धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण शुरु, दैनिक १२ सय परीक्षण हुने

काठमाडौं । धरानको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । गत आइतबारबाट कोरोना परिक्षण सुरु भएको हो । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौंको टेकु अस्पतालमा मात्र हुँदै आएको थियो । सरकारका सात वटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो । मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए । कोरोना ल्याब परीक्षण प्रक्रियाबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले जानकारी गराएका थिए । प्रतिष्ठानमा शुरु भएको ल्याबबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने भट्टराईले जानकारी दिए ।

ग्राहकलाई प्रोत्साहन गर्न एनसेलले नेटवर्कको नाम स्टेहोम राख्दै

काठमाडौं । एनसेलले सामाजिक दुरी कायम राख्नका लागि नेटवर्कको नाम स्टेहोम राख्दै छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको हो । उक्त सिग्नल स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ । अहिले विश्वभर कोभिड १९को महामारी फैलिएसँगै यो संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्तालाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो । स्मार्टफोन निमार्ताका आ–आफ्नै विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा यो सन्देश नदेखिन एनसिलले जानकारी दिएको छ ।

मेडिको नेपालले अब दिनेछ कोभिड १९ स्वास्थ्य सम्बन्धि सिधा हटलाइन

काठमाडौं । मेडिको नेपाल जसले जनताको स्वस्थ्य सम्वन्धी चासो जिज्ञासा लाई बुझि स्वास्थ्य सहजकता प्रस्तुत गरी जनतालाई सेवा प्रदान गर्दै आएको छ । अहिले चीनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुरु भई कोभिड १९ अहिले विश्वभरमा माहामारीको रुपमा फैलिरहेको छ । कोभिड १९ को माहामारीलाई मध्यनजर गरी मेडिको नेपालले नेपाली जनताहरुलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको हो । मेडिको नेपाले आफ्नो वेवसाइट (www.mediconepal.com)र मोबाइल एप्लिकेसनमा जनताहरुको कोरोना भाइरससँग सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्घारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने छ । आपतकालिन अवस्थामा घरमा बसिबसि स्वास्थ्यकर्मीहरुसँग सल्लाहा सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ । मोबाइल एप्स डाउनलोड गर्न https://bit.ly/2OdL1CG गर्नु पर्नेछ । वेवसाइट र एप्लिकेसनमा कोरोना भाइरस सम्बन्धी जानकारी जस्तै लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ । उक्त संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको तथा स्वास्थ्य परिक्षण, स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ । साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिनेछ ।