काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन
बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा बिटीएस टावर नभएका कारण इन्टरनेटको पहुँच पुग्न नसकेको नेपाल टेलिकम, बनेपा शाखाले जानकारी दिएको छ । जिल्लाको कोशीपारि चौरीदेउराली गाउँपालिका, मादनकुडाँरी, सलम्बु, नार्गे गर्गचेलगायतका क्षेत्रमा इन्टरनेटको पहुँच छैन भने डाँडापारिस्थित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकालगायतको दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा स्थानीयले झण्झट ब्यहोरेका छन् । इन्टरनेटको पहुँच पु¥याउन कतिपय स्थानमा सर्वे भइरहेको र समयमा काम सम्पन्न नभएका कारण पनि इन्टरनेटको पहुँच कायम गर्न कठिनाइ भएको प्राविधिकले जनाएका छन् । डाँडापारि र खानीखोलाको केही क्षेत्रमा मोबाइलमा कुरा भएपनि इन्टरनेटको पहुँच नभएको बताइएको छ । वाइमेक्स, सिडिएमए, जिएसएम प्रविधिबाट उपभोक्ताले इन्टरनेटको सुविधा प्रयोग गरेका छन् तर यसमा पनि सबैभन्दा बढी जिएसएम प्रविधिबाट इन्टरनेट चलाउने छन् । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले दुर्गम क्षेत्र भएका कारण इन्टरनेटको पहुँच पुर्याउन कठिनाइ भएको उल्लेख गर्दै भूकम्प प्रभावित चार जिल्लालाई प्राथमिकतामा राखेर ब्रोडब्याण्ड पुर्याउने परियोजनाअन्तर्गत काम भइरहेको बताए । उनले काभ्रेपलाञ्चोकका सबै ठाउँमा इन्टरनेटको पहुँच पुर्याउन बिटीएस टावर निर्माण र उपकरण जडानको काम पनि भइरहेको उल्लेख गर्दै अब इन्टरनेटको पहुँच नभएको स्थानमा पनि छिट्टै इन्टरनेट चल्छ भने । चौरीदेउराली गाउँपालिका–२ नार्गे गर्गचेका राजीव मोक्तानले इन्टरनेट सहज नभएका कारण निजी प्रदायक संस्था एनसेलको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा इन्टरनेटसम्बन्धी काम नै नहुने बताए । रासस ––––––––––
एप्पल इभेन्टको मूख्य आकर्षण बन्यो आईफोन एक्स, फिचर्स र मूल्य सहित
काठमाडौं । अमेरिकी कम्पनी एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर तीनवटा नयाँ मोडलका आईफोन सार्वजनिक गरेको छ- आइफोन ८, ८प्लस र आइफोन एक्स । यसै अवसरमा एप्पल टिभी र एप्पल स्मार्ट वाच पनि सार्वजनिक भएको छ । यो सबै उत्पादन आगामी सेप्टेम्बर २२ देखि बजारमा उपलब्ध हुनेछन् । नेपाली समय अनुसार मंगलबार राती पौने एघारे बजे सुरु भएको यो इभेन्टमा आइफोन सार्वजनिक गर्दै १० औं वार्षिकोत्सव मनाइएको थियो । सन् २००७ जनवरी नौ मा पहिलो आइफोन सार्वजनिक गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले कम्पनीका संस्थापक स्टिभ जब्सलाई स्मरण गर्दै भने, ‘हामीले सधै स्टिभ जब्सलाई सम्झिएका छौं ।’ कम्पनीले यसको सबैभन्दा विशेष उत्पादन आईफोन एक्स अन्तिममा लन्च गरिएको थियो। कुकले यी उत्पादनलाई क्यालिफोर्नियाको हेडक्वार्टर एप्पल पार्कमा ‘स्टिभ जब्स थियटर’मा सार्वजनिक गरेका थिए । यो समारोहको विशेष पाटो रहेको छ । यो भूमिगत थियटरमा एक हजार वटा सिट छन् । आईफोन एक्स आईफोन एक्स यो इभेन्टको आकर्षणको केन्द्रबिन्दु बन्न सफल रह्यो । यसको शानदार लुक्स नै यसलाई अन्य आईफोनको तुलनामा पृथक राख्न सक्यो । यसमा हझम बटन छैन । यसको स्क्रीनमा तलदेखि माथीसम्म स्वाइप गरेर होममा जान सकिन्छ । यसमा फेस रिकग्निशन अनलक सिस्टम छ । साथमा यसमा पासकोडको पनि सुविधा छ। यसको टपमा इन्फ्रारेड क्यामरा छ जसले अध्यारोमा पनि प्रयोगकर्ताको फेस डिटेक्ट गर्न सक्छ। बिल्ट-इन न्यूरो इञ्जिनको साथ यसमा ट्रु डेप्थ क्यामरा सिस्टम पनि छ। यसमा थ्रीडी टच फीचर तथा वायरलेस चार्जिंगको पनि सुविधा छ। यो माइक्रो स्कोपिक लेभलमा पानी तथा धुलो प्रतिरोधात्मक छ। यसमा वाइड एंगल १२ मेगापिक्सल क्यामरा छ। यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ । आईफोन ८ र ८ प्लस यो दुवै फोन आईफोन ७ र ७ प्लस भन्दा खासै फरक छैन । आईफोन ८ को सुरुवाती मूल्य ६९९ रहेको छ । आईफोन ८ प्लसको मूल्य ७९९ अमेरिकी डलर रहेको छ । यो दुवै फोन ग्लास फ्रन्ट तथा ब्याकका साथमा सिल्भर, स्पेस ग्रे, न्यू गोल्ड कलरमा सार्वजनिक भएका छन् । नयाँ आईफोनको ग्लास अहिलेसम्मकै टिकाउ मानिएको छ । यो पनि एक्स जस्तै पानी र धुलो प्रतिरोधात्मक रहेको कम्पनीले जानकारी दिएको छ । वायरलेस चार्जिंगको साथमा यसमा पनि थ्रीडी टच तथा ट्रू टोन डिस्प्ले रहेको छ । सात हजार सिरिज आल्मुनियम, लेजर वेल्डेड स्टील तथा कपर स्ट्रक्चरको साथमा आईफोन ८को स्क्रीन साइज ४.७ इञ्चको छ । आईफोन ८ प्लसको डिस्प्ले ५.५ ईञ्चको छ । दुवै फोनमा १२ मेगा पिक्सलको क्यामरा रहेको छ ।
एप्पलले नयाँ आईफोन ८ मोडेल आज सार्वजनिक गर्दै
वासिङ्टन । अमेरिकाको एप्पल इंकले नयाँ उत्पादनको रुपमा आइफोन ८ आज सार्वजनिक गर्ने भएको छ । कम्पनीको दशौं वार्षिकोत्सवको अवसरमा एप्पलले आइफोन–८, आइफोन–८ प्लस र आइफोन– एक्स लञ्च गर्न लागेको हो । यसको मूल्य भने तय गरिएको छैन् । आईफोन ८ का लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ । आज सार्वजनिक हुने भनिएको सो आइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने छ । उच्चस्तरको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ । भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको आइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ। नेपाली समयअनुसार राती १० बजेर ४५ मिनेटमा विशेष समारोहका बीच स्टिभ जब्स थिएटरमा एप्पलले आफ्नो नयाँ आईफोन ८ सार्वजनिक गर्नेछ । छिट्टै नेपालमा आउने छ ।