शाओमी १२ प्रो नेपाली बजारमा : यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपालमा शाओमीको नयाँ प्रडक्ट शाओमी १२ प्रो द सार्वजनिक भएको छ । फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो लन्च गरेको हो । शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने,’नयाँ–नयाँ प्रविधि र फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँहरुले यसलाई मन पराइदिनुहुनेछ ।’ शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने कम्पनीको दाबी छ। समा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटीमा फोटो कैद गर्न र पछिको लागि हेर्न पनि मजा आउने कम्पनीले जनाएको छ । शाओमी १२ प्रोको नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी भएको हुँदा गर्दा यसले पूरा दिन प्रोग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्ने क्षमता रहेको छ । यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधा पनि छ । यसको अडप्टिभ चार्ज फिचरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्फ लाइफ पनि बढाउँछ । यसको डिजाइन यस्तो तरिकाले गरिएकोले औसत नेपालीको हातमा यो फोन अट्छ भने नेपाली बजरमा यस फोनको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँमा पाइन्छ ।

भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक : एकैपटक हजारौं फोन नम्बरमा भ्वाइस एसएमएस

काठमाडौ । सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ संचार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा संचालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सरुवात गरिएको रिङ्गेजका अध्यक्ष दिपेश रेग्मीले बताए । सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौं फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रशारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ रहेको रेग्मी बताउँछन् । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत सँस्करण भ्वाइस कलिङ सिस्टमका रुपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई भ्वाइस एसमएस पनि भनिन्छ । चुनाबमा भोट माग्न मात्र नभइ कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन् । सबै किसिमका परिक्षणमा सेवा प्रभावकारी देखिएपछि भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक रुपमा सबै व्यक्ति तथा संस्थाको सेवाका लागि उपलब्ध गराइएको रेग्मीको भनाइ छ । टेलिकमको शुल्क र कम्पनिको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैंया खर्च लाग्ने बताइएको छ । आगामी दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा सो अनुसार मूल्य समायोजन गरिने रेग्मीले जानकारी दिए । २०२१ मा स्थापित कम्पनीले हालसम्म ७० भन्दा बढी जिल्लाहरूमा पहुँच बनाइसकेको छ । जसमा ९२.७६ प्रतिशत सहभागितामा ९९.५६ प्रतिशत ग्राहकहरू ब्रोडकास्टमा जोडिएका छन् । भ्वाइस ब्रोडकास्टिङ सिस्टमको निर्माता कम्पनी भक्सक्रोका अध्यक्ष सुसान्त राई थप्छन् ‘यस्तोमा सम्बन्धित संस्था तथा संगठनले सर्वसाधरणलाई उपयुक्त हुने भाषा र शैलीको प्रयोग गरी सूचना सम्प्रेषण गर्न सक्छन् ।’

टेलिकमको नयाँ वर्ष अफर : जुनसुकै नेटवर्कमा सस्तोमा कल गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको सिमबाट जुनसुकै नेटवर्कमा फोन गर्दा एउटै शुल्कमा फोन गर्न सकिने गरी ‘’सेवा सुरु गरेको छ । उक्त अफर यही चैत १७ गतेदेखि वैशाख ४ गतेसम्म लागू हुने नेपाल टेलिकमले जनाएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका ‘अन-नेट भ्वाइस प्याक’ कायम राख्दै कम्पनीले किफायती मूल्यमा विभिन्न प्रकारमा ‘अल-नेट भ्वाइस प्याक’उपलब्ध गराउन लागेको हो । यसका साथै हाल उपलब्ध विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको कम्पनीले जनाएको छ । नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँ र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध गराइको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । ५९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ । अब ५९९ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ । साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिन्छ । ९९९ रुपैयाँ र १४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ । त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् । यस प्याकेजलाई परीक्षणको रुपमा सीमित समयको लागि ल्याइएको भए पनि पूरै समय लागू गर्ने गरी तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ ।