चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट डेटा र कल प्याकहरु
काठमाडौं । एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्ति गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ । आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन् । ग्राहकले कर सहित मात्र ४८ रुपैयाँमा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्नेछन् । ग्राहकले सजिलै *१७११८*२५# डायल गरि यो प्याक लिन सक्नेछन् । डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्नेछन् । ग्राहकले *१७११८*२२# डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्नेछन् । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरी किन्दा १० जीबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै, मात्र २९ रुपैयाँमा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले*१७११८*२६# डायल गरि यो प्याक लिन सक्नेछन् । त्यस्तैगरी, भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्नेछन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २६५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ग्राहकले *१७११८*३# डायल गरी प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एप र वेभसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिनेछ । अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ग्राहकले *१७११८*६# डायल गरी प्याक सुचारु गर्न सक्नेछन् ।
सात लाख नाघे वर्ल्डलिंकका प्रयोगकर्ता
काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालीत इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको प्रयोगकर्ता ७ लाख नाघेका छन् । सात लाख घरधुरीमा इन्टरनेट पुर्याएसँगै वर्ल्डलिङ्क देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बनेको छ । कम्पनीले हाल सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट विस्तार गरेसकेको छ । बाँकी रहेका चार जिल्लाहरु दार्चृला, बैतडी, मनाङ र मुस्ताङमा समेत छिट्टै सेवा विस्तार हुने कम्पनीले जनाएको छ । नेपालमा इन्टरनेट सेवा दिनेभन्दै २०५२ साल भदौमा वर्ल्डलिङ्क स्थापना भएको थियो । कम्पनीका हाल १५० भन्दा बढी शाखा कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।
नेपाल टेलिकमको नाफा २.२२ अर्ब, ईपीएस ४९.४६ रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी घटेपनि खुद नाफामा सामान्य धक्का लागेको छ । कम्पनीको तीन महिनामा खुद नाफा १.५२ प्रतिशत घटेर २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७० लाख ५२ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर १८ अर्ब रुपैयाँ र जगेडा कोष ५.४० प्रतिशत घटेर ७९ अर्ब २९ करोड १६ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेकाले चुक्ता पूँजी बढेको हो । कम्पनीको नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ ।