दराजको ब्यापारमा उछाल, पछिल्ला सबै रेकर्ड ब्रेक

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले कोभिड १९ को बावजुद ११–११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ । ११–११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.५२ करोडको बिक्री दर्ता गरेहको छ । जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो। अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो भने ७ हजारभन्दा बढी विक्रेताहरूले २८ विभिन्न शहरहरूमा व्यापार गर्न सफल भएको जनाएको छ । वालेट र कार्ड मार्फत गरिने अनलाईन पेमेन्टमा पनि गत वर्ष भन्दा उल्लेखेनिय बढी वृद्धि भएको विज्ञप्ती मार्फत जनाएको छ । देखियो जुन पुरै सेल को ४५ प्रतिशत थियो। समग्रमा, यसपाली को ११ ११ मा गत बर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको छ । अभियानको उल्लेखनीय हाइलाइटहरू मध्ये, पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो। बजारमा महामारीको कारण कम व्यापार भैरहेको बेला, ११.११ धेरै व्यवसायहरूको लागि सफलता मिलेको बताइएको छ । यस्तो चुनौतीपूर्ण अवस्थाको बाबजुद पनि, नेपालमा सफलतापूर्वक ११.११ तेस्रो पटक आयोजना गर्न सकेकोमा दराजले खुसी व्यक्त गरेको छ । दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले उपभोक्ता र विक्रेता दुवैको लागि केहि सकारात्मक चिज ल्याउन सकेकोमा खुसी वयक्त गरे । आर्थिक स्थितिलाई ध्यानमा राख्दै ११–११ जस्ता सेल अभियानहरुले ठूलो रूपमा साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म पाउने उनको भनाई छ । यस वर्षको ११–११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, विक्रेताहरू, आएको उनले बताए ।

हेलो नेपालको टावरमा आगजनी

फाइल फाेटाे डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भीक अनुमान छ । रासस

सुबिसु मानर्समा हस्ताक्षर गर्ने नेपालकाे पहिलाे इन्टरनेट सेवा प्रदायक कम्पनी

काठमाडाैं । सुबिसु मानर्समा हस्ताक्षर गर्ने नेपालकाे पहिलाे इन्टर्नेट सेवा प्रदायक(आइएसपि) कम्पनी बनेकाे छ । नेपाल दुरसन्चार प्राधिकरणकाे साइबर सेक्युरिटीकाे कानुनमा हरेक आइएसपि, एनएसपि, टेलक्सले अनिवार्य रुपमा लागु गर्नुपर्ने प्रावधान रहेकाे छ जसमा सुबिसु  हस्ताक्षर गर्ने नेपालकाे पहिलाे आइएसपि बनेकाे हाे । मानर्स राउटिङ सेक्युरिटीकाे लागि परामर्श दिनकाे लागि इन्टरनेट साेसाइटीले सुर गरेकाे कार्यक्रम हाे जसले इन्टरनेट राउटिङमा हुने समस्यहरुलाई दिर्घकालिन रुपमा समधान गर्दछ . यसले राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठुलाे भुमिका खेल्दछ । इन्टरनेछ जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटनाहरु घटिरहेका छन् जसले गर्दा ग्लाेबल इन्टरनेटमा नै विभिन्न समस्यहरु आइपर्ने गर्दछ जस्तै राउट हाइज्याकिङ, राउट लिक, आइपि एड्रेस स्पुफिङ लगायतका नकरात्मक गतिविधीहरुले ठुलाे क्षति पुराउँदछ । यस्ता समस्याहरुलाई समधान गर्नकाे लागि कम्पनीले यसमा हस्ताक्षर गरेकाे सुबिसुले जनाएकाे छ ।