पोको एफ ३ जीटी ग्राहकहरुकाे लागि एउटा कम्प्लिट प्याकेज हाे: सौरभ कोठारी
शाओमी ब्राण्डको स्मार्टफोन नेपालमा नम्बर एक स्मार्टफोन बनेकाे छ । विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार शाओमी सन् २०२० र २०२१ को त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो । शाओमीले सन् २०१८ मा आधिकारिक रुपमा संचालनमा आएदेखि पहिलो पटक सन् २०२० को प्रथम त्रैमासिकमा नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियाे । कम्पनीले भर्खरै मात्र नेपालमा पोको एफ ३ जीटीको लन्च गरेकाे छ । यस स्मार्टफाेनकाे बारेमा हामीले साओमी नेपालका कन्ट्रि जनरल म्यानेजर सौरभ कोठारीसँग कुराकानी गरेका छाैं । शाओमी गतवर्ष देखि नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बन्न सफल भएको छ । तपाईंहरुलाई बजारमा सफलता मिल्नुकाे कारण के हाे ? हामी आईडीसी अनुसार लगातार ४ त्रैमासिकको लागी नेपालको नम्बर १ स्मार्टफोन कम्पनी हुन पाउँदा धेरै हर्षित छाैँ । हामी हाम्रा फ्यानहरुले देखाउनुभएको माया र समर्थनको कदर गर्दछौँ । हामीले भविष्यमा आफ्ना लागी सेट गरेका मापदण्डहरु पूरा गर्न प्रयास जारी गरिरहेका छौँ । हामीले हरेक मूल्य क्षेत्रमा विभिन्न उत्पादनहरु जस्तै मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ जस्ता स्मार्टफोनहरु लन्च गरेका छौँ जसले गर्दा बजारमा ठूलो वृद्धि भएको छ । हामीले नेपालमा मी वाच लाइट, मी टिभी स्टिक, मी बियर्ड ट्रिमर, मी ब्यान्ड ६,सोनिकबास वायरलेस एयरफोन, पावरब्यान्क आदि सहित ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेका छौँ । यसको अतिरिक्त, अफलाइन एक्सपान्सनले हाम्रो ब्रान्डको समग्र बृद्धिमा योगदान पुर्याएको छ । आज, नेपालमा हाम्रो उपस्थितिलाई सुदृढ गर्दै, हामीले देश भरीमा २००० भन्दा बढि अफलाइन पार्टनर स्टोरहरु र ६००+ मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापित गरेका छौँ । हाम्रो हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो नेटवर्क वितरणको पकड रहेको छ । हामीले एक्सक्लुसिभ आधिकारिक सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकहरुको आवश्यकताहरुलाई पूरा गर्नको लागी समर्पित सर्भिस वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्सको सेवासंँगै बजारमा हाम्रो स्थितिलाई बलियो बनाएका छौँ । तपाईंहरुले भर्खरै नेपालमा पोको एफ ३ जीटीको लन्च गर्नुभयो । डिजाइनको मामिलामा यो स्मार्टफोनको के–के विशेषता रहेका छन् ? पोको एफ ३ जीटीको फिचरहरु के–के हुन् र यो अरु स्मार्टफोनहरुबाट कसरी फरक रहेको छ ? सबैभन्दा राम्रो उत्पादन प्रदान गर्ने क्षमता रहेको पोको एफ ३ जीटी एक प्रदर्शन बिस्ट हो । यसमा उच्च गेमप्ले, मल्टि–डाइमेन्सनल साउन्ड, आकर्षक डिस्प्ले, प्रीमियम स्लिपस्ट्रीम डिजाइन, पहिले कहिल्यै नदेखिएको क्यामेराको गुणस्तर र एक शक्तिशाली ब्याट्री सबै एउटै स्मार्टफोनमा पाउन सकिन्छ जसले गेमिंग, स्ट्रीमिंग वा डाटाको उपयोगको समयमा स्मुथ र लामो समयसम्मको अनुभवलाई सुनिश्चित गर्दछ । फ्ल्यागसिप मिडियाटेक चिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगरसँग एन्टिग्रेट गरिएकाे १२० हट्र्जको रिफ्रेश रेट रहेको टर्बो एमोलेड र ४८० हट्रजकाे टच स्याम्पिलिंग रेट रहेको पोको एफ ३ जीटीले प्रयोगकर्ताहरुलाई एक प्रीमियम अनुभव प्रदान गर्दछ। पोकोले भर्खरै लन्च गरेको स्मार्टफोन यस कम्पनीको सबैभन्दा आशाजनक, सुरुचिपूर्ण र आजसम्म कै कमान्डिंग उपकरण हो जसले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोन चलाउने अनुभवलाई एक स्तर माथि लैजान मद्दत गर्दछ । पोको एफ ३ जीटी पोकोबाट निर्मित पहिलो फूल–फ्लेज्ड गेमिंग स्मार्टफोन हो । यो ट्याग पाउनको लागि के–के कुराहरु थप भएको छ ? पोको एफ ३ जीटी केवल गेमिंग स्मार्टफोन मात्र नभएर एक प्रीमियम स्मार्टफोनको खोजीमा रहेका सबै ग्राहकहरुको लागि उपयुक्त हुने कम्प्लिट प्याकेज हो । टीजर मा देखीएको झैँ, यो वास्तवमा एक प्रदर्शन बिस्ट हो जसलाई ६ न्यानो मिटरको मिडियाटेक, १२०० डाइमेन्सिटीको चिपसेट, ३ गिगाहट्र्ज र आर्म कर्टेक्स ए ७८ द्वारा पावर्ड गरिएको छ । एक गेमिंग स्मार्टफोन हुनुको अलावा, यो आफ्नो दैनिकदिनचर्या को लागी जो कोही पनि एउटा स्मार्टफोनको खोजीमा हुनुहुन्छ वहाँहरुको लागि एक आदर्श विकल्प हो । यो स्मार्टफोन सबै दैनिक कार्यहरुलाई अविश्वसनीय रूपमा राम्रोसँंग सम्हाल्नको लागी सक्षम छ र जब हामीले गेमिंगको लागी यसलाई स्विच गर्दछौँ, यो एक प्रदर्शन बिस्टको रुपमा आफै परिणत हुन्छ । पोको एफ ३ जीटीको पहिलो ‘म्यागलेभ मेकानिकल ट्रिगर’ले बलियो गेमिंग प्रदर्शनलाई सक्षम बनाउँछ जसले प्रयोगकर्ताहरुलाई उपकरणको पूर्ण नियन्त्रण लिनको लागी मद्दत गर्दछ । यस स्मार्टफोनमा आवश्यक हुँदा उद्योगकै पहिलो चुम्बकीय कीको पप अप निस्किन्छ र यसले सीओडी, पबजी जस्ता अन्य खेलहरु खेल्दा समग्र अनुभव वृद्धि प्रदान गर्दछ । यसको मेकानिकल संरचनाले गर्दा यसको एक ट्याप हेडशटले सबै भन्दा राम्रो गेमिंग अनुभव प्रदान गर्दछ । पोको एफ ३ जीटी प्रीमियम सकर्सका साथ आउँछन् जसले २०० वटा अलग कम्पनहरुको प्रभाव सम्म डिकोड गर्न सक्दछ र एक नयाँ स्तरमा अनुभव प्रदान गर्दछ । यसका अतिरिक्त पोको एफ ३ जीटीमा एक शक्तिशाली ५०६५ एमएएचको ब्याट्री सुविधा रहेको छ जसले प्रयोगकर्ताहरुलाई घण्टौँ सम्मकोे लागी अडियो भिजुअल मनोरन्जनको आनन्द उठाउन मद्दत पुर्याउँछ । ६७ वाटको फास्ट चार्जरले एफ ३ जीटीलाई १५ मिनेट भित्रैमा ० देखि १५% ब्याट्री चार्ज गर्दछ । फाइभजि प्रति तपाईंको कस्तो धारणा रहेको छ ? हामी विश्वास गर्छौं कि फाइभजीले प्रयोगकर्ताहरुको अनुभवलाई सुधार गर्नेेछ र हामीलाई जोड्ने तरिकालाई पुनः परिभाषित गर्नेछ। नेपालमा स्मार्टफोन उद्योगको विस्तार निकै छिटो भइरहेको छ । त्यसैले फाइभजी टेक्नोलोजी देशमा टेवा पुर्याउने हिसाबले धेरै प्रासंगिक छ । हामीले नेपालमा पहिलो ५ जी फोनको परिचय संगै भविष्य को प्रमाणिकरण शुरू गरेका छौं र हामी फाइभजीसहित उद्योगमा हाम्रो उपभोक्ता तथा टेक्नोलोजिकल प्रगतिको बढ्दो आवश्यकताहरुलाई पूरा गर्न जारी राख्नेछाैं ।
जनगणनाः गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या
बलेवा । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क (जनगणना) कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिए । गत भदौ ३० देखि सुरुवात भएको सूचीकरणको काम यही असोज १८ गतेसम्म सञ्चालन हुनेछ । उनका अनुसार घर, परिवार लगायतको तथ्याङ्क तयार गरेर पूर्ण विवरणका लागि तयारी भए पनि सङ्कलित विवरण अध्यावधि गर्न सुपरीवेक्षकलाई टेलिफोन र इन्टरनेट अनियमित हुँदा समस्या भएको छ । “तीन दिनमा एकैपटक तथ्याङ्क अद्यावधिक गर्नुपर्ने बाध्यता छ”, उनले भने, “सदरमुकामै अवरोध भइरहने फोन र नेट दुरदराजमा के होला कुरै नगरौँ ।” भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलन र अध्यावधिक गर्न समस्या भएको हो । “गणनाका लागि एउटा एप छ सोही एपमा अनलाइन नभए पनि प्रविष्ट हुन्छ । हामीले तथ्याङ्क पाउन भने सङ्कलन भएको समयभन्दा निकै धेरै समय कुर्नुपर्छ,”उनले भने । जिल्लामा रहेका नेपाल टेलिकममा कतिपय बिटिएस टावरमा जडान भएको सौर्यऊर्जा सञ्चित हुन नपाउँदा बेलाबेलामा समस्या हुने गरेको छ भने कतिपय विद्युत् पुगेका टावरमा समेत विद्युत्मा आउने समस्याका कारणले पनि बेलाबेलामा समस्या आउने गरेको टेलिकमले जनाएको छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा मूल गणना गरिनेछ । मूल गणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक १०÷१० वर्षमा जनगणना गरिन्छ । रासस
इन्टरनेटको मूल्य बढाउने आइस्पानको निर्णय, ग्रामिण भेगमा ३ सय र सहरी क्षेत्रमा १५० रुपैयाँ बढ्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडमा बृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य बढाउने भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले ग्रामीण र सहरी क्षेत्रमा इन्टरनेटको शूल्क बढाउने निर्णय गरेकाे हाे । आइस्पानका अध्यक्ष सुधीर पराजुलीका अनुसार आइस्पानले निर्णय गरेर बढेको भाडादर नेपाल दूरसञ्चार प्राधिकरणमा पठाउने तयारी भएको छ । संघले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो । प्राधिकरणले यसअघि प्रतिपोल २५० रुपैयाँ लिने गरेको शुल्कमा बढाँएर प्रति किलोमिटरका दरले शुल्क लिने निर्णय गरेको थियो । इन्टरनेट सेवा प्रदायकसँग छलफल नै नगरी प्राधिकरणले आफूखुशी पोल भाडामा ३ सय प्रतिशतसम्म बढाएको भन्दै सेवाप्रदायक कम्पनीहरुले आन्दोलन गर्दै आएका छन् । उनिहरुले बृद्धि भएको पोलको शुल्क भुक्तानी नगर्ने जनाउँदै आएका छन् । यस्तै, प्राधिकरणले इन्टरनेट कम्पनीले पोलका भाडा नदिएको भन्दै असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नगरे तार हटाउने चेतावनी दिइसकेको छ ।