एनसेलले ल्यायो गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि क्यासब्याक अफर
काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ । गजब्बको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । ७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र रु १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरि ग्राहकले कर सहित मात्र २६९ रुपैयाँ मा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० रुपैयाँको क्यास ब्याकबाट फाइदा लिन सक्छन् । त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र ५९९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यासब्याक पाउँछन् । यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ ।
काठमाडौंकाे थप ४ स्थानमा डिशहोम फाइबरनेटको सोरुम उद्घाटन
काठमाडौं । नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाडौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ । डिशहोमले बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि।भि। हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजमा सोरुम उद्घाटन गरेको हो । उक्त ४ सोरुमको उद्घाटन डिश मिडिया नेटवर्कका विक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका थिए । एलेक्स ईम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टि।भि। हाउसको संचालन प्रभात भट्टराई र बि। ईन्टरप्राईजेजको संचालन आकाश मानन्धरले गर्ने डिशहोमले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाभित्रै छैन मोबाइल फोनको गुणस्तर, टेलिकमभन्दा एनसेल अगाडि
काठमाडौं । काठमाडौं उपत्यका भित्रै मोबाइल फोन सेवाको गुणस्तर कमजोर रहेको पाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण रिपोट अनुसार कुनै पनि सेवाप्रदायक कम्पनीले गुणस्तर कायम नगरेको पाइएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । तीन टेलिकम कम्पनीहरुको नेटवर्कभित्र प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिनको अवधिमा कल लाग्ने समय र कल स्थापित हुन लाग्ने दरको परीक्षण गरेको थियो । प्राधिकरणले बुधबार सार्वजनिक गरेको परीक्षण रिपोट अनुसार कल स्थापना हुने लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा अन्य दुई सेवाप्रदायक कम्पनीभन्दा अगाडी एनसेल देखिएको छ । उक्त परीक्षणमा भ्वाइस कलका लागि तोकिएको मापदण्ड नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले पूरा नगरेतापनि टेलिकम र स्मार्ट भन्दा अगाडी एनसेल देखिएको हो । परीक्षणअनुसार कल सम्पर्क सफल हुने दरमा तीनै सेवा प्रदायक असफल भएका छन् । प्राधिकरणले कल सम्पर्क हुने दर ९९.९९ प्रतिशत तोकेकामा एनसेलको औसत दर ९२, टेलिकमको ८९ र स्मार्ट टेलिकमको ७२ प्रतिशत रहेको छ । यस्तै, कल सम्पर्क हुने समय पूरा गर्न पनि तीनवटै सेवा प्रदायक असफल छन् । पाँच सेकेन्डभन्दा कम समयमै कल सम्पर्क हुनुपर्ने मापदण्ड रहेकामा एनसेलको औसत दर ६.२४, टेलिकमको ९.३२ सेकेन्ड र स्मार्ट टेलिकमको ११.५४ सेकेन्ड रहेको छ । कल ब्लक दर २ प्रतिशतभन्दा कम हुनुपर्नेमा तीनवटै सेवा प्रदायकको यस्तो दर बढी नै देखिएको छ । जसमा एमसेलले औसतमा ८ प्रतिशत, नेपाल टेलिकमको ११ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत देखिएको छ । कल सम्पर्क विच्छेद हुने दर (कल ड्रप) २ प्रतिशतभन्दा कम हुनुपर्नेमा एनसेलले भने मापदण्ड पालना गरेको पाइएको छ । कल ड्रप दर औसतमा १.१८ प्रतिशत हुनुपर्नेमा एनसेलको १.१८ प्रतिशत रहेको छ । नेपाल टेलिकमको ४.३८ प्रतिशत र स्मार्टका १० प्रतिशत रहेको छ । प्राधिकरणले परीक्षण गर्दा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणबाट लगातार फोनकल वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरेको जनाएको छ ।