सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका हुन । चालु आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
हुलाक बचत बैंक खारेज, कर्मचारीलाई अवकाश दिने
काठमाडौं । सरकारले अतिरिक्त हुलाक कार्यालयलाई खारेज गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन । ‘अतिरिक्त हुलाक कार्यालयल खारेज गरि कार्यरत कर्मचारीलाई सुविधा सहित अवकास दिईनेछ, हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकका खातालाई क वर्गका सरकारी बैंकमा स्थानान्तकरण गरी हुलाब विकास बैंक खारेज गरिनेछ, बजेटमा भनिएको छ । यस्तै उनले ललितपुरको खुमलटारमा सूचना प्रविधि केन्द्र बनाईने बताएका छन् ।
सूचनाप्रविधिमा विदेशी लगानीको न्यूनतम सीमा हट्यो
काठमाडौं । सरकारले सूचनाप्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ। संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोक्ने बताए ।