालबालिका र किशोर उमेर समुहका सबैलाई शारिरिक तथा मनोबैज्ञानिक असरहरुबाट जोगिन मद्धत गर्ने र यसकाले उनिहरुको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा सबै सरोकारवालाहरु एकमत भएका छन् । यसैगरी युवाहरुलाई व्यक्तिगत सम्बन्धमा, शिारीरिक र संबेगात्मक रुपमाआफनो यौनिकतालाई निर्धारण गर्न तथा यस बारेमा स्पष्ट जानकारी हासिल गर्दै आफ्नो यौन जीवन सुखमय बनाउनका लागि उनिहरुमा यौन सम्बन्धी ज्ञान, सीप, अवधारणा र मान्यताको विकास गर्न मद्धत गर्नेमा सरोकारवालाहरुले धारणा राखेका छन् । यसका साथै यौनिकता, युवाहरुलाई प्रदानगरिने सुचनामा मात्र सिमित नहुने र यसका लागि मनोसामाजिक परामर्स पनि आवश्यक पर्ने हुँदा सरोकारवालाहरुले एक विद्यालय एक नर्स तथा एक मनोसामाजिक परामर्शदाताको व्यवस्था मिलाइनु पर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा प्रमख अतिथिको रुपमा उपस्थित प्रतिनिधि सभा अन्र्तगत शिक्षा तथा स्वास्थ्य संसदिय समितिकी सदस्य माननीय मनकुमारी जिसिले वृहत यौनिकता शिक्षाले युवाहरुको संबेगात्मक र सामाजिक विकास गर्दै उनिहरुलाई सकारात्मक दृष्टिकोण र मान्यता सहितको जीवनोपयोगी सीप हासिल गर्न उचित अवसर प्रदान गर्ने कुरामा आफु पनि विश्वस्त रहेकोे वताउदै यस प्रकारको ज्ञान पाठ्यक्रममा अनिवार्य राख्न लगाउन आफ्नो तर्फबाट पहलगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यौन शिक्षामा खुलेर पठनपाठन नहुने र यसलाई लुकाउदै लानाले यसबाट किशोर किशोरी तथा बालबालिकामा झन समस्याहरु देखा परेको दृष्टान्त सुनाउदै बृहत यौनिकता शिक्षालाई अनिवार्य शिक्षाका रुपमा लागु गर्नुपर्ने कुरामा आफु सहमत रहेको र यसबारे सरकारका सम्बन्धित निकायलाई जानकारीका लागि पहल गर्ने बताए । अनुसन्धानकर्ता पूण्य भण्डारीले बृहत यौनिकता शिक्षाको अपरिहार्यता र यसका विविध सवालहरुका बारेमा आफ्नो अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराएका थिए । आयोनको सहकार्यमा तयार पारिएको बृहत यौनिकताशिक्षा सम्बन्धीतयार पारिएको सुझावपत्रलाइ केही दिनमै पाठ्यक्रम विकास केन्द्रलाई बुझाइने आयोनका अध्यक्ष जगदिश ऐरले जानकारी दिए ।
चीनको ‘बिआरआई’ परियाेजनाबाट नेपालले लाभ लिन्छः अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) सामूहिक विकास र ‘कनेक्टिभिटीसँग’ सम्बन्धित भएकाले यसका परियोजनामा सामेल हुन नेपालले ढिलाइ गर्न नहुने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘बिआरआई संवाद’ मा अध्यक्ष दाहालले यसमा कुनै सैन्य गठबन्धनको गन्ध नभएको बरु सामूहिक ढङ्गले विकास र सामाजिक सद्भावको लक्ष्य रहेकाले सबै दल, बुद्धिजीवी र जनसहभागितामा राष्ट्रिय विकास र हितलाई केन्द्रमा राखेर यस्ता पहलमा सामेल हुनुपर्ने विचार व्यक्त गरेका छन् । अध्यक्ष दाहालले भने, “बिआरआई मानव जातिको समृद्धि र तादाम्यसहितको समाज विकासको परिकल्पनाका लागि हो । यसमा सबैको सामूहिक प्रयास आवश्यक छ । यो कुनै देश महाशक्ति बन्नका लागि होइन । यो नेपालको रेल कनेक्टिभिटी, सडक पूर्वाधार र सञ्चार विकासमा अझ लाभदायक छ । हामीले लामो छलफल र गृहकार्य गरेरै यसमा हस्ताक्षर गरेका हौँ ।” चीनले सन् २०१३ मा शुरु गरेको उक्त बिआरआई विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका १५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ । उनले संविधान निर्माणपछिको स्थिरता र आर्थिक समृद्धिको चरणमा नेपाल प्रवेश गरेको सन्दर्भमा चीन र भारत दुई विशाल छिमेकीको बीचमा हुनुका नाताले नेपालले आफ्नो इतिहास, भूगोल र परम्पराअनुकूल लिँदै आएको असंलग्न र स्वतन्त्र विदेश नीतिका आधारमा दुवै देशको विकासबाट सहकार्यका आधारमा लाभ लिने सही वातावरण बनेको पनि उल्लेख गरेका छन् । बिआरआईबारे नेपालका सबै दलको समान मत रहनु समृद्धिका लागि सकारात्मक सङ्केत भएको भन्दै उनले नेपालको गुणात्मक र चौतर्फी राष्ट्रिय विकास र बिआरआईका सन्दर्भमा आफू प्रधानमन्त्री हुँदा र अन्य अवस्थामा पनि चीन र भारतको भ्रमणका क्रममा दुवै देशबाट नेपालले सहकार्यको लाभ लिनुपर्ने र त्रिदेशीय साझेदारीको रणनीति तयार गर्नुपर्नेमा जोड दिएको स्मरण गराएका छन् । अध्यक्ष दाहालको भनाइ थियो, “एक्काइसौँ शताब्दीमा चेतना, सूचना प्रविधि र भौतिक क्षेत्रमा भएको विकासको चापले नयाँ ढङ्गले प्रभावित गरेको छ । यसमा तालमेल मिलाउनुपर्छ । सरकार, पार्टी, बुद्धिजीवी र आम जनता मिलेर सामना गर्न सक्दा गुणात्मक ढङ्गले राष्ट्रको चौतर्फी विकास हुन्छ । संवेग र आवेगले होइन विवेकले नेतृत्व गरोस्, जनताका हितमा विकास निर्माण हुन सकोस् । यसमा सबै दल एक ठाउँमा उभिनुपर्छ ।” कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेको स्थितिमा नेपालले सोचेजस्तो प्रगति गर्न नसके पनि नयाँ संविधान, सङ्घीयता र देशमा देखिएको स्थिरतासँगै दीर्घकालीन महत्वका काममा सबै दलको सहमतिका आधारमा सरकारले कामको अगुवाइ गर्ने बताए । उनले तिनै तहका सरकारमा सबै कानून तयार नहुनु र पर्याप्त जनशक्ति नहुनुले बिआरआई परियोजनाले गति लिन नसकेको स्वीकार्दै पछिल्लो समयमा छिमेकी भारत र चीनसँगको सम्बन्धमा अझ सुधार आएको अवगत गराएका छन् । यसका केही मूलभूत मान्यताले यो साझेदारीमा विश्वको ध्यान आकर्षित गरेको र यो मानवहितका लागि भएको बताए । यसमा कुनै पनि देशको सार्वभौमिकताका आधारमा हुने छनोटको योजनालाई सहयोग हुने र लगानीका लागि कुनै बाध्यकारी ढाँचा नभएकाले नेपालले आफ्ना योजनाको छनोट गरेर कार्यान्वयनको ढाँचाका लागि तयारी गरिरहेको उनले जानकारी दिएका छन् । मन्त्री ज्ञवालीले सीमापार हिमालयन परियोजनाअन्तर्गत अरनिको राजमार्ग, किमाथाङ्का नाका, स्याँब्रुबेँसी करिडोर, ट्रान्समिशन लाइन विस्तार, हवाई सेवाको सम्झौता आदि कामको तयारी भइरहेको जानकारी दिएका छन् । नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले विगतमा आफ्नो पार्टी सरकारमा हुँदा पनि बिआरआईमा सकारात्मक पहल भएको उल्लेख गर्दै राष्ट्रिय हित र विकासलाई ध्यान दिएर गरिने काममा प्रतिपक्षको साथ रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिआरआईबाट नेपालको आर्थिक विकासका क्षेत्रमा लाभ हुनसक्ने भएकाले यसका लागि सरकारले ढिलाइ गर्न नहुने विचार व्यक्त गरेका छन् । सङ्गठनका अध्यक्ष डा. दिनेश देवकोटाले सरकारले अघि सारेको समृद्धिको लक्ष्यमा बुद्धिजीवीले आफ्नो स्थानबाट साथ दिने जनाउँदै गोष्ठीबाट प्राप्त सुझाव सरकार र पार्टी नेतृत्वलाई बुझाइने जानकारी दिएका हुन् । रासस