धरान उपमहानगरको कर तथा राजस्व अबदेखि इ-सेवा मार्फत भुक्तानी गर्न सकिने
धरान । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इ-सेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि धरान नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इ-सेवाबाटै भुक्तानी गर्न सक्ने भएका छन् । इ-सेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इ-सेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन् । स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड-१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित बनाउने इ-सेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले बताए । नगरबासीले दुई तरिका बाट इ-सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् । यसकाे लागि नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इ-सेवाको मोबाईल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेभसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।
निश्चल बस्नेत र स्वस्तिमा खड्का बने भायानेटको ब्राण्ड एम्बेसडर
काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले ब्राण्ड एम्बेस्डरको प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले भायानेटले आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि यो जोडिलाई आवद्ध गरेको जनाएको छ । विगत २० वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटकाे सेवाहरु निकै राम्रो र विश्वासिलाे भएकाेले आफुहरुले यसमा आवद्ध भएकाे कलाकार बट्ठनेतले बताए । भायानेटका सिईओ सेवा पाठकले भायानेटको लागि ब्राण्ड एम्बेस्डरको रुपमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको आवद्ध गर्न पाउँदा हामी ज्यादै खुशी भएको बताइन् ।
कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे, खर्चहरुको व्यवस्थापन गर्न सकिने
काठमाडौं । वित्तीय क्षेत्रमै कर्पोरेट क्रेडिट कार्ड जारी गर्नेमा एनएमबी बैंक पहिलाे भएकाे छ । बैकले ‘एनएमबि बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड’ प्रस्तुत गरेको छ जुन व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिने छ । बैंकका अनुसार यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिंग र व्यवसायसंग सम्बन्धित अन्य खर्चहरुको व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिने कम्पनीले जनाएकाे छ । ‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा उहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौं ।’, बैंकले बतायाे ।