‘नमस्ते पे’ ले सुरु गर्याे स्मार्ट क्यूआर सेवा

काठमाडौं । नमस्ते पे भुक्तानी सेवाले आफ्नो वालेट मार्फत स्मार्ट क्युआर उपलब्ध हुने आफ्नो नेपालभरीको मर्चेन्टमा ‘स्क्यान एण्ड पे’ सेवा सुरु गरेको छ । यो सेवा सुरु भएसँगैं नमस्ते पे वालेटका प्रयोगकर्ताले एससिटीद्वारा जारी गरिएको स्मार्ट क्युआर प्रयोग हुने मर्चेन्ट आउटलेटहरुमा सो क्युआर स्क्यान गरी वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन् । योसँगै नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्युआरमार्फत गोल्डस्टार जुत्ताहरुको शोरुममा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाउन सकिनेछ । नमस्ते पे ले नेपालभर स्मार्ट क्यूआर सेिा सरुु गरेको छ

एनसेलले ल्यायो अनलिमिटेड डेटा र अल नेट भ्वाइस अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् । यी प्याकहरु बिहिबार (जेठ १९) बाट संचालनमा रहनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित २९ देखि ४८ रूपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स१७१२३ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् । डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् । एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले कर सहित रु १२ मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरु एष्ट्रिक्स१७१११८ह्यास डायल गरि सहजै लिन सकिन्छ । यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्नेछन् । सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

३ प्रतिशत कर कटौतिपछि इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा दूरसञ्चार सेवा शुल्क घटाएपछि इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने भएको छ । इन्टरनेट व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको इन्टरनेट सेवा प्रदाय संघले आज एक विज्ञप्ती जारी गर्दै १७ रुपैयाँले इन्टरनेट शुल्क घट्ने जनाएको हो । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेका थिए । यसअघि दूरसञ्चार सेवा शुल्क बापत १३ प्रतिशत कर लाग्दै आएकोमा सरकारले ३ प्रतिशत हटाएर १० प्रतिशतमा झारेको हो । ३ प्रतिशत शुल्क घटेपछि १७ रुपैयाँ इन्टरनेटको शुल्क घटाइएका संघले जनाएको छ । सेवा प्रदायकहरुले यसअघि ग्राहक बाट सङ्कलन गरेको १३ प्रतिशत सेवा शुल्कबापत सरकारलाई बुझाउदै आएका थिए । आइस्पानका अनुसार इन्टरनेट शुल्क पाँच सय रुपैयाँ हुँदा यसअघि दूरसंचार सेवा शुल्क ६५ रुपैयाँ पर्थ्यो । बजेटबाट कटौती भएसँगै दूरसंचार सेवा शुल्क ५० रुपैयाँमा झर्ने बताइएको छ ।