आफ्नै स्याटेलाईट राख्न दूर सञ्चार प्राधिकरणको आशयपत्र आह्वान
काठमाडौ । नेपाल दूर संचार प्राधिकरणले नेपालमा आफ्नै स्याटेलाईट राख्नकालागि आशयपत्र माग गरेको छ । दूर संचार प्राधिकरणले दुई साताको समय तोकेर आशय पत्र माग गरेको हो । २ साता अघि नै स्याटेलाईट सम्बन्धि पुरानो प्रस्ताव रद्ध गरिएको थियो । आगामी दिनमा नयाँ ढंगले काम गर्ने उदेश्यका साथ प्राधिकरणले आशय पत्र माग गरेको जनाएको छ । आगामी दिनमा स्याटेलाईट संचालनको ढाँचा तयार गरिने तथा सोही अुनुसार नीति तर्जुमापनि गरिने प्राधिकरणले बताएको हो । प्राधिकरणले सोही विषयमा अन्तर्राष्ट्रिय परामर्शदाताहरुसँग आशयपत्र माग गरेको हो । प्राधिकरणले माग गरेको अवधि २ साता रहेको जनाएको छ । नेपाल दूर संचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अुनसार नेपालको आफ्नै भू–उपग्रह राख्न आवश्यक छ । आशयपत्रमा अनुभव तथा योग्यता भएका परामर्शदाताहरुको माग गरिएको छ । अनुभवका आधारमा ५० प्रतिशत, क्षमताका आधारमा १० प्रतिशत तथा योग्यताका आधारमा ४० प्रतिशत परामर्शदाता छनोट गर्ने नेपाल दूर संचार प्राधिकरणले जनाएको छ । स्याटेलाईट सम्बन्धि परामर्शदाताले संचालन ढाँचा समेत तयार पार्नु पर्नेछ । आगामी आर्थिक वर्षसम्ममा नेपालले आफ्नै स्याटेलाईट राख्ने तयारी गरेको दूर संचार प्राधिकरणले बताएको छ । दूर संचार प्राधिकरणले ३ वर्ष अगाडी जारी गरेको आशयपत्रमा २२ वटा कम्पनीहरुले जागरुपता देखाएका थिए भने १२ वटा देशहरु सहभागी भएका थिए । यसअघिको आशयत्रमा विभिन्न २२ कम्पनीहरुले चासो देखाएका नेपाल दूर संचार प्राधिकरणका प्रवक्ता अर्यालले बताएका हुन् ।
कोरोनाको कारण विदेशमा ज्यान गुमाएका ७९ परिवारलाई आइएमई पेको साढे ३९ लाख सहयोग
काठमाडौं । विदेशमा कोरोना भाइरसको संक्रमणमा परेर मृत्यु भएका परिवारलाई आइएमईपेले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । आइएमईपेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी काेराेना भाइरसको कारण मृत्यु भएका परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कोरोना भाइरसको कारण विदेशमा मृत्यु भएका श्रमिकहरुका आफन्तहरुलाई सहयोग गर्ने उद्धेश्यले आइएमई भरोशा कोषको रकम हस्तान्तरण गरेकाे बताएकाे हाे । आइएमईपेले ७९ जना पीडित परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पीडितहरुलाई चेक हस्तान्तरण गरेका हुन् । उनले चेक हस्तान्तरण कार्यक्रममा बोल्दै पीडित परिवारको घाउमा मल्हम लगाउने उद्धेश्यले सानै भएपनि सो रकम सहयोग गरेको बताए । ‘म आफै पनि कोरोना संक्रमित भएँ, कोरोना भाइरस संक्रमित र संक्रमितका परिवारलाई हुने पीडा मैले आफैले महसुस गरेको छु, हामीले हाम्रो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम सहयोग गरेका छौं, यसले थोरै भएपनि पीडितको घाउमा मल्हम लाग्छ,’ उनले भने । यस्तै, कार्यक्रममा आइएमईपेका प्रवन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको निधन हुनु धेरै दुखद भएको भन्दै पीडित परिवारहरुलाई सहयोग गरेकाे बताए । ‘हामी सबैले एक अर्कालाई सहयोग गर्ने बानी बसालौं, यो एउटा हाम्राे सुरुवाती मात्र हो, भोलि हामी जस्तै धेरै संस्थाहरुले पनि यस्तो अभ्यास गरुन् भन्ने हाम्रो सोच हो, ’ उनले भने । यस्तै, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत पोखरेरले पनि भरोशा कोष स्थापनाको उद्धेश्यमाथि प्रकाश पारे । उनले संस्थाको उद्धेश्य नाफा हेर्ने मात्र नभई संस्थागत सामाजिक उत्तरदायित्व पनि भएकोले तयसको उद्धेश्य र पीडित परिवारहरुको घाउमा मल्हम लगाउने प्रयास आफुहरुले गरेको बताए । कार्यक्रममा आईएमईपेका ब्राण्ड एम्बास्डर दिपकराज गिरी र दिपाश्री निरौला पनि उपस्थित थिए ।
अब एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने, लक्ष्मी बैंकले भित्र्यायाे यस्ताे सुविधा (भिडियाे सहित)
काठमाडाैं । लक्ष्मी बैंकले एटीएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि ‘कार्ड-रहित एटीएम’ सुविधा ल्याएकाे छ । जुन नेपालमै पहिलो पटक लक्ष्मी बैंकले भित्र्याएको हो । यससँगै अब लक्ष्मी बैंकको एटीएमबाट पैसा झिक्न बैंककाे एटीएम कार्ड नचाहिने भएको छ । यसकाे लागि बैंकको मोबाईल एपमा रहेको एक सुविधा प्रयोग गरेर सजिलै एटीएमबाट कार्ड बिना नै पैसा झिक्न सकिनेछ । बैंकको मोबाइल बैंकिंग एप- “मोबाइल मनि” र आफ्नो मोबाइलमा इन्टरनेट भएपछि एटीएमबाट पैसा झिक्दा कार्ड नचाहिने भएकाे हाे । साथै, ग्राहकले बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनु पर्ने बैंकले जानकारी गराएकाे छ । कस्ताे छ प्रक्रिया ? बैंकका अनुसार यो सुविधा प्रयोग गर्न खासै गाह्रो छैन । ग्राहकले आफ्नो मोबाइल मनिमा लग-इन गर्ने बितिकै “कार्डलेस विथ-ड्र” भन्ने अप्सन देख्नेछन् र यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ । त्यसपछि “कन्फर्म” गर्नका लागि आफ्नो एम-पिन वा फिंगर-प्रिन्ट स्क्यान गर्नु पर्नेछ । त्यसपछि ग्राहकले आफ्नो फोनमा (मोबाईल मनिमा दर्ता भएको नम्बरमा) “ओटिपि कोड” एसएमएसको रुपमा प्राप्त गर्ने छन् । जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओ.टि.पि. कोड केहि समयसम्मका लागि मात्र प्रयोग गर्न सकिने बैंकले जानकारी गराएकाे छ । यससँगै एटीएम बुथमा एटीएममा पनि कार्ड हाल्नु अगाडिनै ग्राहकले “कार्ड-रहित” भन्ने अप्सन देख्न सक्नेछन् । र, सो अप्सन छानिसके पछि आफ्नो मोबाइल मनिमा दर्ता भएको नम्बर हाल्नु पर्ने हुन्छ। त्यसपछी ग्राहकले प्राप्त गरेका ओटीपी कोड र मोबाईल मनिमा अनुरोध गरिएको रकम हालेपछि ग्राहकले एटीएमबाट नगद प्राप्त गर्न सक्नेछन् । तर एटीएममा र मोबाईल मनिमा हालिएको रकम कम वा बढी हुनुहुँदैन । यसकाे मतलब बराबर हुने पर्ने छ । यो नौलो प्रविधिकाे फाईदा भनेको आफुले एटीएम कार्ड बोकी राख्न पर्दैन । यदी कारणबस आफ्नो कार्ड बिर्सिए तापनि स्मार्ट कार्ड-रहित एटीएम सुविधाद्वारा एटीएमबाट पैसा झिक्न सकिनेछ । र, यति मात्र नभई नेपाल भरि लक्ष्मी बैंकको एटीएमको माध्यमबाट आफुले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सक्ने बैंकले जनाएकाे छ । तर ओटीपी कोड पठाउँदा भने केही सावधानी अपनाउनु पर्ने हुन्छ । भिडियाे सहित