च्याट जिपिटीको सुरुवात र एआईमा भएको उन्नतिले ब्राण्डहरूको लागि के अर्थ राख्छ ?

च्याटजिपिटीको आँधीले संसारलाई छोपीसक्यो तर यस्तो लाग्छ कि हामी त्यसको सतह मात्र कोतर्दै छौं । च्याटजिपिटी एउटा फरक खालको एआई प्रविधि हो र तिनीहरूको नाममा ‘च्याट’ शब्द बाहेक सामान्य च्याटबोटहरूसँग अरु मिल्दोजुल्दो केहि छैन भन्ने तथ्यबाट कुरा सुरु गरौं । यो परम्परागत खालको च्याटबोट होइन र हामी यस्तो भ्रममा पर्नु पनि हुँदैन । च्याट जिपिटी यो एउटा ठूलो भाषा मोडेल हो जो मानिसले जस्तै लेखेर कन्भरसेसन गर्नका लागि प्रशिक्षित हुन्छ । सरल भाषामा भन्नुपर्दा, यो एआई हो जसले मानिस जसरी बोल्छ । यो ब्राण्ड, ग्राहक सेवा, र कन्भरसेसन का आधारमा व्यापार गर्ने क्षेत्रका लागि संभावनाहरुको एक संसार खोल्न उद्यत छ । २०२२ को अन्त्यमा यसको सुरुवात भएदेखि, च्याटजिपिटी दसौं करोड प्रयोगकर्ताहरू समक्ष पुगेको अनुमान गरिएको छ । विभिन्न उद्योगहरूमा यसको प्रभाव प्रारम्भिक चरणहरूमा छ र यो तीव्र रूपमा बढ्दै जानेछ । एकचोटि यो प्रविधि अझ बढी ग्राह्य हुँदै गएपछि, पहिलो परिवर्तन हुने भनेको मानिसहरूले जानकारी खोज्ने र पत्ता लगाउने तरिका हो । सधैंभरी सान्दर्भिक लिङ्कहरूको सूचीमात्र प्राप्त गर्नुको सट्टा, एउटा व्यक्तिले यसमार्फत आफूले वास्तवमै खोजिरहेको प्रतिक्रिया प्राप्त गर्न सक्छ, कुराकानी मार्फत त्यसबारे थप विवरणहरू प्राप्त गर्नेछ र व्यक्तिगत अनुभव पनि प्राप्त गर्नेछ । यो कसरी सम्भव छ त ? च्याटजिपिटीले प्रयोगकर्ताहरूले सामेल गरेको प्राकृतिक भाषा बुझ्न सक्छ र कन्भरसेसनको सन्दर्भमा आधारित रही तिनीहरूलाई सान्दर्भिक जवाफहरू प्रदान गर्न सक्छ । यसले मानिसले जस्तै लिखित प्रतिक्रियाहरू पनि उत्पन्न गर्न सक्छ, कन्भरसेसनहरूलाई थप आकर्षक र सहज बनाउँछ । त्यहाँ धेरै सुविधाहरू छन् जसले च्याटजिपिटीलाई क्रान्तिकारी प्रविधि बनाउँछ, तर दुई सुविधा अरुभन्दा अलग छन् : १। उन्नत प्राकृतिक भाषा बुझाइस् च्याटजिपिटीसँग मानव भाषाको गहिरो बुझाइ छ जसले यसलाई जटिल संवादात्मक इनपुटहरू प्रशोधन र विश्लेषण गर्न सक्षम बनाउँछ । यसले मानव र एआईबीचको खाडललाई कम गर्दै थप अर्थपूर्ण र सन्दर्भगत रूपमा सान्दर्भिक अन्तरक्रियाहरूको लागि मार्गप्रशस्त गर्छ । २। प्रासंगिक मेमोरीस् कन्भरसेसनमा सन्दर्भहरु कायम राख्न संघर्ष गर्ने परम्परागत च्याटबोटहरू जस्तो नभई च्याटजिपिटीसँग सम्झना राख्ने र अघिल्ला वार्तालापहरूमा फर्काउने क्षमता छ । यसले प्रयोगकर्ताको आवश्यकता र सन्दर्भमा यसको प्रतिक्रियाहरू अनुकूलित गर्न अनुमति दिन्छ, र अन्तरक्रियाहरूलाई प्रयोगकर्ताहरूको लागि थप प्राकृतिक महसुस गराउँछ । यसले ब्राण्ड र व्यवसायहरूका लागि र उपभोक्ताको रूपमा हामी सबैका लागि के अर्थ राख्छ ? यसले मानिसहरूले खोज्ने, अन्तरक्रिया गर्ने र ब्राण्डहरूबाट किन्ने र संवादात्मक वाणिज्यतर्फ अझ बढि परिवर्तनलाई गति दिनेगरि परिवर्तन ल्याउने छ । व्यवसायहरूको लागि यसको मूल्य भनेको सजिलो खोजी, ठूलो मात्रामा संलग्नता, र अत्याधिक बिक्री हो । अर्थात्, ग्राहकको यात्राका सबै चरणहरूमा अझै बढि सटीकता र दक्षता हुन्छ जसका कारण ग्राहकसँग थप व्यक्तिगत हुँदै वास्तविक समयमा जोडिन सकिन्छ जसले ग्राहक अनुभवलाई थप सहजता प्रदान गर्दछ । भाइबरमा हामी केहि समयदेखि यो प्रवृत्ति बारे सचेत छौं । हाम्रो आफ्नै नम्बरहरुबाट प्राप्त अन्तरदृष्टिको लागि आभारी छौं । २०२२ मा ब्राण्डहरूले आवश्यक सूचनाहरूलाई प्राथमिकता दिएका कारण भाइबरका लेनदेन मेसेजहरू ७३५ ले बढ्यो, विश्वव्यापी रूपमा कन्भरसेसनल मेसेजहरू १७५ ले बढ्यो, र भौगोलिक रूपमा प्रचारात्मक र मेसेजहरू ११५ ले बढ्यो । गत वर्ष च्याटबोटहरूमा १२ बिलियन सन्देशहरू आदानप्रदान भएका थिए किनभने व्यवसायहरूले चौबीसै घण्टा चलाएका थिए । हाम्रो अनुभवलाई बाह्य अध्ययनहरूले पनि समर्थन गर्दछस् २०२३ को हुटसुइट रिपोर्टअनुसार च्याट र मेसेजिङ एपहरू प्रत्येक दिन १६ देखि ६४ वर्षका प्रयोगकर्ताहरूमध्ये ९४.८५ द्वारा प्रयोग गरिन्छ भने जम्मा ९४.४५ प्रयोगकर्ताको साथ यो सामाजिक संजालहरु भन्दा माथि रहेर नम्बर एक च्यानल बन्न सफल भएको छ । यी सबैलाई सँगै राखेर हेर्दा, ती प्रवृत्तिहरू निम्नलिखित हुन् जसले ब्राण्ड(ग्राहक अन्तरक्रियाको भविष्यलाई आकार दिइरहेका छन् : ● प्रयोगकर्ताहरूमाझ च्याट एपहरूको लोकप्रियतालाई ध्यानमा राख्दै, व्यवसायहरूले मेसेजिङ एपहरू मार्फत् चौबीसै घण्टा उपस्थितिलाई अनुकूलन गरी प्राथमिकता दिनेछन् । ● च्याटजिपिटी र एआईले सामान्यतया उच्च गुणस्तरको सामाग्री र अन्तरक्रियाहरूतर्फ परिवर्तनलाई गति दिनेछ । ● एआईद्वारा सञ्चालित भए तापनि संवादजन्य वाणिज्य र ग्राहकसँगको वास्तविक समयमा हुने सम्पर्कको जडानमा सुधार हुनेछ र यो प्राकृतिक कुराकानीमा परिणत हुनेछ । ● एआईमा थप प्रगतिले ग्राहकको अनुभव र संलग्नताको भविष्यलाई आकार दिन जारी राख्नेछ र यस प्रविधिलाई अँगाल्ने व्यवसायहरूले नेतृत्व गर्नेछन् । ● र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी सबै कुरा धेरै छिटो हुनेछ । मेसेजिङ एपहरू दैनिक प्रयोगको लागि नम्बर एक च्यानल भएकोले, तिनीहरू यस परिवर्तनको अग्रभागमा छन् । च्याटबटहरू, रिच मेसेजिङ क्षमताहरू, व्यापक एनालिटिक्स उपकरणहरू, र विभिन्न तरिकाहरूमा एआईको एकीकरण मार्फत च्याट एपहरूले व्यवसायहरूलाई राम्रो ब्राण्ड अनुभवहरू सिर्जना गर्न, संलग्नता र रूपान्तरण गर्न मद्दत गर्न सक्छन् । जे भए पनि, कन्भरसेसनलहरू मेसेजिङ एप्सको केन्द्रबिन्दु हुन्, र यदि त्यहाँ च्याटजिपिटीको लोकप्रियता प्रमाणित गर्ने एउटा कुरा छ भने त्यो हो, मानिसहरू कुराकानी मार्फत व्यवहार गर्न रुचाउँछन् । (लेखक राकुटेन भाइबरमा चिफ रेभेंन्यु अफिसर हुन् ।)

किशोरी तथा महिलाका लागि ‘प्रि–जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ

काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि–जब ट्रेनिङ आयोजना गर्ने भएको छ । इन्टरनेसनल गल्र्स ईन आईसीटी डे २०२३ को अवसरमा महासंघले वैशाख १९ (२ मे) देखि चार दिनसम्म सञ्चालन हुनेगरी उक्त तालिम आयोजना गर्न लागेको हो । यसअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन् । सो अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, ईमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटी सम्बन्धी सीपहरु, नेतृत्व कला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई् तालिम दिने उपाध्यक्ष सिंहले जानकारी दिइन् । उनका अनुसार तालिमका हरेक सेसन डेढ घण्टासम्म चल्नेछ । कम्तीमा प्लस वा सो सरहको प्रमाणपत्र भएका महिलाले यस तालिममा सहभागिता जनाउन सक्नेछन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को पहलमा हरेक वर्ष अपिल २७ तारिखका दिन गल्र्स ईन आईसीटी डे मनाइन्छ । यो अवसरमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न विश्भर नै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेको छ ।

बजेटमा आइटी क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष पोद्दार

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) का अध्यक्ष रञ्जीतकुमार पोद्दारले आगामी बजेटले सूचना प्रविधि (आईटी) लाई उद्योगको रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । अध्यक्ष पोद्दारले विकासन्युजसँग कुरा गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ल्याउने बजेट तथा कार्यक्रममा आईटी सेक्टरलाई उद्योगको रूपमा अगाडि बढाउनेगरी विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन् । ‘आइटी सेक्टरलाई अब उद्योगको रूपमा स्थापना गर्नुपर्छ, उद्योगको रूपमा स्थापना भयो यहीँ विभिन्न सफ्टवेयर तथा एप्सको उत्पादन गरी निर्यात गर्न सकिन्छ, जसबाट धेरै नेपालीले रोजगारी पनि पाउँछन् भने आर्थिक आम्दानी पनि वृद्धि हुन्छ,’ उनले भने । आगामी बजेटमा उत्पादित क्षेत्रलाई लक्षित गर्दै ल्याउनु पर्ने पनि पोद्दारले बताए । उनका अनुसार सबै भन्दा बढी जनशक्ति उत्पादन गर्ने फिल्ड पनि आइटी हो । स्टार्टअप बिजनेसलाई लक्षित गरेर पनि नयाँ कार्यक्रम बजेटमा शमावेस गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘स्टार्टअप लक्षित नयाँ कार्यक्रम बजेटमा ल्याउन आवश्यक छ, स्टार्टअप कार्यक्रमबाट कुनै प्रडक्ट बन्यो भने त्यो नेपालको लागि मात्र नभई त्यसलाई निर्यात गरेर हामी डलर पनि भिञ्याउन सक्छौं, त्यसोगर्दा अर्थतन्त्र पनि चलायमान भएर जान्छ,’ उनले भने । डिजिटल साक्षरताको क्षेत्रमा पनि सरकारले कार्यक्रम ल्याउनुपर्ने आवश्यक रहेको पनि पोद्दारले बताएका छन् । मान्छेको सिप विकासमा बजेटले जोड दिनुपर्ने विषयलाई औंल्याउदै उनले देशको जनशक्ति बाहिर पठाउनु भन्दा यहीँ आइटीको व्यापार व्यवसाय गर्न चाहने लागि प्रोत्साहन गर्नुपर्ने बताए । प्रत्येक विद्यालयमा कम्प्युटर ल्याब राखे पनि त्यसको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति नभएको पोद्दारको गुनासो छ । ‘अहिले नेपाल सरकारले लगभग प्रत्येक सरकारी विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गर्ने कार्यक्रम ल्याएको छ, कम्प्युटर व्यवस्था गरे पनि कतै जनशक्तिको अभाव त कतै यस्ता प्रविधिको अभाव छ, अब हामीले विद्यार्थीलाई पनि सानैबाट प्रविधिमा अभ्यस्त बनाउनु पर्छ,’ उनले भने । आगामी दिनमा दक्ष जनशक्तिको आवश्यकता पर्ने विषयलाई मध्यनजर गर्दै सूचना र प्रविधिको क्षेत्रमा नयाँ आयाम दिने कार्यक्रम ल्याउनु पर्ने पोद्दारको भनाइ छ ।