शे फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाइफाइ सेवा

काठमाडौं । ‘सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने’ आफ्नो मुख्य उद्देश्यलाई अनुसरण गर्दै वर्ल्डलिंक कम्युनिकेशन्सले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा शुरू गरेको छ । नेपालको प्रमुख तालमध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३ हजार ६ सय ६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्तर्गत नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ । निःशुल्क वाइफाइ सेवाको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गरेका हुन् । उदघाटन समारोहमा वल्र्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल , शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा अध्यक्ष निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्रबहादुर घर्ती उपस्थित थिए । सो उदघाटन समारोहमा बोल्दै वर्ल्डलिंक कम्यूनिकेशन्सका अध्यक्ष अग्रवालले नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको बताए । गास बास कपाससँग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ भन्दै उनले इन्टरनेटको प्रयोगले नेपालीको जीवनस्तरलाई परिवर्तन गर्न गर्न सक्ने बताए । ‘सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञान हासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ । आफू डाक्टर नभए पनि इन्टरनेटबाटै एक जना विमारीको लागि आफनो डाक्टर साथीसँगको सल्लाहले विमारीको उपचार फोक्सुण्डोमै गरेको उदाहरण छ, उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार रहेको छ तर, सोका लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्छ,’ अध्यक्ष अग्रवालले भने । फोक्सुण्डोसम्म इन्टरनेट पुर्याउन वल्र्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको अध्यक्ष अग्रवालले जानकारी दिए । अब फाईवर जडानको लागि योजना तयार गर्ने पनि उनले बताए । कर्णाली प्रदेश प्राकृतिक सुन्दराताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको मुख्यमन्त्री शाहीले बताए । कर्णाली प्रदेशमा उपलव्ध स्रोत साधन प्रचुर रहेको भन्दै उनले सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले सोको विश्व बजारमा पहिचान गराउन समस्या भएको उनको भनाइ छ । ‘कर्णाली प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व वजारमा पुरयाउने माध्यम सूचाना प्रविधि पनि एक होे , विकट स्थानमा बसोवास गरेका जनतालाई विश्वसमुदाय समक्ष जोडन सूचना र प्रविधि महत्वपूर्ण हुन्छ तर, नाफामुलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरुको कम चासो रहेका वेला सेवामुलक कार्यमा वर्ल्डलिंकले देखाएको अग्रसरताले सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घरपरिवार, साथी भाइसँग जोडिने तथा सम्पर्क विच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा म विश्वस्त छु, रारा महोत्सवले यो कुरा स्पष्ट पारेको पनि छ,’ मुख्यमन्त्री शाहीले भने । कर्णाली प्रदेशले कर्णाली पर्यटन वर्ष घोषणा गर्दा रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ल्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवाबाटै पर्यटन वर्षको उद्घाटन भएकोमा आजसम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै उनले सेवालाई गुणस्तरीय बनाउन फाईवरका लागि प्रदेश सरकार तयार रहेको बताए ।

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्यूआर कोड, सर्वसाधारणलाई सहज हुने

काठमाडौं । अब सातै प्रदेशमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा प्रयोग गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्यले एउटा अभियान स्वरुप माछापुच्छ्रे बैंकले सातै प्रदेशका विभिन्न ठाउँमा क्यूआर कोडको सेवा उपलब्ध गराएको हो । आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँचबिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रेबैंकले देशका सातै प्रदेशमा क्यूआर कोड सेवा सुरुवात गरेको छ । चैत्र ८ गते आइतवार नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्द प्रसादनागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्कायातायात, नमुनाहङकङ बजार हटियालाईन गरि ४ स्थानमा क्यूआ कोड सेवाको सुरुवात गरेका छन् । त्यसै गरि नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले चैत्र १० गते मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमानेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलको प्रमुख आतिथ्यतामा व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गएिको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरि क्यूआर कोड सेवा सुरु गरिसकेको छ । आफुले प्रयोग गरेको वस्तुतथा सेवाकोआफ्नै बैंक खातामार्फत डिजिटलभुक्तानीगर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिनआफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्मजानुनपर्ने लगायतकाथुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमाआर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमाआक्रमक रुपमा यो सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले देशकाविभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतकाविभिन्नव्यसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहनगरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँनपुगेकाअन्य धेरै स्थान र क्षेत्रमापनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवाविस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरतादिदै जानेछ ।

आइएमई पे एपबाट सबै क्युआर काेड स्क्यान गर्न मिल्ने

काठमाडौं । आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर काेड स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । याेसँगैं सबै क्युआर काेड स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप बनेकाे कम्पनीकाे दाबी छ । नेपालमा क्युआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आफुहरुकाे यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको कम्पनीले जनाएकाे  छ ।