राष्ट्र बैंकले बनायो क्युआर कोड मस्याैदा, राय सुझावको माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्विक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवद्र्धन तथा नियमन गर्नको लागि क्युआर काेड मस्याैदा तयार गरेकाे हाे । बैंकले नेपाल क्युआर स्टाण्र्डडाइजेसन फ्रेमवर्क एण्ड गाइडलाइनको मस्यौदा तयार गरेको हो । राष्ट्र बैंकले मस्यौदा अध्ययन गरी त्यसमाथि राय सुझाव दिन पनि आग्रह गरेको छ । राष्ट्र बैंकले माघ ३० गते भित्र सुझाव सल्लाह दिन पनि आग्रह गरेको हो ।

दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न ६ कम्पनी छनाेटमा, ६० लाख बजेट विनियोजन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी छनोट गरेको छ । प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न गत कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा परेका आवेदनमध्येबाट पहिलो चरणमा मूल्याङ्कनका आधारमा छ वटा कम्पनी छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स, प्रोफेसनल बिजनेशन नेटवर्क बानेश्वर, स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्चको जेभीका रुपमा जय बागेश्वरी कन्ट्रक्सन एण्ड सप्लायर्स चक्रपथ ललितपुर र इ-कोइल प्रालिको जेभीका रुपमा जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर प्रालि तिनकुने काठमाडौं रहेका छन् । यसैगरी, इन्क्लुसिभ एभरेस्ट माइक्रोटेक जेभी र इन टेल्को सोलुसन प्रालि बालकुमारी ललितपुर छनोट भएका छन् । प्राधिकरणले छनोटमा परेका कम्पनीसँग दूरसञ्चार सेवाको गुणस्तर परीक्षणको आर्थिक र प्राविधिक प्रस्ताव माग गर्नेछ । छ कम्पनीले दिएको प्रस्तावका आधारमा प्राधिकरणले एक उत्कृष्ट कम्पनी छनोट गरिने प्रवक्ता अर्याल बताउँछन् । उक्त कार्यका लागि प्राधिकरणले ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । रासस

भारतले टिकटक लगायत ५९ एपमाथि प्रतिबन्ध लगायो

एजेन्सी । भारत सरकारले ५९ वटा चिनिया एपमाथि प्रतिबन्ध लगाएको छ । टिकटक, विच्याट, हेलो, अलिबाबा, सेयरइट्, बिगो लाइभ, क्याम स्क्यानर, कल्यास अफ किंग्स, बाइडु, अलिबाबाज् युसि ब्राउजर, क्लब फ्याक्ट्री, एमआइ भिडिओ कल लगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । सीमा सुरक्षाको कारण जनाउँदै भारत सरकारले सूचना प्रविधि ऐन अनुसार चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । गत साता भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले स्थाथी प्रतिबन्ध लगाउन सूचना जारी गरेको हो । स्थायी रुपमा प्रतिबन्ध लगाइएका एप भारतीय इन्टरनेट स्पेसमा सेन्सर गरिएको छ । गत वर्ष भारतले २ सय ६७ एपमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउनु अगाडी भारत सरकारले कम्पनीहरुलाई डेटा कलेक्सन, डेटा प्रोसेसका बारेमा जिज्ञासा राखेको थियो । कम्पनीहरुको जवाफबाट सन्तुष्ट नभएपछि सरकारले स्थाथी प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो । पछिल्लो समय भारत–चीन सिमानामा झडपका घटनाहरु भईरहेका घटना सार्वजनिक भएका थिए । भारतले चिनियाँ एपहरुका कारण थप सुरक्षा खतरा बढाउने निष्कर्ष निकालेको हो । भारत सरकारले चिनियाँ एपको प्रभाब घटाउन यो कदम चालेको हो । दुई देशबिच सीमा विवाद बढिरहँदा चिनियाँले आफ्ना नागरिकको डेटा दुरुपयोग गरेको र भारत बिरोधी गतिबिधी गरेको भारतको आरोप छ । चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउनु अगाडी गत हप्ता सूचना जारी गरिएको थियो । हिंसात्मक भडपमा २० जना भारतीय सैनिक मारिएपछि भारतले कठोर निति अपनाएको हो । चिनियाँ सामान, सफ्टवेयर र एप बहिस्कार गर्नुपर्ने आवाज चर्को रुपमा उठ्दै गएपछि भारतले यस्तो कदम चालेको हो ।