इन्टरनेट डेटाको शुल्क घटाउँदै नेपाल टेलिकम
काठमाडाैं । नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनले बताइन् । नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन् । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरिन् । ‘वायरलेस डेटा प्याकेजमा नलिएको हुनाले महंगो भनिएको हो कि ? नत्रभने मलाई लाग्छ यो वायरलेस डेटाको कष्ट चाँही १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ । यो कोभिडको कारणले गर्दाखेरी पनि गोभरमेन्टबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो । त्यसकारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौं । यता, ब्यान्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो । सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ,’ उनले भनिन् । नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटने बित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ ।
टेलिकमको होली अफर: २९४ रुपैयाँमा २० जीबी डाटा, चैत १७ गतेसम्म लागु हुने
काठमाडाैं । फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएकाे छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जानकारी दिएकाे छ । टेलिकमकाे अनुसार यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *१४१५*११*डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिनेछ ।
एनसेलको इन्टरनेट अझै सस्तो, यस्ता छन् नयाँ डाटा प्याक
काठमाडौं । एनसेल आजियाटाले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ । ग्राहकले अब कर सहित मात्र १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रति दिन ७ दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र १९९ मा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्नेछन् । यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ । यस अन्तर्गत ग्राहकहरुले पहिले कै मुल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्नेछन् । भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र १६९ मा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिनसम्म कुल ७ जीबी पाइरहेका थिए । अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् । यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिनसम्म पाइरहेका थिए । त्यसैगरि एनसेलका ग्राहकले अब मात्र ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्नेछन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्नेछन् । यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन्। त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्नेछन् ।