क्लिन फिडसँगैं शुल्क बढ्ने

काठमाडाैं । विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति समेत बढेको विज्ञहरुले बताएका छन् । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू भएको एक साता पुगेको छ । तर कतिपय च्यानलहरुले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ । क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरुले बताएका छन् । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष धु्रव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताए । त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेको भन्दा बढ्ने उनको भनाई छ । सरकारले आधारभुत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविश्यमा नै बढ्ने अध्यक्ष शर्माले बताए । आधारभुत प्याकेज बाहेकका च्यानलहरुमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशत सम्म बृद्धि हुने उनको भनाई छ । क्लिन फिड लागू हनुभन्दा पहिले अधिकांश विदेशी च्यानल डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्दै आएका थिए । तर क्लिन फिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउनेमा वितरकहरुले जोड दिएका हुन् । तर अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालनका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि उनीहरुको भनाई छ । नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) ले विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड लागू भएपनि नेपाली टेलिभिजनबाट डब विज्ञापन प्रसारण भइरहेकाले चुनौति अझैपनि बाँकी रहेको बताए । नेपाली टेलिभिजन प्रसारकहरुले कुनैपनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन पाउँदैनन् । सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू भएपनि नेपाली टेलिभिजनहरुले डब विज्ञापन बजाइदिदा चुनौति थपिएको उनको भनाई छ । तर विज्ञापन बोर्डले यसको व्यवस्थापन सहजै गर्ने विश्वास रिजालको छ । सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताए । विज्ञापन बोर्डसामु विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कार्ममा लागेका व्यक्तिहरु, उद्योगपति, व्यापारीहरु र उपभोक्ता गरी पाँचवटै पक्षलाई समन्वय गर्नुपर्ने प्रमुख चुनौति रहेको उनको भनाई छ । यस्तै समग्र विज्ञापन बजारको अनुगमन गर्नुपर्ने चुनौति पनि रहेको छ । त्यसैले बोर्डमा व्यवसायीक व्यक्तिहरु संलग्न हुनुपर्ने हुमागाईंले बताए । सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू गरेपछि क्लिन फिड कार्यान्वयनमा ल्याउनका लागि एक वर्ष अर्थात २०७७ कात्तिक ७ गते सम्मको समय दिइएको थियो । कात्तिक ७ गते पछि किल्नफिड लागू भएको छ । तर आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानलहरु बन्द छन् । त्यसैले नेपाली टेलिभिजनमा प्रसारण हुने विदेशी विज्ञापन र विज्ञापन रहित विदेशी च्यानलको व्यवस्थापन तथा नियमनका र शुल्क व्यवस्थापनमा विज्ञापन बोर्डका लागि चुनौति धेरै नै रहेको छ ।

फेसबुक, ट्वीटर र इन्ष्टाग्राममा कुन बार कति बजे कस्तो पोष्ट गर्दा बढी भ्यूज आउँछ ?

काठमाडौं । राजसंस्था रहेको समयमा राजा कतै जानु पर्यो भने, केही नयाँ काम गर्नुपर्यो भने साइत हेराउँछन् भनेको सुन्नु भएकै होला । अहिलेको गणतन्त्र कालमा पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सपथग्रहणको बेलामा साइत हेराउँने चलन सकिएकै भने छैन । राजा, प्रधानमन्त्री वा मन्त्रीलाई मात्रै दोष दिनै पर्दैन । हामी जनता पनि टाढाको यात्रा गर्नुपर्यो वा कुनै नयाँ काम थाल्नुपर्यो भने साइत हेराउँछौं । साइत हेराउँदा योग (जोतिषले जोग उच्चारण गर्छन्) र चन्द्रमा हेरिन्छ । अनि लगन जुराइन्छ । योग हेर्दा कालयोग, मृत्यूयोग र राक्षसयोग छल्नुपर्छ । चन्द्रमा हेर्दा चन्द्रमाको रंग हेरिन्छ । सेतो र पहेलो चन्द्रमा शुभ फलदायी हुन्छ भनिन्छ भने रातो चन्द्रमा तामसी फल दिने हुन्छ । कालो चन्द्रमा भएको दिन वा समय खराब मान्छि । लगन जुराउँदा राशी अनुसार हुन्छ । विकासन्युजले साइत हेर्न सिकाउँदैछ कि के हो भन्ने लाग्यो ? होइन, होइन । साइत हेर्ने भनेको पूर्वीय दर्शनमा आधारित भएर ग्रहहरुको अवस्थिति अनुसार तिनीहरुले पार्ने प्रभाव कस्तो होला ? आफूले सोचे अनुसारको राम्रो नतिजा आउँला कि नआउँला भनेर गणितीय आधारमा गरिने परिणामको पूर्वअन्दाज हो । तर, पश्चिमाहरु अध्ययनबाट निकालिएको नतिजाको आधारमा धारणा बनाउँछन् । पूर्वीयहरु साइत हेरेर परिणामको आकलन गर्थे, अझै पनि गर्ने चलन छ । सामाजिक संजालमा केही कुरा पोष्ट गर्नु भनेको पनि कुनै न कुनै सकारात्मक परिणामको खोजी न हो । पूर्वीय दर्शनका आधारमा हेरिने साइत जस्तै नतिजा निकालिएको एउटा अध्ययनका बारेमा हामी तपाईंलाई जानकारी दिदैछौं । त्यो भनेको कस्ता सामग्री कुन सामाजिक संजालमा कुन बार कति बजे सेयर गर्दा बढी प्रभावकारी हुन्छ भन्ने सम्बन्धी हो । ‘स्प्राउट सोसियल डटकम’मा एलिजाबेथ एरेन्सले ‘दि बेस्ट टाइम्स टु पोष्ट अन सोसल मिडिया इन २०२०’ शिर्षकमा एउटा लामो खेल प्रकाशित गरेकी छन् । सोही लेखका आधारमा फेसबुक, इन्ष्टाग्राम र ट्वीटरमा कुन बार, कति बजे, कस्ता सामग्री राख्दा बढी प्रभावकारी हुन्छ भन्ने सम्बन्धी सामग्री हामीले यहाँ प्रस्तुत गरेका छौं । तल उल्लेख गरिएको समय भनेको सेन्ट्रल टाइम जोनका आधारमा हो । फेसबुकमा सबैभन्दा बढी प्रयोगकर्ता आउने बार र समय फेसबुकमा प्रयोगकर्ताको बुधबार विहान ८ बजेदेखि सुरु भएर अपरान्ह ३ बजेसम्म राम्रै उपस्थिति रहने रहेछ । सबैभन्दा बढी प्रयोगकर्ता भने बुधबार विहान ११ बजे र अपरान्ह १ देखि २ बजेसम्म आउने रहेछन् । सबैभन्दा खत्तम बार आइतबार रहेछ । त्यो दिन फेसबुक प्रयोगकर्ताको ध्यान अन्यत्र जाने रहेछ । फेसबुकमा उपभोग्य वस्तु सम्बन्धी पोष्ट गर्ने उपयुक्त समय फेसबुकमा उपभोग्य बस्तुको बारेमा प्रचार प्रसार गर्ने सबैभन्दा राम्रो दिन भनेको बुधबार र शुक्रबार हो । बुधबार दिउसो १ बजे र शुक्रबार विहान ११ बजे उपभोग्य बस्तुको सम्भावित ग्राहक फेसबुकमा बढी आउने गरेका रहेछन् । सबैभन्दा काम नलाग्ने दिन भनेको आइतबार नै हो । फेसबुकमा संचार सामग्री सेयर गर्ने राम्रो समय र दिन फेसबुकमा समाचारका लिंक तथा अन्य संचार सामग्री सेयर गर्ने सबैभन्दा राम्रो दिन भनेको बुधबार नै हो । उपयुक्त समय भनेको मंगलबार, बुधबार र बिहीबार अपरान्ह ५ बजे तथा शुक्रबार बिहान ८ बजेदेखि ९ बजेसम्मको समय सबैभन्दा प्रभावकारी रहेको अध्ययनले देखाएको छ । यस्ता सामग्री सेयर गर्नको लागि पनि कामै नलाग्ने बार भनेको आइतबार छ । फेसबुकमा शिक्षा सम्बन्धी सामग्री सेयर गर्ने राम्रो समय र बार फेसबुकमा शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो दिन भनेको बुधबार हो । बुधबार बिहान ९ बजे तथा शनिवार ५ बजे शिक्षा सम्बन्धी सामग्री फेसबुकमा पोष्ट गरे बढी प्रभावकारी हुने देखिएको छ । शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्नको लागि पनि आइतबार राम्रो दिन होइन है । गैरनाफामुलक सामग्री फेसबुकमा पोष्ट गर्ने दिन र समय फेसबुकमा गैरनाफामुलक सामग्री पोष्ट गर्ने हो भने त्यसको लागि पनि उपयुक्त बार र समय अध्ययनले पहिल्याएको छ । यस्ता सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार नै हो । बुधबार र शुक्रबार विहान ८ बजेदेखि ९ बजेसम्ममा पोष्ट गरेका सामग्री धेरै मानिसले देख्न पाउने छन् । किनभने यस्ता सामग्री हेर्नेहरु सोही बारको सोही समयमा बढी आउने गरेका छन् । गैरनाफामुलक सामग्री पोष्ट गर्ने खराब दिन भनेको आइतबार र शनिवार हो । फेसबुकमा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय फेसबुकमा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार हो । बुधबार ९ बजेदेखि अपरान्हसम्म प्रविधि सम्बन्धी सामग्री खोज्ने फेसबुक युजर बढी आउने गर्छन् । आइतबार भने यस्ता सामग्री पोष्ट गर्नु राम्रो हुँदैन । किनभने आइतबार यस्तो सामग्री खोज्ने युजर फेसबुकमा आउँदैनन् । स्वास्थ्य सम्बन्धी सामग्री फेसबुकमा पोष्ट गर्ने राम्रो दिन र समय फेसबुकमा स्वास्थ्य सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने सकेसम्म बुधबार छान्नुहोस् । यो दिन यस्ता सामग्री खोज्ने फेसबुक प्रयोगकर्ता धेरै पाइन्छ । समयको आधारमा भन्ने हो भने बुधबार बिहान १० बजेदेखि अपरान्हसम्म यस्ता सामग्री पोष्ट गर्नु उपयुक्त हुन्छ । तर, स्वास्थ्य सम्बन्धी सामग्री आइतबार र शनिवार पोष्ट नगर्नु नै जाती । किनभने यी दुई दिन स्वास्थ्य सामग्री खोज्ने प्रयोगकर्ताको संख्या नगन्य हुन्छ । फेसबुकमा फाइनान्स सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय फेसबुकमा फाइनान्स सम्बन्धि सामग्री पोष्ट गर्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा राम्रो बार बुधबार हो भने समय १२ बजे हो । किनभने बुधबार १२ बजे फाइनान्स सम्बन्धी सामग्री खोज्ने फेसबुक युजर बढी आउने गर्छन् । आइतबार र शनिवार यस्ता सामग्री पोष्ट गर्नुको खासै अर्थ छैन । किनभने यी दुई दिन यस्ता सामग्री खोज्ने प्रयोगकर्ता फेसबुकमा निकै कम आउँछन् । फेसबुकमा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने उपयुक्त समय र बार फेसबुकमा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने अध्ययनले बुधबारलाई सबैभन्दा राम्रो दिन भनेको छ । समयका आधारमा हेर्दा मंगलबार दिउसो २ बजे, बुधबार दिउसो १ बजे र शुक्रबार विहान ११ बजे मनोरञ्जनसँग सम्बन्धित सामग्री खोज्ने फेसबुक युजर बढी आउने गरेका छन् । आइतबार फेसकुमा मनोरञ्जन सम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताको संख्या निकै कम हुने अध्ययनले देखाएको छ । इन्ष्टाग्राममा सबैभन्दा बढी सहभागी हुने बार इन्ष्टाग्राममा सबैभन्दा धेरै प्रयोगकर्ता आउने भनेको बुधबार हो । समयका आधारमा हेर्ने हो भने बुधबार विहान ११ बजे तथा शुक्रबार विहान १० देखि ११ बजेसम्म इन्ष्टाग्राम चलाउनेहरु धेरै हुने अध्ययनले देखाएको छ । तर, आइतबार भने इन्ष्टाग्राम चलाउनेहरुको संख्या असाध्यै कम हुने तथ्य फेला परेको छ । इन्ष्टाग्राममा उपभोग्य वस्तु सम्बन्धी पोष्ट गर्ने उपयुक्त समय इन्ष्टाग्राममा उपभोग्य बस्तुको बारेमा प्रचार प्रसार गर्ने सबैभन्दा राम्रो दिन भनेको बुधबार हो । बुधबार दिउसो ३ बजे उपभोग्य बस्तुको सम्भावित ग्राहक इन्ष्टाग्राममा बढी आउने गरेका रहेछन् । सबैभन्दा काम नलाग्ने दिन भनेको आइतबार नै हो । इन्ष्टाग्राममा संचार सामग्री सेयर गर्ने राम्रो समय र दिन फेसबुकमा समाचारका लिंक तथा अन्य संचार सामग्री सेयर गर्ने सबैभन्दा राम्रो दिन भनेको शुक्रबार हो । उपयुक्त समय भनेको शुक्रबार विहान ९ बजे हो । यस्ता सामग्री सेयर गर्नको लागि पनि कामै नलाग्ने बार भनेको शनिवार र आइतबार छ । इन्ष्टाग्राममा शिक्षा सम्बन्धी सामग्री सेयर गर्ने राम्रो समय र बार इन्ष्टाग्राममा शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो दिन भनेको शुक्रबार हो । शुक्रबार बिहान १० बजे शिक्षा सम्बन्धी सामग्री इन्ष्टाग्राममा सेयर गरे बढी प्रभावकारी हुने देखिएको छ । शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्नको लागि पनि आइतबार राम्रो दिन होइन है । गैरनाफामुलक सामग्री इन्ष्टाग्राममा पोष्ट गर्ने दिन र समय इन्ष्टाग्राममा गैरनाफामुलक सामग्री पोष्ट गर्ने हो भने त्यसको लागि पनि उपयुक्त बार र समय अध्ययनले पहिल्याएको छ । यस्ता सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार नै हो । मंगलबार दिउसो १ बजेदेखि ३ बजेसम्म र बुधबार दिउसो २ बजेसम्ममा पोष्ट गरेका सामग्री धेरै मानिसले देख्न पाउने छन् । किनभने यस्ता सामग्री हेर्नेहरु सोही बारको सोही समयमा बढी आउने गरेका छन् । गैरनाफामुलक सामग्री पोष्ट गर्ने खराब दिन भनेको आइतबार हो । इन्ष्टाग्राममा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय इन्ष्टाग्राममा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार हो । बुधबार विहान ६ बजे र विहान ९ देखि १० बजेदेखिसम्म तथा शुक्रबार विहान ७ बजेदेखि विहान १० बजेसम्म प्रविधि सम्बन्धी सामग्री खोज्ने इन्ष्टाग्राम युजर बढी आउने गर्छन् । आइतबार भने यस्ता सामग्री पोष्ट गर्नु राम्रो हुँदैन । किनभने आइतबार यस्तो सामग्री खोज्ने युजर इन्ष्टाग्राममा आउँदैनन् । स्वास्थ्य सम्बन्धी सामग्री इन्ष्टाग्राममा पोष्ट गर्ने राम्रो दिन र समय इन्ष्टाग्राममा स्वास्थ्य सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने सकेसम्म मंगलबार छान्नुहोस् । यो दिन यस्ता सामग्री खोज्ने इन्ष्टाग्राममा प्रयोगकर्ता धेरै पाइन्छ । समयको आधारमा भन्ने हो भने मंगलबार बिहान ८ बजे यस्ता सामग्री पोष्ट गर्नु उपयुक्त हुन्छ । तर, स्वास्थ्य सम्बन्धी सामग्री आइतबार र शनिवार पोष्ट नगर्नु नै जाती । किनभने यी दुई दिन स्वास्थ्य सामग्री खोज्ने प्रयोगकर्ताको संख्या नगन्य हुन्छ । इन्ष्टाग्राममा फाइनान्स सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय इन्ष्टाग्राममा फाइनान्स सम्बन्धि सामग्री पोष्ट गर्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा राम्रो बार बुधबार हो । समयका आधारमा भन्ने हो भने शुक्रबार विहान ११ बजे सबैभन्दा राम्रो समय भएको अध्ययनले देखाएको छ । मंगलबार यस्ता सामग्री पोष्ट गर्नुको खासै अर्थ छैन । किनभने मंगलबार फाइनान्स सम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ता इन्ष्टाग्राममा निकै कम आउँछन् । इन्ष्टाग्राममा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने उपयुक्त समय र बार इन्ष्टाग्राममा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने अध्ययनले बुधबारलाई सबैभन्दा राम्रो दिन भनेको छ । समयका आधारमा हेर्दा बुधबार र विहीबार दिउसो १ बजे मनोरञ्जनसँग सम्बन्धित सामग्री खोज्ने इन्ष्टाग्राम युजर बढी आउने गरेका छन् । इन्ष्टाग्राममा मनोरञ्जन सम्बन्धी सामग्री सेयर गर्दा निकै कम फाइदा प्राप्त हुने बार भनेको आइतबार हो । ट्वीटरमा सबैभन्दा बढी सहभागी हुने बार ट्वीटरमा सबैभन्दा धेरै प्रयोगकर्ता आउने भनेको बुधबार र शुक्रबार हो । समयका आधारमा हेर्ने हो भने यी दुबै दिन विहान ९ बजे ट्वीटर चलाउनेहरु धेरै हुने अध्ययनले देखाएको छ । तर, शनिबार भने ट्वीटर चलाउनेहरुको संख्या असाध्यै कम हुने तथ्य फेला परेको छ । ट्वीटरमा उपभोग्य वस्तु सम्बन्धी पोष्ट गर्ने उपयुक्त समय ट्वीटरमा उपभोग्य बस्तुको बारेमा प्रचार प्रसार गर्ने सबैभन्दा राम्रो दिन भनेको आइतबार हो । आइतबार विहान ११ बजे उपभोग्य बस्तुको सम्भावित ग्राहक ट्वीटरमा बढी आउने गरेका रहेछन् । सबैभन्दा काम नलाग्ने दिन भनेको सोमबार नै हो । ट्वीटरमा संचार सामग्री सेयर गर्ने राम्रो समय र दिन ट्वीटरमा समाचारका लिंक तथा अन्य संचार सामग्री सेयर गर्ने सबैभन्दा राम्रो दिन भनेको बिहीबार र शुक्रबार हो । उपयुक्त समय भनेको बुधबार विहान ९ बजे तथा बिहीबार विहान ९ बजे र साँझ ८ बजे हो । यस्ता सामग्री सेयर गर्नको लागि पनि कामै नलाग्ने बार भनेको शनिवार हो । ट्वीटरमा शिक्षा सम्बन्धी सामग्री सेयर गर्ने राम्रो समय र बार ट्वीटरमा शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो दिन भनेको शनिबार हो । शनिबार अपरान्ह ५ देखि ६ बजेसम्म शिक्षा सम्बन्धी सामग्री ट्वीटरम सेयर गरे बढी प्रभावकारी हुने देखिएको छ । शिक्षा सम्बन्धी सामग्री पोष्ट गर्नको लागि पनि आइतबार राम्रो दिन होइन है । गैरनाफामुलक सामग्री ट्वीटरमा पोष्ट गर्ने दिन र समय ट्वीटरमा गैरनाफामुलक सामग्री पोष्ट गर्ने हो भने त्यसको लागि पनि उपयुक्त बार र समय अध्ययनले पहिल्याएको छ । यस्ता सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको बुधबार नै हो । बुधबार विहान ७ बजे पोष्ट गरेका सामग्री धेरै मानिसले देख्न पाउने छन् । किनभने यस्ता सामग्री हेर्नेहरु सोही बारको सोही समयमा बढी आउने गरेका छन् । गैरनाफामुलक सामग्री पोष्ट गर्ने खराब दिन भनेको शनिवार हो । ट्वीटरमा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय ट्वीटरमा प्रविधि सम्बन्धी सामग्री पोष्ट गर्ने सबैभन्दा राम्रो बार भनेको मंगलबार र बुधबार हो । मंगलबार विहान ९ प्रविधि सम्बन्धी सामग्री खोज्ने ट्वीटर युजर बढी आउने गर्छन् । आइतबार भने यस्ता सामग्री पोष्ट गर्नु राम्रो हुँदैन । किनभने आइतबार यस्तो सामग्री खोज्ने युजर ट्वीटरमा आउँदैनन् । स्वास्थ्य सम्बन्धी सामग्री ट्वीटरमा पोष्ट गर्ने राम्रो दिन र समय ट्वीटरमा स्वास्थ्य सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने सकेसम्म बुधबार छान्नुहोस् । यो दिन यस्ता सामग्री खोज्ने ट्वीटरमा प्रयोगकर्ता धेरै पाइन्छ । समयको आधारमा भन्ने हो भने बुधबार बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म यस्ता सामग्री पोष्ट गर्नु उपयुक्त हुन्छ । तर, स्वास्थ्य सम्बन्धी सामग्री आइतबार पोष्ट नगर्नु नै जाती । किनभने आइतबार स्वास्थ्य सामग्री खोज्ने प्रयोगकर्ताको संख्या नगन्य हुन्छ । ट्वीटरमा फाइनान्स सम्बन्धी सामग्री पोष्ट गर्ने राम्रो दिन र समय ट्वीटरमा फाइनान्स सम्बन्धि सामग्री पोष्ट गर्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा राम्रो बार मंगलबार हो । समयका आधारमा भन्ने हो भने मंगलबार विहान १ बजेदेखि विहान ५ बजेसम्म र आइतबार २ बजे सबैभन्दा राम्रो समय भएको अध्ययनले देखाएको छ । शनिवार यस्ता सामग्री पोष्ट गर्नुको खासै अर्थ छैन । किनभने शनिवार फाइनान्स सम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ता ट्वीटरमा निकै कम आउँछन् । ट्वीटरमा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने उपयुक्त समय र बार ट्वीटरमा मनोरञ्जन सम्बन्धी सामग्री पोष्ट गर्ने सोंचमा हुनुहुन्छ भने अध्ययनले शुक्रबारलाई सबैभन्दा राम्रो दिन भनेको छ । समयका आधारमा हेर्दा शुक्रबार विहान ९ बजे मनोरञ्जनसँग सम्बन्धित सामग्री खोज्ने ट्वीटर युजर बढी आउने गरेका छन् । शनिवार र आइतबार यस्ता सामग्री ट्वीटरमा राख्नुको खासै अर्थ छैन । किनभने युजर निकै कम पाइन्छ ।

एनसेलले घटायो अफ नेट र अन नेट कलको शुल्क, अब प्रतिमिनेट कति लाग्छ ?

काठमाडौं । एनसेल आजियाटाले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफ नेट र अन नेट कलको शुल्क घटाएकाे छ । कम्पनीले कार्तिक ०५ बुधबारबाट उक्त अफरमा आकर्षक सुविधा थपेको छ । यससँगै एनसेलका प्रिपेड ग्राहकले याे चाडपर्वको अवसरमा एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधबारबाट (कार्तिक ०५) आकर्षक सुविधा थपेको छ । जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहित मात्र रु १.२८ मा कुरा गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा रु २.५४ प्रति मिनेट शुल्क लाग्दछ । यसका साथै एनसेलले यही योजना अन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र रु ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान रु २.५४ प्रति मिनेट शुल्क लाग्दछ । इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्छन् । ७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र रु ९५.७७ मा ७०० मिनेट अन नेट टक टाइम (७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ) प्राप्त गर्दछन् । त्यस्तै गाहकले मात्र रु १९१.५४ मा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र रु ३८१.७९ मा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् । चाडवाडको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमा थप सुविधा सहित अन्य नेटवर्कमा र एनसेल नेटवर्कभित्रै पनि अझै सुलभ दरमा भ्वाइस सेवा सुनिश्चित गर्न पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । आकर्षक भ्वाइस प्याकमा अझै बढि सेवा सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै चाडपर्वको समयमा शुभकामना आदानप्रदान गर्न तथा आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । आफ्नो थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै इण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।