फागुन १३ गते ‘डिजिटल लर्निङ डे’ कार्यक्रम हुँदै
काठमाडाैं । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको विषयमा वकालत गर्न डिजिटल लर्निङ दिवस फागुन १३ गते हुने भएकाे छ । निमा एजुकेशन फाउन्डेशनले संचालन गर्ने यस कार्यक्रममा शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने विधिहरुकाे बारेमा जानकारी दिइन्छ । फाउन्डेशनले दुई वर्षअघि डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ यस कार्यक्रमकाे सुरुवात गरेको हो । शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताउँछिन् । ‘यस वर्ष हामी फेरि नयाँ कार्यक्रमको साथ मानिसहरूमा डिजिटल शिक्षाको चेतना जगाउनका लागि आउँदै छौं’, उनले भनिन् । यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ । यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ । कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रमहरू हुनेछन् । यस्तै कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनुकाे साथै २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत हुनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुने जाेशीले जानकारी दिइन् ।
प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण रुपमा स्वचालित हुने
काठमाडौं । प्राइमलाईफ इन्स्युरेन्स कंम्पनी लिमिटेडले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको सुरु गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमाकारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्युरेन्स कम्पनी भएको बताइएको छ । हालकम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ । यस व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डरभुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालनथप छरितो र सहज हुने विश्वास लिएको छ । प्राइमलाईफ सँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमाशूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेक्ट आइपीएसबाट भइरहेको छ भने ४ वटा बीमाकम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् । एनपीआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरी सञ्चालनमा रहेको छ । जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
एनआईसी एशिया बैंकको साइबरसोर्सलाई फिनटेकले व्यवसायीमाझ पुर्याउने
काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पु¥याउने भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको सेवा तथा सुविधा गर्न अनुमति प्राप्त गरेको फिनटेकले बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक साइबरसोर्स व्यवसायी माझ पुरयाउने जिम्मेवारी लिएको हो । गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास यस बैंकले लिएको छ । यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ । यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा मास्टरकार्ड, युनिअनपे लागयतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्नेछ भने नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित बस्तु तथा सेवाहरूको सर्वसुलभ रुपमा अन्तर्राट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुगि व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताएको छ । बैंक र उक्त फिनटेक कम्पनी बीचको सहकार्यबाट आगामी दिनहरूमा देशका अन्य फिनटेक कम्पनीहरूसँग सहकार्य गर्दै आम नागरिकहरूसमक्ष डिजिटल बैंकिङ्गको पहुँच पु¥याउन सहयोग पुग्नेछ पनि विश्वास लिएको छ । एनआइसी एशिया बैंकको मुलुकभर रहेका ३ सय ३९ शाखा कार्यालयहरू, ४ सय ७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहका साथ सञ्चालनमा रहेको यस बैंकको गत आवमा २ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको बताएको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको बताएको छ ।