नयाँ वर्षमा टेलिकमको अफर : ९८ रुपैयाँमा ६ जीबी डाटा
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ । आफ्ना ग्राहकहरूको माग र सहजतालाई मध्यनजर गर्दै टेलिकमले विभिन्न प्याकेजहरू ल्याएको हो । जसअनुसार २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ । यस्तै, ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । साथै, २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि नि:शुल्क पाइनेनेपाल टेलिकमले जनाएको छ ।
रियलमीको नार्जो ५० नेपाली बजारमा सार्वजनिक
रियलमीले आज नेपालमा नार्जो ५० सार्वजनिक गरेको छ । माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेको उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरूको मन जित्ने कम्पनीले जनाएको छ । उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जि-९६ द्वारा संचालित नार्जो ५० मा विशिष्ट डाइनेमिक र्यामको प्रयोग गरिएको छ । ५० एमपी एआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्छ । साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ । यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ । यो फोन ४/६४ को २२ हजार ९९९ रुपैयाँ र ६/१२८ को मूल्य नेपाली बजारमा २६ हजार ४९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
शाओमीको नयाँ मोडलका दुई मोबाइल नेपाली बजारमा सार्वजनिक
काठमाडौं । नेपालमा शाओमीको नयाँ प्रडक्ट शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक भएको छ । फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमका दयाँ दुई प्रडक्ट लन्च गरेको हो । शाओमी नेपालका नयाँ कन्ट्रि जेनेरल म्यानेजर अमितकुमार पंडाले भने,’नयाँ–नयाँ प्रविधि र फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामीले हाम्रो फ्ल्यागशिप शाओमीका नयाँ प्रडक्ट लन्च गरेका छौँ, आशा छ यहाँहरुले यसलाई मन पराइदिनुहुनेछ ।’ शाओमीका उक्त नयाँ मोडलका प्रडक्टबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने कम्पनीको दाबी छ। यसमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटीमा फोटो कैद गर्न र पछिको लागि हेर्न पनि मजा आउने कम्पनीले जनाएको छ । नेपाली बजारमा शाओमी १२ को मूल्य ९२ हजार ९९९ रुपैयाँ र शाओमी १२ एक्सको मूल्य ७६ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।