सिद्धार्थ हस्पिटालिटीले मोबाइलबाटै सेवा दिन थाल्याे, प्रयोगकर्तालाई १५ प्रतिशत छुट
काठमाडौं । हस्पिटालिटी सेवामा झन्डै २५ वर्ष लामो अनुभव बोकेको सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको छ । उक्त एप मार्फत अर्डर गर्दा हाललाई १५ प्रतिशत छुट दिनुको साथ साथै ५ सय रुपैयाँभन्दा माथिको अर्डरमा हरेक शाखा बाट ३ कि. मि सम्म फ्रि-डेलिभरीको व्यवस्था गरेको छ । उक्त एप डाउनलोड गर्नका लागि मोबाइलको प्ले स्टोर तथा एप स्टोरमा गई सिद्धार्थ सर्भिस टाइप गरी डाउनलोड गर्न सकिनेछ । एपबाट खानाका विभिन्न परिकार अर्डर गर्ने देखि होेटलका कोठाहरु बुक गर्न र अनलाइन बाटै संसारभरि बाट बिलको पैंसा तिर्न सकिनेछ । विदेशमा बस्नेले नेपालमा रहेका परिवार, आफन्त र साथीहरुलाई विभिन्न अवसरमा हाम्रो सेवा प्रयोग गरी विभिन्न उपहारहरु दिन सक्नेछन् । उक्त सेवा प्रयोग गरे वापत खल्ती, इ(सेवा, भिसा र मास्टर कार्डको प्रयोग गरी स्वदेश तथा विदेशबाट भुक्तानी गर्न सकिनेछ । सिद्धार्थले आफ्ना रेगुलर ग्राहकलाई आफ्नो सदस्यता उपलब्ध गराउँदै आएको छ । हाल सम्म दस हजार बढी ग्राहकले यो सेवा प्रयोग गर्दै आएका छन् । जसलाई सिल्भर, गोल्ड र प्ल्याटिनम मेम्बर गरि ३ प्रकारमा विभाजन गरिएको छ र कम्पनीले विभिन्न समयमा विभिन्न अफर, डिस्काउन्ट प्याकेज एण्ड स्कीम जस्ता सुविधाहरु साथै आफुले तिरेको रकमबाट बोनस(रिवार्ड पोइन्टस्) समेत उपलब्ध गराउदैं आएको छ । उक्त सुबिधा लिन चाहनेका लागि एपबाटै फारम भरी फ्री मै मेम्बरशीप लिन सकिने व्यवस्था उपलब्ध गराइएको छ । मेम्बर नभएकाहरुले पनि एपमा कन्टिन्यु याज गेष्टमा क्लिक गरी सेवा प्रयोग गर्न सकिनेछ । सिद्धार्थले काठमाडौंदेखि पश्चिम महेन्द्रनगर र पूर्व बिर्तामोडसम्म देशका विभिन्न २४ स्थानमा शाखा सञ्चालन गर्दै आएको छ ।
आरटीजीएसका लागि राष्ट्र बैंकले तोक्याे समय
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकेको जनाएको हो । राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राह सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने जनाएको छ । यस्तै, शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म ताकेको जनाएको छ ।
‘डान्सिङ विथ द स्टार्स’ काे सह–प्रायोजकको रुपमा भायानेट
काठमाडौं । हिमालय टेलिभिजनमा यही असोज २ गतेदेखि सुरु भएको डान्सिङ विथ द स्टार्स नेपाली रियालिटी शोमा भायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ । बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन् । सह–प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमा इन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।