ह्याप्पी फादर्स डे ‘बुवा’, प्रथम हुनेले पाए १ लाख पुरस्कार
काठमाडौैं । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समुहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो । बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आवहान गरेको थियो । यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभाहरुलाइै चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको एनसेलले जनाएकाे छ । प्रतियोगितामा ७० वटा भन्दा बढि सर्ट फिल्महरु आएका थिए र निर्णायक मण्डललाई उत्कृष्ट १० विजेताहरु छान्नका हम्मे हम्मे परेको थियो । उक्त निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाँई रहेका थिए । यस प्रतियोगिताको मुख्य उदेश्य भनेको युवा प्रतिभालाई आफ्नो सिप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकहरुका साथ सामाजिक सञ्जाल मार्फत साझा गर्न मिल्ने सामाग्रीहरु हेर्दै यो विशेष दिन मनाउनुरहेको छ । एक विशेष समारोहमाझ बुधबार साझ क्युएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर सो गरिएको थियो । सो समारोहमा नेपाली चलचित्र उद्योगका गन्यमान्य व्यक्तित्वहरु, चलचित्रकर्मीहरु, दिग्गज कलाकारहरु, प्रतियोगिताका साझेदार र मिडिया क्षेत्रका पाहुनाहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्महरुका कथाले रचनात्मक र भिन्ना भिन्नै शैलीमा बुवासँग सन्तानहरुका सम्बन्धका बारेमा चित्रण गरेका थिए । एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नेछ । कार्यक्रममा बोल्दै चर्चित कलाकार हरिवशं आचार्यले भने, “छोटो समयमा यसरी कथा भन्नु एउटा राम्रो खुबी हो । यसरी नै सिनेमा बनाउदै सिक्दै जाने माध्यम हो र आशा छ उहाँहरुलाई पछि ठूला–ठूला पर्दा देख्न पाउने छौं ।” सोही कार्यक्रममा उत्कृष्ट सर्ट फिल्महरुको नाम सार्वजनिक गर्दै सहभागिहरुलाई आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो । एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए । कमल सुबेदी र उनको समुहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप रु १ लाख नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् । यसका साथै यो समुहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन् । त्यस्तै विशाल न्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प रु ७५,००० नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा प्राप्त गरेकाछन् । द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ ले सेकेण्ड रनर अप बन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् । पहिलो पुरस्कार विजेता समुहका एक सदस्य निश्चल कार्कीले उतm भिडियोको प्रस्तुत कथामा विगत तीन वर्ष देखि काम गरिरहेको बताए र यस भिडियो मार्फत उनीहरुले छोराछोरीले आमाबुवालाई बुढेश कालमा बृद्घाश्रममा छोड्ने सामाजिक समस्यालाइ दर्शाउन खोजेको बताए । राजा महर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हात पारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यी दुई सर्ट फिल्मले रु २५,०००/२५,००० का साथै यी दुई सर्ट फिल्म निर्माण समुहका ३÷३ जनाले १० जिबी एनसेल डेटा प्रत्येक महिना १२ महिना सम्म पाउनेछन् ।
नेपाल टेलिकमको इन्टरनेट सेवा प्रति एमबी ३ पैसामा
काठमाडौँ । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको जनाएको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नु पर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ । यो सुविधा लिनका लागि वानडीवानजी लेखेर १४१५ मा सन्देश पठाउनु पर्नेछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्दछ । यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ । यो सेवा हासिल गर्न सेभेन डी सेभेन जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्दछ । नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिने जनाएको छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति टु एट डी टु एट जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।
युनियनका कारण टेलिकम धरापमा पर्दैछः मन्त्री बाँस्कोटा
भैरहवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताएका छन् । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय रुपन्देहीको निरीक्षणमा भैरहवा पुगेका मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालका रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको जानकारी गराए । दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि नौ परियोजना अगाडि बढेको जानकारी दिँदै उनले यसको कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । “नेपाल टेलिकमले आफ्ना सबै कर्मचारीलाई तलबभत्ता दिएकाले यसको विकासमा सहयोग नपुर्याउने र व्यक्तिगत कमाइमा लाग्ने कर्मचारीलाई सरकारले कार्वाही गर्छ ”, मन्त्री बाँस्कोटाले भने । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका लुम्बिनी, गण्डकी र धवलागिरि अञ्चलका १६ जिल्लाको क्षेत्रीय कार्यालय रहेको नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवामा उपस्थित भएका मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई मन्त्री बाँस्कोटाले जनमुखी भएर काम गर्न निर्देशन दिएका छन् । रासस