कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे, खर्चहरुको व्यवस्थापन गर्न सकिने
काठमाडौं । वित्तीय क्षेत्रमै कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे भएकाे छ । बैकले ‘एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड’ प्रस्तुत गरेको छ जुन व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिने छ । बैंकका अनुसार यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिंग र व्यवसायसंग सम्बन्धित अन्य खर्चहरुको व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिने कम्पनीले जनाएकाे छ । ‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा उहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौं ।’, बैंकले बतायाे ।
सांग्रिला डेभलपमेन्ट बैंकले सञ्चालनमा ल्यायो ग्रिन पिन सेवा, कसरी पाउने ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवालाई थप मजबुत गर्दै बैकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सकिने छ । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सकिने बैंकले जनाएको छ । कसरी पाउने पिन ? ग्राहकले आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त गर्न सकिने छ । सम्बन्धित व्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।
अब विदेशमा रहेका नेपाली आफैले नेपाल पैसा पठाउन सक्ने
काठमाडाैं । अब विदेशमा रहेका नेपालीहरुले पनि डिजिटल भुक्तानी प्रणालीमार्फत् नै पैसा पठाउन सक्ने भङ्कएा छन् । विदेशमा काम गरिरहेका नेपालीहरुले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका प्रणालीमार्फत् स्वदेशमा पैसा पठाउन पाउने राष्ट्र बैंकले जनाएकाेे छ । राष्ट्र बैकले साेमबार एक सूचना जारी गर्दै नयाँ व्यवस्था शुरु गरेकाे हाे । यसका लागि नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्सट्रुमेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ। डिजिटल भुक्तानी उपकरणबाट अन्तर- सीमा कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेयरमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाहरु बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानुनले व्यवस्था गरेअनुसारको समयवधिसम्म सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने पनि उल्लेख गरेकाे छ। विदेशबाट विप्रेषकले डिजिटल भुक्तानी सेवादातामार्फत् पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफैं स्वयं उपस्थित भई भुक्तानी लिन नसक्ने अवस्थामा वालेट वा तोकिएको सीमाभन्दा बढी भएको रकम भुक्तानी सेवा प्रदायक संस्थाले प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनुपर्ने जनाएकाे छ ।