रियलमीकाे ‘जीटी’ स्मार्टफाेन छिटै सार्वजनिक हुँदै

काठमाडौं । विश्वमा तीव्र रूपमा आफ्नो बजार वृद्धि गर्दै गइरहेको स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन ‘रियलमी जीटी’ लाई मार्च ४ मा सार्वजनिक गर्ने भएकाे छ । ‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो । ‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो स्थान बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरिएकाे छ । हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्लैगसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन् । कम्पनीले ‘जीटी’ ब्राण्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाहरूको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको जनाएकाे छ ।  

भायानेटका वार्षिक ग्राहकलाई मात्र मासिक ८०० रुपैयाँमा इन्टरनेट र टिभी

काठमाडौं । भायानेटले आफ्ना ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । कम्पनीले वार्षिक ग्राहक बन्नेको लागि नयाँ अफर प्याकेज ल्याएको हो । यस अफर अन्तर्गत भायनेटको वार्षिक ग्राहक बन्नेले २० एमबिपिएस डाटा र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी मात्र मासिक ८ सय रुपैयाँमा प्रयोग गर्न पाउनेछन् । यसको लागि ग्राहकले एकैपटक एक वर्षको ईन्टरनेट र टिभी शुल्क गरी ९ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । भायानेट नेपालभरीिव्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक मध्येको एक कम्पनी रहेको छ ।

भारतमा ट्वीटरको विकल्प बन्दै कु एप, छिटै १२ भाषामा उपलब्ध हुने

एजेन्सी । भारतमा ट्वीटरको साटो ‘कु’ (Koo) नामक एप लोकप्रिय बन्दै गएको छ । यो एपले ‘आत्मनिर्भर एप च्यालेन्ज २०२०’ बाट सम्मानित भईसकेको छ । भारत सरकार र ट्वीटरबीच द्वन्द्व बढ्दै गएपछि यो नयाँ एप प्रयोगमा आएको थियो । गत जनवरी २६ मा भारतको नयाँ दिल्लीमा भएको प्रदर्शनका बारेमा अफवाह फैलाएको आरोपमा भारत सरकारले ट्वीटरलाई केही एकाउन्टहरु बन्द गर्न आग्रह गरेको थियो । भारत सरकारको आग्रहलाई ट्वीटरले पालना नगरेपछि द्वन्द्व बढ्दै गएको थियो । मोदी सरकारले विपक्षी दलका नेता, केही मिडिया तथा पत्रकार लगायतको एकाउन्ट बन्द गर्न आग्रह गरेको थियो । त्यसपश्चात सरकारी तहबाटै ट्वीटरलाई वहिष्कार गर्दै नयाँ एप कु को प्रयोग बढेको थियो । हाल ‘कु’ एप अंग्रेजी सहित पाँच भाषामा उपलब्ध छ । डेभ्लपरले यसलाई १२ वटा भाषामा सञ्चालन गर्न लागेको जि न्युजले लेखेको छ । आत्मनिर्भर एप च्यालेन्ज २०२० बाट सम्मानित भईसकेको कु एप आउने दिनमा विश्व स्तरमै उत्कृष्ट बन्ने जि न्युजले दावी उल्लेख गरेको छ । गत वर्षको मार्चमा यो एपको लन्च गरिएको थियो । भारतीय अधिकारीहरुले खुलेर यस एपको प्रयोग गर्न प्रचारप्रसार गरिरहेका छन् ।