माछापुच्छ्रे बैंकले एकैदिन ३ वटा प्रदेशका ४ स्थानमा शुरु गर्यो क्यूआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन ३ वटा प्रदेशका ४ स्थानमा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थामा उक्त सेवा शुरु गरेको हो । प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन त्यस्तै गरि गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमा गरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यूआरकोड सेवा शुरु गरेको हो । नगदरहित कारोबारलाई प्रर्वद्धन उद्देश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यूआरकोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । उक्त क्यूआर कोड सेवा सुरु भएसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

अब सर्वसाधारणले मोबाइलमा भएको ब्यालेन्सबाटै सामान किन्न सक्ने, टेलिकमले पायो डिजिटल भुक्तानीको अनुमति

काठमाडौं ।  अब सर्वसाधारणले आफ्नो मोबाइलमा भएकाे ब्यालेन्सबाट पनि सामान खरिद गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई डिजिटल भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति दिएसँगै नगरिकले टेलिकमबाट यस्तो सुविधा पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायकको रुपमा स्वीकृती दिएसँगै टेलिकमले पनि डिजिटल भुक्तानी सेवा प्रदायककाे रुपमा काम गर्न पाउने भएकाे हाे । टेलिकमले सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार पारेर गत पुसको अन्तिम साता राष्ट्र बैंकमा निवेदन पेश गरेको थियो । टेलिकमले तयार पारेको पूर्वाधारको अनुगमन गरि सेवा सञ्चालनको अनुमति दिईएको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले जानकारी दिए । उनका अनुसार टेलिकमले वितरण गरेको मोबाइल नम्बरलाई लिंक गरिएको छ, उक्त नम्बरका आधारमा टेलिकमले मोवाइल सेवाबाट हुने सम्पूर्ण कारोबारलाई समेटर फाइनान्सिङ कारोबार गर्नेछ । अब टेलिकमले सेवाग्राहीलाई उपलब्ध गराएको मोबाइल नम्बरमा रहेको ब्यालेन्सबाट सामान र सेवा खरिद गर्ने सेवा उपलब्ध गराउने छ । डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमका ग्राहकले मोबाइल मनी सेवा सञ्चालनका लागि रिचार्ज कार्डबाट समेत रकम लोड गर्न सकिनेछ । ‘मोबाइलमा रिजार्ड गर्दा मोबाइल मनी सेवामा गर्ने की सिमकार्डमा गर्ने भनेर दुई विकल्प राखिएको छ, ग्राहकले आफ्नो आवश्यकता अनुसार रिचार्ज गर्नसक्नुहुनेछ’, उनले भने । गत वर्ष नै नेपाल राष्ट्रि बैंक र नेपाल टेलिकमबिच डिजिटल पेमेन्ट सञ्चालनका लागि सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार बैंकले सैद्धातिक सहमति प्रदान गरिएका (आशयपत्र प्राप्त गरिसकेका) संस्थाहरु बाहेक नयाँ अनुपतिपत्र प्राप्त गर्ने कार्य स्थगन गरेको छ । हाल बजारमा आईएमई पे, इसेवा, सेलपे, खल्ती, प्रभु पे लगायत १४ डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीले सञ्चालन अनुमति पाएका छन् । सम्बन्धित सामग्री अब मोबाइलको सिमकार्डबाटै पसलदेखि बिजुलीको पैसा तिर्न सकिने

सामाजिक सञ्जालको दुरूपयोग गरेर साईबर अपराधका घटनाहरू बढ्दै

काठमाडौं । ३६ वर्षीय रमेश शाही ‘रवि’ ले परिचित महिला सल्यानीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पिडन कार्य गरे । सल्यान कुमख ४ सेराडाँडाशाहीले निरन्तर हैरानी दिन थालेपछि सल्यानीले प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दिईन् । विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएकोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमती लिएर शाहीलाई माघ ५ गते पक्राउ गरेर अनुसन्धान कार्य भईरहेको छ । रुपन्देही सैनामैना ६ का प्रज्वल पोखरेलले प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको आधिकारीक लोगो राखेरनक्कली फेसबुक पेज खोले । उक्त पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग आपराधिक लाभ लिने, पैसा असुल गर्ने नियत कार्य गरेकोले उनलाई विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले फागुन १३ गते पक्राउ गरियो । मकवानपुरको हेटौंडा ४ बस्ने अस्लम अन्सारीले मकवानपुर घर भई थाईल्याण्डको बैंकक बस्ने महिला पारिजातको अर्ध नग्न तस्विर, भिडिओ, पोर्न साइटमा समेत अपलोड गरे । बिभिन्न फेक आइडी, इमेल बनाएर अन्सारीले ईन्टरनेटको दुरुपयोग गरे । अन्सारीले पोर्नसाईटबाट हटाउन पारिजातसँग १ हजार ९८ डलर माग गरे । नमानेपछि यौन उत्पिडन दिने, दु:ख दिने, हैरानी दिन थाले । सर्वाेच्च अदालतको अनुमति लिएर माघ ९ गते उनलाई पक्राउ गरियो । ललितपुरको गोदावरी ११ चापागाउ बस्ने रोलक बहादुर थापाले सामाजिक सञ्जाल फेसबुकमा ईन्द्रायणी (नाम फेरिएको) को नक्कली फेसबुक आइडी बनाए । ईन्द्रायणीकै उक्त नक्कली आईडबाट आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्विर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोक्ष्ट गरी अपमान गर्ने, हैरानि दिने काम गरे । थापालाई विद्युतीउ कारोबार एने, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएकोले उनलाई माघ ७ गते पक्राउ गरियो । माथागढी १ पाल्पाका अभिषेक नेपालले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाई महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाब विरुद्धको सामग्री पोष्ट गर्ने काम गरे । नेपाललाई उनकै घर ठेगानाबाट पक्राउ गरियो । माथि उल्लेख गरिएका केही प्रतिनिधी घटनाहरु मात्र हुन् । पछिल्लो समय इन्टरनेटको प्रयोगबाट साइबर अपराधका घटनाहरू बढिरहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर महिलाहरुको चरित्र हत्या गर्ने, धम्क्याउने, तर्साउने, आर्थिक प्रलोभनमा पारेर यौनजन्य स्वार्थ लुट्ने घटनाहरु बढिरहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालका अनुसार हाल सम्म यस्ता ८९ वटा मुद्धा दर्ता भइसकेका छन् । प्रहरी बरिष्ठ उपरीक्षकको जिम्मेवारी सम्हालेका अर्यालका अनुसार सामाजिक सञ्जालको दुरुपयोग केसहरु बढी आउँछन् । त्यसमा पनि बढीजसो युवायुवतीहरुले उजुरी गरिरहेका छन् । १८ देखि ३० वर्ष उमेर समुहका युवायुवतीहरुमा यो खालको समस्या बढी देखिएको छ । ‘सुरुमा मन मिल्दा विवाद नआउने तर स्वार्थ नमिल्ने बित्तिकै यस्तो रिपोर्ट आउँछ ।’ अर्याल भन्छन्‘कहिलेकाहीं यस्तो समस्या अधबैंसेहरुमा पनि आउँछ ।’ प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी परेका प्रकृति यस्ता छन्: – फोटो मल्टिनेशन: (बिभिन्न किसिमका नग्न तस्विरमा व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने) – रिभेन्ज पोर्न: (अश्लिल फोटो तथा भिडिओहरु अनलाइनमा प्रकाशित गर्ने) – र्‍यान्सम वेयर एट्याक: (सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने) – डिफमेसन इम्पोस्टर: (सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरेर, प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख दिने) – ह्याकिङ, अनअथराइज्ड एक्सेस, वेवसाइट डिफेसेस: (सरकारी तथा अन्य संघ संस्थाहरुको वेवसाइट ह्याकिङ गर्ने) – ब्रुट फोर्स एट्याक: (ह्याकिङका लागि बिभिन्न तरिकाले आक्रमण गर्ने) – मोबाईलमार्फत धम्कीपूर्ण एसएमएस पठाउने साईबर क्राइम गर्नेलाई यस्तो छ सजाय अपराधको प्रकृति हेरेर ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि ५ वर्ष सम्म कैद वा प्रचलित कानून बमोजिम सजाय तोकिएको छ । साईबर क्राइम सम्बन्धी उजुरी कहाँ कसरी गर्ने ? आफूलाई अन्याय भएको थाहा पाउनासाथ नजिकको प्रहरी कार्यालय वा राजधानी नजिकै हुनेहरु प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटीमा उजुरी गर्न सकिन्छ । उजुर गर्दा निवेदनको साथमा नाम, ठेगाना, सामाजिक सञ्जालको युआरएल, नागरिकताको स्क्यान कपी, म्यासेजको स्क्रीन सट् समाबेश गरेर पठाउन सकिन्छ ।