सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्यूआर कोड, सर्वसाधारणलाई सहज हुने
काठमाडौं । अब सातै प्रदेशमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा प्रयोग गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्यले एउटा अभियान स्वरुप माछापुच्छ्रे बैंकले सातै प्रदेशका विभिन्न ठाउँमा क्यूआर कोडको सेवा उपलब्ध गराएको हो । आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँचबिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रेबैंकले देशका सातै प्रदेशमा क्यूआर कोड सेवा सुरुवात गरेको छ । चैत्र ८ गते आइतवार नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्द प्रसादनागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्कायातायात, नमुनाहङकङ बजार हटियालाईन गरि ४ स्थानमा क्यूआ कोड सेवाको सुरुवात गरेका छन् । त्यसै गरि नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले चैत्र १० गते मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमानेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलको प्रमुख आतिथ्यतामा व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गएिको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरि क्यूआर कोड सेवा सुरु गरिसकेको छ । आफुले प्रयोग गरेको वस्तुतथा सेवाकोआफ्नै बैंक खातामार्फत डिजिटलभुक्तानीगर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिनआफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्मजानुनपर्ने लगायतकाथुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमाआर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमाआक्रमक रुपमा यो सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले देशकाविभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतकाविभिन्नव्यसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहनगरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँनपुगेकाअन्य धेरै स्थान र क्षेत्रमापनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवाविस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरतादिदै जानेछ ।
आइएमई पे एपबाट सबै क्युआर काेड स्क्यान गर्न मिल्ने
काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर काेड स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । याेसँगैं सबै क्युआर काेड स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप बनेकाे कम्पनीकाे दाबी छ । नेपालमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आफुहरुकाे यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको कम्पनीले जनाएकाे छ ।
ज्योति लाईफको वैदेशिक रोजगारी म्यादी बीमा अब खल्तीबाट तिर्न सकिने
काठमाडाैं । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योति लाईफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ । शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको उक्त कम्पनीले खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो । यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गरी बीमालेख जारी गर्नुपर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण बिमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।