‘हेलो सरकारका गुनासा स्थानीय तहबाटै सम्बोधन’, ट्वीटरबाट बढी गुनासा

काठमाडौं । सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७ सय ५३ वटै तहबाट जनताका गुनासो सम्बोधन हुने गरेका छन् । शाखाका प्रमुख शेखर पौडेलले साउनदेखि नयाँ पोर्टल जडान गरेपछि जनताका गुनासो सम्बन्धित स्थानीय तहबाट नै सम्बोधन हुन थालेको जानकारी दिए । त्यसका लागि हेलो सरकारले सबै स्थानीय तहलाई हेलो सरकारको ‘युजरनेम’ र ‘पासवर्ड’ दिएको छ । उक्त युजरनेममा हेलो सरकारमा आएका गुनासो सम्बन्धित ठाउँका स्थानीय तहमा पठाइन्छ र गुनासोलाई सम्बोधन गरिन्छ । “हामीले अब सिधैँ हामी कहाँ आएका गुनासो स्थानीय तहलाई पठाउँछौँ”, उनले भने, “ती गुनासोलाई सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र गुनासो सुन्ने अधिकारीले सम्बोधन गर्नेछन् ।” पहिले हेलो सरकारमा आएका गुनासोलाई यहाँका कर्मचारीले सम्बन्धित निकायसँगको सहयोगमा सम्बोधन गर्ने गर्दथे । हेलो सरकारले सङ्घीय मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई समेत हेलो सरकारको युजरनेम र पासवर्ड दिएको छ । वि.सं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालनमा ल्याउनुभएको हो । नयाँ पोर्टल सञ्चालन भएपछि गुनासा घटे हेलो सरकारको नयाँ पोर्टल सञ्चालन भएपछि गुनासाको सङ्ख्या घटेको छ । पहिलेको पोर्टलमा हेलो सरकारमा आएका जस्ता गुनासो पनि लिने गरिन्थ्ये भने अहिले ती आएका गुनासोलाई अवस्था हेरेर लिने गरिन्छ । “अहिले आएका गुनासोको व्यहोरा पूर्णरूपमा उल्लेख गरिएको छ कि छैन भनेर हामीले छलफल गरेर मात्र सम्बन्धित ठाउँमा ती गुनासो पठाउने गरेका छौँ”, हेलो सरकार शाखाकी शाखा अधिकृत हरिकला आचार्यले भने, “जसले गर्दा हेलो सरकारमा आउने गुनासाको सङ्ख्या घटेको हो ।” उनका अनुसार गत वैशाख १ देखि असारमसान्तसम्म एक हजार ८ सय ९ गुनासो आएका थिए, भने नयाँ पोर्टल सञ्चालन भएपछि साउनदेखि असोजसम्म एक हजार ७२ गुनासा आएका छन् । ट्वीटरबाट बढी गुनासा यसैगरी सर्वसाधारणले हेलो सरकारमा पहिले फोनबाट बढी गुनासा राख्ने गरेता पनि अहिले ट्वीटरबाट बढी गुनासो राख्ने गरेको पाइएको छ । शाखाका शाखा अधिकृत किरण जोशीले दैनिक ट्वीटरबाट सयको सङ्ख्यामा गुनासो आउने गरेको बताए । फोनबाट भने दैनिक १५ को सङ्ख्यामा मात्र गुनासो आउने गरेका छन् । हेलो सरकारमा फोनसहित फेसवुक, ट्वीटर, भाइवर र इमेलमार्फत गुनासो लिइने गरिन्छ । फोनका लागि पैसा नलाग्ने नम्बर ११११, भाइवरका लागि ९८५११४५०४५ र इमेल [email protected] रहेको छ । शाखा प्रमुख पौडेलले हेलो सरकारबारे जनचेतना जगाउन आवश्यक रहेको बताए । “अझै हेलो सरकारबारे सर्वसाधारणलाई थाहा छैन”, भने, “त्यही भएर सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतना जगाउने कार्यक्रम ल्याउन थालेका हौं ।” दैनिक दुई सयको सङ्ख्यामा हेलो सरकारमा सर्वसाधारणका गुनासो आउने गरेका छन् । अहिले बिहान ७ः०० देखि साँझ ९ः०० बजेसम्म हेलो सरकारमा १६ कर्मचारी जनताका गुनासो सम्बोधन गर्न खटिएका छन् । गत आर्थिक वर्षमा हेलो सरकारमा १६ हजार १२० गुनासोमध्ये आठ हजार २२ गुनासो फछ्र्यौट गरिएको छ । रासस

चाडपर्वमा नेपाल टेलिकमको अफर, कात्तिक १० देखि १६ गतेसम्म रिचार्जमा कति पाइन्छ बोनस ?

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको छ । रिचार्जमा बोनस: जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । यी अफरहरुलाई पनि निरन्तरता १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । २. पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । ३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । ४. प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ । ५. कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क रु. ३२०।– आगामी छठसम्म निःशुल्क गरिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस

काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगतग्राहकले चार गुणा बढी डेटाको फाईदा लिन सक्नेछन् । यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मकालागि सञ्चालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधिभएको ७५ एमबी डेटा र सातदिनको समयावधिभएको ५०० एमबीको डेटा प्याकखरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाईदा लिन सक्नेछन् । कर बाहेक रु १५ (कर सहित रु १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउने छन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ (कर सहित रु ९५ंंं.७७) शुल्कमाआउने ५०० एमबीको खरिदमाथप १५०० एमबीफोरजी डेटा बोनस स्वरुप पाउने कम्पनीले जनाएको छ । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् । ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिमप्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् । चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफुलाई नजिकै पर्ने एनसेल सेन्टरमागई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि रु १ शुल्क लाग्छ । यस प्रक्रियामार्फत युसिमलिने ग्राहकले सातदिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउने छन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाईदा लिन सने जनाइएको छ ।