बिराटनगरमा डिशहोम फाईबरनेटका सोरूम उद्घाटन
काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ । सोरुम समुद्घाटनमा डिशहोमका तर्फबाट पुर्वी क्षेत्रिय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिब निरौलाको उपस्थिति रहेको थियो भने डिलरका तर्फबाट अमिताभ महेश्वरीको लगाएत बिराटनगर महानगरपालिकाका डिलर दाईहरुको उपस्थिती रहेको थियो । विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ग्लोबल पावर पोइन्टले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । २ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ग्लोबल पावर पोइन्टले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने ग्लोबल पावर पोइन्टका सञ्चालक सुबास रिजालले जानकारी दिए । नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।
पोहोर एनटीसीको सेयर बेच्छु भनेर झुक्याएको सरकारले यसपाली बेच्ला त प्राधिकरणको सेयर ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमार्फत् सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर बिक्री गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै प्राधिकरणको सेयर प्रिमियम मूल्यमा सर्वसाधारणलाई निष्काशन गर्ने व्यवस्था मिलाउने बताएका छन् । प्राधिकरणको क्रेडिट रेटिङ्ग भइसकेकोले सेयर जारी गर्ने व्यवस्था गरिएको समेत उनले बताए । ‘नेपाल विद्युत प्राधिकरणको क्रेडिट रेटिङ्ग भइसकेको सन्दर्भमा प्राथमिक निष्काशन मार्फत प्रिमियम सहितको सेयर सर्वसाधारणलाई समेत जारी गर्ने प्रबन्ध गरिनेछ,’ बजेटमा भनिएको छ । साथै, उक्त सेयर जारी गरेपश्चात उठेको रकम भने आयोजना निमार्णमा लगानी गरिने सरकारको लक्ष्य छ । ‘उक्त सेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण लगायत ऊर्जा पूर्वाधार निर्माणमा लगानी गरिनेछ,’ बजेटमा उल्लेख छ । सरकारले विद्युत प्रसारण लाइन विस्तारको लागि निजी लगानीमा समेत आयोजनाहरू प्रवर्द्धन गरिने कार्यक्रम ल्याएको छ । र, विद्युत आयोजनाको प्रवर्द्धकले आयोजना स्थलदेखि सबस्टेशनसम्म प्रसारण लाइन निर्माण गरेमा लागतको ७५ प्रतिशतसम्म शोधभर्ना उपलब्ध गराउने सरकारको योजना छ । चालु आव २०७८/७९ को बजेटमार्फत् सरकारले नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयर बिक्री गर्ने घाेषणा गरेकाे थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएकाे उक्त बजेटले एनटीसीको २२ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भनेको थियो । ‘नेपाल दुरसञ्चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच-विस्तार गर्न कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिनेछ,’ चालु आवकाे बजेटमा उल्लेख छ । तर, बजेट सार्वजनिक भएको एक वर्षबित्दा पनि एनटीसीको सेयर बिक्रीको प्रकृया अघि बढेको छैन । जबकि उक्त बजेटले २०७८ पुससम्म कम्पनीको सेवा लिनेले सेयर किन्न पाउने र सेयर मूल्यको विवरण २०७८ असोज मसान्तभित्र तय गरिसक्ने भनेर पनि प्रष्ट रुपमा खुलाएको थियो । ‘हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुष मसान्तसम्म थप हुने ग्राहकले समेत सेयर खरिदमा सहभागी हुनसक्ने व्यवस्था मिलाइनेछ । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी २०७८ असोज मसान्तभित्र तय गरिनेछ,’ सोही बजेटमा भनिएको छ । गत वर्ष एनटीसीको सेयर बेच्ने कार्यक्रम ल्याएको सरकारले एक वर्ष बित्दा पनि कार्यान्वयन त के प्रकृयामा समेत गएको छैन । त्यस्तै, यो वर्ष विद्युत प्राधिकरणको सेयर बिक्री गर्ने भनेर ल्याइएको कार्यक्रम पनि कतै एनटीसीको जस्तै अवस्था नहोला भन्न सकिन्न ।
अब इन्टरनेटको शुल्क घट्ने
काठमाडौं । अब इन्टरनेटको सेवा शुल्क घट्ने भएको छ । सरकारले आगामी आवको बजेट सार्वजनिक गर्दै इन्टरनेट प्रयोगको सेवा शुल्क घटाउने व्यवस्था गरेको हो ।