एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने
फाइल फाेटाे काठमाडौं । २०७८ सालको एसईई (माध्यामिक शिक्षा परीक्षा)को परीक्षाफल सार्वजनिक हुने अन्तिम तयारीमा छ । यो अवसरमा विद्यार्थीलाई परीक्षाफल थाहा पाउन सहज बनाउने हिसावले नेपाल टेलिकमले विभिन्न माध्यमबाट परीक्षाफल हेर्न मिल्ने व्यवस्था मिलाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने उक्त परीक्षाफल कल गरेर (आईभीएस), एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै, नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, एसएमएस मार्फत पनि उक्त परीक्षाफल हेर्न सकिने छ । मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान (स्पेस) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर एसईई स्पेश सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउन सकिने छ । त्यसैगरी, विद्यार्थीले टेलिकमको वेबसाइटबाटै पनि मार्कसिट सहितको नतिजा प्राप्त गर्न सक्नेछन् । कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । उक्त परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पछि मात्रै हेर्न सकिने छ ।
नेपालमा लोकप्रिय बन्दै भिभो मोबाइल
काठमाडौं । बजारमा उपलब्ध धेरै मोबाइल ब्राण्डहरुकाबीच पछिल्लो समयमा भिभो मोबाइललाई धेरै नेपालीहरुले रुचाउन थालेका छन् । शुरुवातको अवस्थामा क्यामेरा मोवाइलको रुपमा पहिचान बनाएको भिभोले अहिले मोबाइलको सम्पूर्ण फिचरहरुमा आफुलाई प्रतिस्पर्धी र कतिपय फिचरमा आफुलाई अब्बल बनाएको छ । नेपालमा एपेक्स मनोकामना र सेलुसिटी प्रालीले भिभो मोबाइलको आधिकारिक रुपमा बिक्री गर्दै आएका छन् । नेपाली बजारमा अहिले भिभोको वाई सेरिज र भि सेरिजका १० प्रकारका मोबाइल उपलब्ध छन् । कम्पनीले वाई सेरिजका मोबाइल उपभोक्ताहरुको लागि बजेट फ्रेन्डली भएको र भि सेरिजको मोबाइल कन्टेन्ट क्रियटरका लागि विशेष रहेको जनाएको छ । वाई सेरिजका मोबाइलमा स्मार्टफोनमा हुने आधारभुत सुविधाहरु समावेश गरिएको छ । जसलाई कम्पनीले लो, मिडियम र हाइयर फिचरमा उपलब्ध गराएको छ । यो सेरिजका मोबाइलको मूल्य १० हजार देखि ३५ हजार सम्ममा विभिन्न फरक विशेषतामा पाउन सकिन्छ । भि सेरिजका मोबाइलमा भिडियो र क्यामेराको गुणस्तर उच्च प्रकारको रहेको छ । भिभोले डिजाइनलाई खास महत्व दिँदै आएको छ । त्यसैले भिभोका आकर्षक डिजाइनमा ग्राहकको रुची देखिएको कम्पनीकी जनसम्पर्क स्पेशलिस्ट बिनिता कार्की बताउँछिन् । कम्पनीले पछिल्लो समयमा बजारमा ल्याएको भि २३ फाइभ जी को बाहिरी कभर विशेष प्रकारको बनाएको छ । जसको कभरको घाम भएको ठाउँमा र नभएको ठाउँमा छुट्छुट्टै कलर चेन्ज हुने गर्दछ । यो मोबाइल क्षेत्रको डिजाइनमा नै नयाँ आयाम हो । भि सेरिजका मोबाइल अधिकतम ५६ हजार नेपाली रुपैयाँ सम्ममा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कोभिड-१९ महामारीले स्मार्टफोनको बजारमा केही समय बुमको अवस्था सिर्जना भएको र अहिले भने ग्राहकहरुको माग बढ्दो अवस्थामा रहेको छ । नेपाली बजारमा खास गरी दशैं र नयाँ वर्षमा मोबाइलको खरिद बिक्री अधिक हुने कार्की बताउँछिन् । अहिले भिभोको वाई ३३ फाइभ, वाई ३५ र भि २३ ५जी अत्यन्तै राम्रो बिक्री भएको उनको भनाइ छ । भिभो सर्भिस डे सुविधा भिभोले गुणस्तरका साथै यसको निरन्तर अपडेट र सर्भिसको सुविधाले पनि ग्राहकहरुमा थप विश्वास जित्न सफल भएको हो । अहिले कम्पनीले नेपालमा ४ वटा ठाउँमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ । सर्भिस सेन्टरहरु काठमाडौंको सिभिल मल, इटहरी, पोखरा र नारायणगढमा रहेका छन् । कम्पनीले अंग्रेजी महिनाको २७ देखि २९ सम्म भिभो सर्भिस डे मनाउने गरेको छ । भिभो सर्भिस डे को समयमा क्लिनिङ, सर्भिसिङ र फोन रिपेयरिङ गर्दा श्रम लागत नलाग्ने कम्पनीले जनाएको छ । साथै मोबाइलको ओएस अपडेट निःशुल्क उपलब्ध हुने व्यवस्था रहेको छ । भिभो मोबाइल रिपेयरिङ गरेको ३० दिनभित्र हार्डवयरमा समस्या आयो भने मोबाइल नै एक्सचेन्ज गर्न सकिने सुविधा पनि प्रदान गरेको छ । भिभोका सबै फोनमा एक वर्षको वारेन्टी प्राप्त गर्न सकिन्छ । साथै मोबाइलका विभिन्न पार्टहरुमा पनि ६ महिनाको वारेन्टी रहेको छ । त्यस्तै भिभोको मोबाइलमा रहेको र्याम भरिएपछि एक्पान्ड गर्न मिल्ने सुविधा कम्पनीले उपलब्ध गराएको छ । यो मोबाइल उपभोक्ताको लागि अत्यन्तै सुविधाजनक सेवा रहेको कार्की बताउँछिन । नेपालीहरुले विदेशबाट खरिद गरेर ल्याएका भिभो मोबाइलहरुमा समस्या आएमा नेपाली सर्भिस सेन्टरबाट सर्भिस गर्ने सुविधा लिन सकिन्छ । विदेशबाट खरिद गरेर ल्याएका फोनहरुमा पनि ३ महिनाको वारेन्टी सुविधा नेपाली सर्भिस सेन्टरहरुबाट लिन सकिन्छ । ग्राहकमैत्री अनुसन्धानमा भिभो भिभोले ग्राहकको चाहनालाई सम्बोधन गर्न डिजाइन, क्यामेरा र विभिन्न फिचरमा अनुसन्धान र अपडेट गर्ने कार्यलाई निरन्तरता गरेको छ । अहिलेसम्म अन्य मोबाइल फोनको तुलनामा भिभो क्यामेरा र डिजाइनमा अब्बल रहेको कम्पनीको दाबी रहेको छ । स्लिम डिजाइन र विशेष क्यामेरा भिभोको महत्वपूर्ण विशेषता हो । भिभोले विश्वका विभिन्न ठाउँमा ८ वटा रिसर्च सेन्टर स्थापना गरेर ग्राहकको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने विषयमा अनुसन्धान गरिरहेको छ । पछिल्लो समयमा भिभोले मोबाइलमा भ्यालु एड गर्ने गरी अनुसन्धान गरेको कम्पनीको दाबी छ । अहिलेसम्म बिक्री भएका मोबाइलमध्ये ९७ प्रतिशत भन्दा धेरै मोबाइलमा गुनासो नआएको कार्की बताउँछिन् ।
नेपाल टेलिकमले पोष्टपेड ग्राहकको धरौटी रकम फिर्ता गर्ने
काठमाडौं । नेपाल टेलिकमले धरौटी रकम ग्राहकलाई फिर्ता गर्ने भएको छ । टेलिकमबाट पोष्टपेड लिदै आएका ग्राहकले यसअघि राखेको धरौटी फिर्ता पाउन लागेका हुन् । कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग प्रति ग्राहक ३ हजारदेखि ५ हजार रुपैयाँसम्म धरौटी लिएर सेवा दिएको थियो । उक्त रकम ग्राहकलाई फिर्ता गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ । धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त रकम समायोजन गरिने टेलिकमले जनाएको छ । रकम फिर्ता यहि साउन १ गतेबाट शुरु भईसकेको र साउन मसान्तसम्म सबैले रकम फिर्ता गरिने टेलिकमले जनाएको छ ।