एलन मस्कको टेस्ला कम्पनीले १.५ बिलियन डलर बिट्क्वाइनमा लगानी गर्ने
एजेन्सी । एलन मस्कको टेस्ला कम्पनीले १.५ बिलियन डलर बिट्क्वाइनमा लगानी गर्ने जनाएको छ । पछिल्लो समय विद्युतिय मुद्रा बिट्क्वाइनको प्रयोग बढ्दै गएको छ । टेस्लाले विद्युतीय गाडी किन्ने उपभोक्ताबाट नगदको सट्टा विद्युतिय मुद्रा बिट्क्वाइनको प्रयोगलाई नै बढी मान्यता दिने भएको छ । टेस्लाका सिईओ एलन मस्कले बिट्क्वाइनको प्रयोगलाई महत्व दिएका हुन् । यस वर्ष बिट्क्वाइनको महत्व ५० प्रतिशतले बढेको फाइनान्सियल एक्सप्रेस डट्कम ले जनाएको छ । एलनले सोसल मिडियामार्फत बिट्क्वीनको प्रचार–प्रसार गर्दै आएका थिए । सन् २०२१ को जनवरीमा टेस्लाले नगद भन्दा बिट्क्वाइनलाई बढी प्राथमिकता दिने लक्ष्य लिएको छ । आगामि दिनमा टेस्लाका उत्पादनहरु खरिद गर्न अब नगदको सट्टा बिट्क्वाइन प्रयोग गर्न सकिनेछ । टेस्लाले अमेरिका र विश्व बजारमा विट्क्वाइनको प्रयोग बढाउने लक्ष्य लिएको छ । गत अक्टोबरमा पेपलले उपभोक्ताहरुलाई क्रिप्टोकरेन्सीमा जोड दिने घोषणा गरेको थियो । १२ वर्ष पुरानो बिट्क्वाइन सन् २०२० पछि आएर यसको मूल्य बढेको थियो । ‘सम्भबत: यो क्रिप्टोकरेन्सी उद्योगकै सबैभन्दा ठूलो विकास हो ।’ थिंकमार्केट्सका फवाद राजाक्जादाले भनेका छन् । टेस्ला कम्पनी अटो बजारका क्षेत्रमा मुख्य खेलाडी बन्ने भएको छ । आउने दिनमा नगदको सट्टा डिजिटल करेन्सीलाई यसले स्थापित गर्ने रणनिती लिएको छ । मार्केट्स डट्कम का चिफ मार्केट्स विश्लेषक नेइल विल्सनका अनुसार टेस्लाको यो घोषणाले बिट्क्वाइनको कारोबारलाई अझ बढाउने छ । एलनको प्रभावले क्रिप्टोकरेन्सीको बजारलाई थप बढावा दिने विश्वास गरिएको छ ।
एलन मस्कको हाई स्पिड स्याटेलाइट इन्टरनेट भारत भित्रिदै
काठमाडौं । विश्वकै दोस्रो धनी व्यक्ति हुन् एलन मस्क । नयाँ–नयाँ प्रयोग गर्नमा उनी माहिर छन् । चन्द्रमामा बस्ति बसाउन आफ्नो कमाईको आधा कमाई खर्चिने घोषणा गरिसकेका एलनले व्यापारका लागि एशियातिर आँखा लगाएका छन् । एलनको कम्पनी स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कर्पोरेसन (स्पेस एक्स) ले भारतमा सस्टारलिङ्क प्रोजेक्ट अन्तरगत स्याटेलाइट इन्टरनेट सेवा दिने भएको छ । अमेरिकी मिडिया न्युयोर्क टाइम्सका अनुसार स्पेस एक्सले पहिलो चरणमा एक सय एमबीपीएस गतिको स्याटेलाइटमा आधारित इन्टरनेट सेवा दिनेछ । इन्टरनेटका लागि ठूलो बजार मानिने भारतमा भारतीय टेलिकम क्षेत्रमा हाल भारतकै सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स जिओको दबदबा छ । अब विश्वकै दोस्रो धनी व्यक्ति एलन मस्कले उक्त कम्पनीलाई टक्कर दिनसक्ने देखिएको छ । यो प्रोजेक्टका लागि कम्पनीले एक ट्रिलियन अमेरिकी डलर बजेट समेत छुट्याईसकेको छ । कम्पनीले भारतपछि चीनमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ । एलन मस्कको कम्पनीले भारत सरकारसँग स्याटेलाइटमा आधारित ब्रोडब्याण्ड प्रविधि सञ्चालनका लागि अनुमतिपत्र माग गरेको छ । कम्पनीले सबै भारतीयहरुलाई लक्षित गर्दै ब्रोडब्याण्ड कनेक्टिभिटी पुर्याउने उद्देश्य राखेको छ । एलन मस्कको कम्पनी स्पेश एक्सका अनुसार यो इन्टरनेट सेवा सस्तो र छिटो हुने छ । भारतमा झण्डै ७० करोड इन्टरनेट प्रयोगकर्ता रहेको अनुमान छ । हरेक वर्ष यो संख्या थपिने क्रम तिब्र रुपमा बढिरहेको छ । अबको चार वर्षभित्र इन्टरनेट प्रयोगकर्ताको संख्या ९७ करोड ४० लाख पुग्ने अपेक्षा गरिएको छ ।
अमेजनको सीईओ एन्डी जेस्सीले सम्हाल्ने
एजेन्सी । अमेजन कम्पनीमा सीईओको जिम्मेवारी एन्डी जेस्सीले सम्हाल्ने भएका छन् । हाल उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । आगामी जुलाई महिनाबाट लागू हुने गरी कम्पनीको सीईओबाट जेफ बेजोसले राजीनामाको घोषणा गरेका छन् । हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेका जेस्सी अमेजन कम्पनीको सुरुवात देखि नै जोडिएका थिए । सुरुमा उनी मार्केटिक व्यवस्थापकका रुपमा अमेजनमा प्रवेश गरेका थिए । कम्पनीमा उनले प्राविधिक सहायकका रुपमा पनि काम गरेको अनुभव छ । उनले बिभिन्न भूमिका निर्वाह गरेका छन् । विश्वमा नम्वर वान कम्पनी बनाउनमा जेस्सीलाई श्रेय जान्छ । ५३ वर्षिय जेस्सीको अमेजन कम्पनीमा जेस्सीको ३ करोड डलर बराबरको शेयर छ । उनको आधारभूत वार्षिक तलब १ लाख ७५ हजार डलर रहेको थियो ।