नयाँ वर्षमा भिभोको दुई नयाँ मोबाइल सार्वजनिक हुने

काठमाडौं । भिभोले नयाँ वर्षको अवसरमा दुई नयाँ प्रडक्ट सार्वजनिक गर्ने भएको छ । नयाँ वर्षमा भिभोले दुई उत्कृष्ट मोडल वाई-३३ एस र वाई-०१ सार्वजनिक गर्ने जनाएको छ । भिभोले उक्त दुई प्रडक्ट थप गुणस्तरीय र नवीन सुविधाहरूको साथ आउने बताएको छ । भिभोको वाई-३३ एस मा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ । अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन् । फोनमा पाँच हजार एमएएचकव ब्याट्री छ । पाँच हजार एमएएचको लामो समयसम्म टिक्ने ब्याट्री भएको वाई-०१ उत्कृष्ट स्मार्टफोन हो । वाई-०१ मा क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्च एचडी डिस्प्ले छ ।

डिशहोमले ल्यायो एक वर्षमा २४ महिना योजना !

काठमाडौं । नयाँ वर्षको अवसरमा डिशहोमले ग्राहकहरूको लागि एक वर्षमा २४ महिनाको योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत नयाँ वर्षमा डिशहोमको डिलरदाईबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्षको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउने भएका छन् । यस सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख रुपैयाँ पनि जित्न सक्नेछन्। हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरू रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ । एक दशकदेखि स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम टेलिभिजन सेवा प्रदायक हो । साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको जनाएको छ ।

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल नियुक्त भएका छन् । १६ वर्ष भन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन् उनीसँग नविल बैंकमा १३ वर्ष काम गरेको अनुभव छ । यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ्गको टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए । यस्तै उनीसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ । एफवान सफ्टमा पौडेलको आवद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नविनतम प्रविधिलाई नेपाली माटो सुहाउदो बनाउनुका साथै दैनिक जनजिवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ । सफ्टवेयरको क्षेत्रमा एफवान सफ्ट कम्पनी नेपालका एक आईटी कम्पनी हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्ट ग्रुपमा हाल १३ वटा कम्पनी सञ्चालनमा छन् ।