सुबिसुको ६५० एमबिपिएस इन्टरनेट र टिभी सेवा मात्र १ हजार ७७० रुपैयाँमा

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको प्रयोग गर्न पाउनेछन् । कम्पनीको अनुसार ग्राहकहरुले ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सन वार्षिक सेवा मात्र १७७० रुपैयाँ प्रति महिनामा प्राप्त गर्नेछन् । यसमा सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी खल्ती एपबाट गर्न सकिने

काठमाडौं । अब काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्दा ढिला भइ जरिवाना तिर्नुपर्ने समस्यालाई मध्यनजर गर्दै डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको काठमाडौं उपत्यका खानेपानीले जनाएको छ । त्यति मात्र नभएर खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । ‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ ।  त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिनेछ ।  

टेलिकमले ल्यायो भ्यालेन्टाइन डे विशेष अफर

काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस भ्यालेन्टाइन डे– को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर ल्याएको छ । यो अफर आज र भोलि अर्थात फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । सो अफर अन्तर्गत मात्र ४९ रुपैयाामा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बाे अफर’ ग्राहकले पाउनेछन् ।*१४१४*११* डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी ग्राहकले सो सुविधा खरिद गर्न सक्नेछन् । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बाेनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।